Comments Add Comment

एएफसी कप

List Grid
बेंगलुरुसँग ५-० ले पराजित हुँदै आर्मी बाहिरियो

१ वैशाख, काठमाडौं । नेपालको त्रिभुवन आर्मी फुटबल क्लबले एएफसी कप २०२१ प्रारम्भिक छनोटको दोस्रो चरणबाटै बाहिरिएको छ । गोवास्थित जीएमसी स्टेडियममा बुधबार भएको खेलमा भारतको बेंगलुरु एफसीसँग ५-० को फराकिलो हार व्यहोर्दै आर्मी छनोट चरणबाटै बाहिरिएको हो । अब बेंगलुरुले एएफसी कप पुग्नका लागि अबहानी लिमिटेड र क्लब इगल्सबीचको विजेतासँग प्लेअफ फाइनल खेल्नेछ । […]

एएफसी कप : पहिलो हाफमा आर्मीलाई २-१ को अग्रता

२५ चैत, काठमाडौं। एएफसी कप २०२१ को प्रिलिमिनारी म्याच अन्तर्गत अहिले त्रिभुवन आर्मी फुटबल क्लब र श्रीलंकाको श्रीलंका पुलिस एफसीबीच खेल भइरहेको छ । दशरथ रंगशालमा भएको खेलमा आर्मीले पहिलो हाफमा २-१ को अग्रता बनाएको हो । खेलमा श्रीलंका पुलिसले पहिलो गोल गरेपनि आर्मीले लगातार दुई गोल फर्काएको हो । खेलको सुरुआतदेखि नै आर्मीले आक्रमण […]

एएफसी कप: श्रीलंका पुलिससँग खेल्न आर्मी तयार

२४ चैत, काठमाडौं । एएफसी कप २०२१ प्रिलिमिनारी राउण्डमा नेपालको त्रिभुवन आर्मी क्लबले भोलि बुधबार श्रीलंकाको श्रीलंका पुलिस स्पोर्टिङ क्लबसँग खेल्दैछ । दशरथ रंगशालामा साँझ ५:३० बजे सुरु हुने खेलका लागि तयारी राम्रो रहेको आर्मीका कप्तान भरत खवासले बताए। ‘हाम्रो तयारी राम्रो छ’ उनले भने। हालै काठमाडौंमा भएको थ्री नेसन्स लिगमा बेन्चमा बसेका उनले यो […]

एएफसी कप हाम्रो लागि ठूलो अवसर हो : भरत खवास

१९ चैत, काठमाडौं । सोमबार सम्पन्न त्रिदेशिय कप फुटबलको उपाधि जितेका फरवार्ड भरत खवास र गोलकिपर विकेश कुथु के गर्दै होलान् ? खेलप्रेमीको जिज्ञासा स्वभाविक हो । उनीहरू यतिबेला अर्को खेलको तयारीमा लागिसकेका छन् । त्रिभुवन आर्मी फुटबल क्लब (टीएएफसी) का यी दुई खेलाडी एएफसी कपको खेलका लागि तयारीमा लागेका हुन् । आर्मीले २५ चैतमा […]

कोरोनाका कारण यसवर्षको एएफसी कप प्रतियोगिता रद्द

२५ भदौ, काठमाडौं । कोरोना भाइरसको महामारीका कारण एएफसी कप फुटबल २०२० प्रतियोगिता रद्द भएको छ । एसियन फुटबल फेडेरसन (एएफसी)ले बिहीबार एसियाको दोस्रो श्रेणीको क्लब स्तरीय प्रतियोगिता रद्द गर्ने निर्णय गरेको हो । भिडियो कन्फ्रेन्सको माध्यमबाट बसेको एएफसीको बैठकले कोरोना भाइरसको स‌ंक्रमणलाई मध्येनजर गर्दै यस वर्षको एएफसी कप रद्द गर्ने निर्णय गरेको हो । यस […]