Comments Add Comment

एलेक्सी नाभाल्नी

List Grid
पुटिनका विरोधी नाभाल्नीलाई ‘अज्ञात’ स्थानमा लगियो

१४ फागुन, काठमाडौं । रुसका राष्ट्रपति भ्लादिमिर पुटिनका विरोधी एवम् भ्रष्टाचार विरोधी नेता एलेक्सी नाभाल्नीलाई मस्कोको जेलबाट निकालेर अज्ञात स्थानमा लगिएको छ । नाभाल्नीलाई कहाँ लगिएको हो भन्ने कुराको जानकारी यस पटक सरकारले नदिएको उनका सहयोगीहरुलाई उद्धृत गर्दै बीबीसीले जनाएको छ । उनलाई अर्को कुनै जेलमा लगिएको अनुमान गरिएको छ । यसै महिनाको सुरुवातमा अदालतले […]

रुसका विपक्षी नेता नाभाल्नीको अपील खारेज

९ फागुन, काठमाडौं । रुसका विपक्षी नेता एलेक्सी नाभाल्नीले अदालतमा यसअघिको निर्णयको विरुद्धमा गरेको अपील खारेज भएको छ । नाभाल्नीले यसअघि आफूलाई दिइएको तीन वर्षको जेल सजाय राजनीतिक पूर्वाग्रहबाट प्रेरित भएको भन्दै यो निर्णयविरुद्ध अपील गरेका थिए । त्यस्तै अर्को एक मुद्दामा उनी मानहानीमा दोषी पाइएका छन् । मानहानीको मुद्दामा पनि उनलाई जरिवानाको सजाय सुनाइएको […]

पुटिनका आलोचक नाभाल्नीको अपार्टमेन्टमा प्रहरीको छापा, भाइ पक्राउ

१५ माघ, काठमाडौं । रुसका राष्ट्रपति भ्लादिमिर पुटिनका कट्टर आलोचक एलेक्सी नाभाल्नीको अपार्टमेन्ट तथा कार्यालयमा बुधबार प्रहरीले छापा मारेको छ । साथै प्रहरीले नाभाल्नीका सहयोगी तथा उनका भाइलाई पनि हिरासतमा लिएको छ । नाभाल्नीका समर्थकहरुले रुसमा आन्दोलनको तयारी गरिरहेको अवस्थामा नाभाल्नीको अपार्टमेन्टमा छापा मारिएको हो । गत वर्ष विष दिइएको कारण जीवनमरणको अवस्थामा पुगेका ४४ […]

रूसमा नाभाल्नीको समर्थनमा प्रदर्शन, दर्जनौ पक्राउ

११ माघ, मस्को । रुसमा जेलमा रहेका विद्रोही नेता एलेक्सी नाभाल्नीको समर्थनमा निकालिएको प्रदर्शनबाट शनिवार दर्जनौँ व्यक्तिहरूलाई गिरफ्तार गरिएको छ । रूसी प्रहरीले राजधानी मस्कोमा मानिसहरूलाई घरभित्रै रहन निर्देशन दिएको छ भने नाभाल्नीका निकटस्थहरूलाई शनिबारको प्रदर्शन अगाडि नै गिरफ्तार गरिएको छ । गत आइतवार जर्मनीबाट स्वदेश फर्केका विपक्षी नेता नाभाल्नी पुटिनका कटु आलोचक मानिनुहुन्छ । […]

स्वदेश फर्किएसँगै रुसका विपक्षी नेता नाभाल्नी पक्राउ

५ माघ, काठमाडौं । रुसका विपक्षी नेता एलेक्सी नाभाल्नी पक्राउ परेका छन् । आइतबार जर्मनीबाट रुस फर्किएसँगै नाभाल्नी पक्राउ परेका हुन् । नाभाल्नी पाँच महिनापछि जर्मनीबाट रुस फर्किएका हुन् । पाँच महिनाअघि रुसमा विष दिइएको कारण गम्भीर बिरामी परेका नाभाल्नी उपचारको लागि जर्मनी पुगेका थिए । त्यसयता उनी जर्मनीमा नै बस्दै आएका थिए । आइतबार […]