Comments Add Comment

उत्तर प्रदेश

List Grid
भारतको उत्तर प्रदेशमा साताको दुई दिन लकडाउन

७ वैशाख, काठमाडौं । भारतको उत्तर प्रदेशमा प्रत्येक साताको आइतबार र शनिबार लकडाउनको घोषणा गरिएको छ । पछिल्लो केही समययता निरन्तर कोरोना भाइरस (कोभिड–१९) को संक्रमण देखिएसँगै उत्तर प्रदेशको सरकारले सातामा दुई दिन लकडाउन गर्ने निर्णय गरेको हो । उत्तर प्रदेशको गृह विभागका अतिरिक्त मुख्य सचिव अवनीश के अवस्थीका अनुसार यो लकडाउन शुक्रबार रात ८ […]

उत्तर प्रदेशमा आइतबारदेखि लकडाउन, मास्क नलगाउनेलाई १० हजार जरिवाना !

३ वैशाख, काठमाडौँ । युपीमा कोरोना संक्रमण बढ्न थालेपछि उत्तर प्रदेश सरकारले आइतबारदेखि लकडाउन गर्ने घोषणा गरेको छ । राज्‍य सरकारले अत्यावश्‍यक सेवा बाहेकका सवारी आवागमनमा रोक लगाउने, बजार पसल बन्द गराउने भारतीय सञ्‍चारमाध्‍यमले जनाएका छन् । यस्तै उत्तर प्रदेश पूर्ण रुपमा बन्द गर्नुका साथै मास्क नलगाइ हिड्‍नेलाई पहिलो पटक १ हजार रुपैयाँ जरिवाना गर्ने […]

उत्तर प्रदेशका मुख्यमन्त्री योगीलाई कोरोना संक्रमण

१ वैशाख, काठमाडौं । भारतको उत्तर प्रदेशका मुख्यमन्त्री आदित्यनाथ योगी कोरोना संक्रमित भएका छन् । सामाजिक सञ्जाल ट्वीटर मार्फत मुख्यमन्त्री योगीले आफू संक्रमित भएको जानकारी दिएका हुन् । योगीले आफू आइसोलेसनमा बसेको र चिकित्सकको परामर्श पूर्णरुपमा पालना गरिरहेको बताएका छन् । आफू संक्रमित भए पनि प्रदेश सरकारको गतिविधि जारी रहने मुख्यमन्त्री योगीले बताएका छन् । […]

उत्तर प्रदेशमा रात्रिकालीन कर्फ्यु, विद्यालय पनि बन्द

३० चैत, काठमाडौं । नेपालसँग सीमा जोडिएको भारतको उत्तर प्रदेशमा कोरोना संक्रमण बढेपछि सबै विद्यालयहरु बन्द गरिएको छ । उत्तर प्रदेश सरकारले ३० अप्रिलसम्म विद्यालयहरु बन्द गराएको हो । कतिपय जिल्लाहरुमा रात्रिकालीन कर्फ्युसमेत लगाइएको छ । दिनहुँ एक सयजना नयाँ संक्रमित फेला परेका वा पाँच सय सक्रिय संक्रमित भएका जिल्लाहरुमा रात्रिकालीन कर्फ्यु जारी गरिएको हो […]

उत्तर प्रदेशका मन्त्री चेतन चौहानको कोराना संक्रमणबाट मृत्यु

१ भदौ, काठमाडौं । कोरोनाबाट संक्रमित भारतको उत्तर प्रदेशका मन्त्री चेतन चौहानको निधन भएको छ । पूर्व भारतीय क्रिकेटसमेत रहेका चौहान सैनिक कल्याण, होमगार्ड र नागरिक सुरक्षा मन्त्री थिए । ७२ वर्षीय चौहानको मृत्यु भएको उनका भाइ पुष्पेन्द्रले पुष्टि गरेका छन् । चौहानलाई १९ जुलाईमा कोरोना संक्रमण पुष्टि भएको थियो । चौहानको उपचार गुरुग्राम मेदान्ता […]

उत्तर प्रदेशकी एक क्याबिनेट मन्त्रीको कोरोनाबाट मृत्यु

१८ साउन, काठमाडौं । भारतको उत्तर प्रदेशकी क्याबिनेट मन्त्री कमला रानी वरुणको कोरोना भाइरस (कोभिड–१९) संक्रमणको कारण मृत्यु भएको छ । उनी गत जुलाई १८ मा कोरोना भाइरसबाट संक्रमित भएकी थिइन् । संक्रमण भएपछि उनलाई उपचारको लागि लखनऊको एसजीपीजीआई अस्पतालमा भर्ना गरिएको थियो । जहाँ उनको आइतबार बिहान मृत्यु भएको हो । उत्तर प्रदेशका मुख्यमन्त्री […]

गुजरातपछि हिन्दुत्वको दोस्रो प्रयोगशाला बन्यो युपी

गोरखनाथ मठका महन्त एवं उग्र हिन्दु संगठन हिन्दु युवा वाहिनीका संस्थापक योगी आदित्यनाथलाई मुख्यमन्त्री बनाएर संघ परिवारले गुजरातपछि उत्तर प्रदेशलाई हिन्दुत्वको दोस्रो प्रयोगशाला बनाउन सुरु गरेको छ । तर, के उत्तर प्रदेश र उत्तराखण्डमा भारतीय जनता पार्टीले पाएको शानदार चुनावी सफलताले राष्ट्रिय स्वयंमसेवक संघ -आरएसएस हिन्दु राष्ट्रको आफ्नो लक्ष्यको एक कदम अझ नजिक पुगेको छ […]