Comments Add Comment

कविता मानन्धर

List Grid
कविताको फिल्म नचलेपछि करिश्मा लेख्छिन्–‘तर, बच्चा त राम्रो थियो’

नायिका करिश्मा मानन्धरको क्रेज नेपाली चलचित्रमा आज पनि उस्तै छ । भलै, उनका चलचित्रले बक्स अफिसमा राम्रो व्यापार गर्दैनन्, तर पर्दा बाहिर उनको लोभलाग्दो क्रेजमा कमी आएको छैन । करिश्माको सुन्दरताको आज पनि उस्तै चर्चा हुन्छ । कुनै समय नेपाली चलचित्र क्षेत्रमा एकछत्र राज गरेकी करिश्मा आफ्नी छोरी कविता मानन्धरलाई पनि यही क्षेत्रमा अगाडि ल्याउन […]

कविताको फिल्मी यात्रा रोकिएला कि अगाडि बढ्ला ?

नेपाली चलचित्र क्षेत्रमा स्टारका सन्तानहरु कमै मात्र आएका छन् । फिल्मी पृष्ठभूमीबाट आएका थोरै मात्र कलाकारले सफलता पाएका छन् । नायक अनमोल केसी, नायिका केकी अधिकारी, सुहाना थापा, नायक गौरव पहारी, सलोन बस्नेत लगायतका कलाकार चलचित्रमा सक्रिय छन् । नायिका करिश्मा मानन्धरले छोरी कविता मानन्धरलाई चलचित्र ‘एउटा यस्तो प्रेम कहानी’बाट यो क्षेत्रमा भित्राउने तयारी गरेकी […]

कहाँ अड्कियो कविता मानन्धरको फिल्म ?

नायिका करिश्मा मानन्धरकी छोरी कविता मानन्धरको मुख्य भूमिका रहेको चलचित्र ‘एउटा यस्तो प्रेम कहानी’ पोष्ट प्रोडक्शनमै अल्झिएको छ । यो चलचित्रबाट नै करिश्माकी छोरी कविताले चलचित्र क्षेत्रमा डेब्यू गर्ने तयारी गरेकी छिन् । तर, चलचित्रको काम नै अगाडि बढ्न नसक्दा कविताको डेब्यू चलचित्र नै रिलिज नहुने हो कि भन्ने अन्यौलता समेत छ । यो चलचित्रलाई […]

फिट बन्दै करिश्माकी छोरी, ११ केजी घटाइन् तौल

केही दिनअघि चलचित्र ‘एउटा यस्तो प्रेम कहानी’ को पत्रकार सम्मेलनमा नायिका करिश्मा मानन्धरकी छोरी कविता मानन्धर उपस्थित थिइन् । यही चलचित्रबाट डेब्यू गर्न लागेकी कविताको फिगर माथि धेरैले प्रश्न पनि सोझ्याए । मोटो जिउडाल भएकाले नायिकामा नसुहाउने भन्दै कतिले कुरा पनि काटे । उनी कविता शनिबार एक कार्यक्रममा पुग्दा बेग्लै देखिइन् । उनको शरीरमा एकाएक […]

कस्तो देखियो करिश्माकी छोरी र शिवका छोराको जोडी ?

नायक शिव श्रेष्ठको प्रस्तुतीमा तयार भएको चलचित्र ‘एउटा यस्तो प्रेम कहानी’को एक्सन टिजर आज रिलिज गरिएको छ । एक्सनलाई महत्व दिइएको टिजरलाई यूवापुस्तालाई टार्गेट गरेर तयार पारिएको छ । यो चलचित्रको हाल धमाधम छायांकन भैरहेको छ । चलचित्रलाई दिपेश सापकोटाले निर्देशन गरेका हुन् । चलचित्रलाई यशोधा राई र दिनेश दर्शनधारीले निर्माण गरेका हुन् । टिजर […]

करिश्माकी छोरीको फिल्ममा डेब्यू, शिवका छोरासँग रोमान्स गर्ने

नायिका करिश्मा मानन्धरकी छोरी कविता मानन्धरले चलचित्र क्षेत्रमा डेब्यू गरेकी छिन् । हाल छायांकन भैरहेको चलचित्र ‘एउटा यस्तो प्रेम कहानी’बाट उनले डेब्यू गरेकी हुन् । यो चलचित्रबाट नायक शिव श्रेष्ठका छोरा शक्ति श्रेष्ठ पनि चलचित्र क्षेत्रमा प्रवेश गर्दैछन् । चलचित्रमा शिवका छोरा शक्ति र करिश्माकी छोरी कविताको रोमान्स हेर्न सकिनेछ । यो चलचित्रमा अन्य २ […]