+
+

राहुल गान्धीलाई उत्तर प्रदेश प्रवेशमा रोक लगाउन भारतीय प्रहरीमा सर्कुलर

पत्रमा लेखिएको छ, ‘भारतीय नागरिक सुरक्षा संहिता २०२३ को धारा १६३ अनुसार सम्भलमा २९ नोभम्बरदेखि १० डिसेम्बरसम्म कुनै पनि बाहिरी व्यक्तिलाई प्रवेशमा प्रतिबन्ध लगाइएको छ । त्यसैले राहुल गान्धीको गतिविधिमा सतर्क रहँदै निगरानी राख्नू ।’

अनलाइनखबर अनलाइनखबर
२०८१ मंसिर १९ गते ७:०२

१९ मंसिर, काठमाडौं । भारतीय कांग्रेसका नेता राहुल गान्धीलाई उत्तर प्रदेश राज्य प्रवेशमा रोक लगाउने निर्णय स्थानीय प्रशासनले गरेको छ । उनलाई उत्तर प्रदेशमा प्रवेश नदिन मातहतका प्रहरी कार्यालयलाई प्रशासनले सर्कुलर गरेको छ ।

लोक सभाका प्रतिपक्ष दलका नेता राहुल गान्धी बुधबार उत्तर प्रदेशको सम्भल भन्ने जिल्लामा जाँदैछन् । शाही जामा मस्जिद सर्भेको क्रममा गत नोभेम्बर २४ मा भएको हिंसामा मृत्यु भएकाका परिवारलाई भेट्न राहुल गान्धी सम्भल जान लागेका हुन् । तर उनलाई रोक्ने प्रयास स्थानीय प्रहरी प्रशासनले गरेको छ ।

राहुललाई उत्तर प्रदेशमै प्रवेश गर्न नदिन सम्भलका जिल्ला अधिकारीले छिमेकी चार जिल्ला गाजियाबाद, गौतमबुद्ध नगर, बुलन्द शहर र अमरोहा प्रशासनलाई पत्राचार गरेको समाचार एजेन्सी एएनआईले जनाएको छ । पत्रमा लेखिएको छ, ‘भारतीय नागरिक सुरक्षा संहिता २०२३ को धारा १६३ अनुसार सम्भलमा २९ नोभम्बरदेखि १० डिसेम्बरसम्म कुनै पनि बाहिरी व्यक्तिलाई प्रवेशमा प्रतिबन्ध लगाइएको छ । त्यसैले राहुल गान्धीको गतिविधिमा सतर्क रहँदै निगरानी राख्नू र सम्भल जाने क्रममा आफ्नो सीमामै रोक्नू ।’

उत्तर प्रदेश प्रहरीका एक शीर्ष अधिकारीले राहुल गान्धीलाई उत्तर प्रदेशमै प्रवेश गर्न रोक्न हरसम्भव कोसिस गर्ने बताएका छन् ।

राहुल गान्धी आज बिहान १० बजे गाजिपुर बोर्डर एरिया हुँदै सम्भल जाने तयारीमा छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?