Comments Add Comment

काठ तस्करी

List Grid
सालको काठसहित झापाबाट चारजना पक्राउ

१९ चैत, काठमाडौं । झापाको मेचीनगरबाट दुई लाख ४० हजार रुपैयाँ बराबरको सालको काठसहित चारजनालाई सशस्त्र प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेमा झापाको बुद्धशान्ति गाउँपालिका–४ का ४० वर्षीय बलबहादुर राई, ४० वर्षीय सुमन राई, ३० वर्षीय सुरेन राई र २३ वर्षीय दीपक तामाङ छन् । मे १ त १३८६ नम्बरको ट्याक्टर र मे ३ […]

अटो रिक्सामा अवैध काठ ओसार्ने दुईजना पक्राउ

१३ चैत, कञ्चनपुर । अटोरिक्सासहित अवैध काठ ओसार्ने काममा संलग्न भीमदत्त नगरपालिका–१९ उल्टाखामका दुई जनालाई बिहीबार साँझ प्रहरीले पक्राउ गरेको छ । म१ह ८०५ नंको अटोरिक्सासहित ३० वर्षीय मनोज लुहार र ५२ वर्षीय मोती नेपालीलाई भाँसी नजिकबाट पक्राउ गरिएको हो । अटोरिक्सामा चारवटा सालका गोलिया लैजाँदै गरेको बेला काठसहित दुवैलाई पक्राउ गरी शुक्लाफाँटा राष्ट्रिय निकुञ्ज […]

काठ तस्करीको अभियोग झेलेका नेतालाई वन मन्त्रालयको चाबी

१३ पुस, काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड र माधवकुमार नेपाल पक्षका सात मन्त्रीले सामूहिक राजीनामा दिएपछि प्रधानमन्त्री केपी शर्मा ओलीले १० पुसमा मन्त्रिपरिषद् विस्तार गरे । शक्ति बस्नेतले राजीनामा दिएपछि रिक्त रहेको वन तथा वातावरण मन्त्रालयमा प्रेम आलेलाई ल्याइएको छ । डोटीबाट सांसद बनेका नवनियुक्त वनमन्त्रीको विगत भने धुमील […]

काठ नियन्त्रणमा लिँदा स्थानीयसँग झडप, प्रहरीसहित ५ जना घाइते

२२ भदौ, जनकपुरधाम । काठ ओसार्न लागेको समूह र प्रहरीबीच धनुषाको बटेश्वर गाउँपालिकामा आइतबार राति १२ बजेतिर झडप हुँदा दुई प्रहरी र तीन जना स्थानीय घाइते भएका छन् । बटेश्वर गाउँपालिका– ५ शान्तिपुरमा काठ ओसारिरहेको सूचना पाएपछि आइतबार राति इलाका प्रहरी कार्यालय महेन्द्रनगरबाट प्रहरी निरीक्षक दीपक राय नेतृत्वमा टोली खटिएको थियो । प्रहरीले स.१ त. […]

सप्तरीमा धमाधम ढालिँदैछन् सालका रूख, बालुवामा लुकाएर रातारात निकासी

५ असार, सप्तरी । सप्तरीमा वनभित्रै काँचा सालका रुख ढालेर काठ चोरी निकासी गर्ने क्रम अत्यधिक बढेको छ । कोरोना संक्रमणबाट बच्न लकडाउन गरिएको मौकामा काठ चोरी गर्ने गिरोह सकृय भएका छन् । जिल्लाको कन्चनरुप नगरपालिकास्थित एक सामुदायिक वनभित्रै सालका काँचो रुख ढालेर त्यहीं चिरान गर्दै गरेको भिडियो अनलाइनखबरलाई प्राप्त भएको छ । भिडियोमा चार […]

सशस्त्रको गाडीबाट काठ तस्करी प्रकरणः डिएसपी भण्डारीसहित ३ जवान निलम्बित

३१ जेठ, काठमाडौं । प्रहरीकै गाडीमा राखेर काठको अवैध ओसारपसार गरेको आरोप लागेका सशस्त्र प्रहरी बलको अरुण गुल्म, चैनपुरका संखुवासभाका डिएसपी रामप्रसाद भण्डारीलाई निलम्बन गरिएको छ । सशस्त्र मुख्यालयका अनुसार भण्डारीसहित घटनामा संलग्न अन्य ३ जना सशस्त्र प्रहरी जवानहरु विनोद कट्टेल, मिलन कुमार राई र दिपेन्द्र कुमार कर्माकारलाई निलम्बन गरेर कारबाही प्रक्रिया अघि बढाइएको हो […]

पूर्वी तराईको चारकोशे जंगल फाँड्न सुरु, प्रदेश सरकार मूकदर्शक

३ चैत, मोरङ । पूर्वी तराईको चारकोशे झाडीमा रहेका सालका काठहरु वन कर्मचारीको संलग्नतामा धमाधम काट्न थालिएको छ । ‘वैज्ञानिक वन व्यवस्थापन कार्यक्रम’ को बाहनामा वन कर्मचारीले नेपालको हरियो वन काट्न थालेका हुन् । नयाँ संविधानअनुसार स्थानीय सरकार र प्रदेश सरकार समेतको साझा सूचीमा रहेको वनजंगल पुरानै संविधान अनुसारको संरचना अन्तरगत जिल्ला वन कार्यालयले तस्कर […]

काठ चोरीमा संलग्न गिरोह प्रहरीको फन्दामा

११ माघ, काठमाडौं । काठ चोरी तस्करीमा संलग्न गिरोहका ६ जनालाई महानगरीय प्रहरी परिसर, भक्तपुरले पक्राउ गरेको छ । पक्राउ पर्नेमा मकवानपुरको इन्द्रसरोवर गाउँपालिका–५ घर भएका २२ वर्षीय सुमन स्याङतान, नुवाकोटको ककनी गाउँपालिका–५, घर भइ काठमाडौंको बालाजुस्थित सम्राट फर्निचरका सञ्चालक ४८ वर्षीय श्याम गुरुङ, नुवाकोटको शिवपुरी गाउँपालिका–८ घर भएका ३८ वर्षीय राजकुमार भनिने श्यामबहादुर तामाङ, […]

तस्करीको काठ ढुवानीमा विद्यार्थी

६ असोज, काठमाडौं । चुरे क्षेत्रमा वनजंगल फडानी गरी काठ तस्करी गर्न तस्करहरुले विद्यार्थीलाई प्रयोग गर्न थालेका छन् । धनुषाको चुरे क्षेत्रमा पर्ने तुलसी गाविसमा तस्करहरुले  विद्यालयमा अध्यनरत बालबालिकालाई पैसाको प्रलोभनमा पारेर काठ ढुवानी गर्न प्रयोग गर्न थालेपछि बालबालिका पढाइ छाडेर तस्करीमा लागेको पाइएको आजको अन्नपूर्णमा समाचार छ । काठमो एउटा फेन्टा ढुवानी गरेबापत तस्करहरुले […]