Comments Add Comment

केराउ

List Grid
कञ्चनपुरमा २६ लाखको अवैध केराउ बरामद

४ असार, धनगढी । कञ्चनपुरमा प्रहरीले झण्डै २६ लाख रुपैयाँ बराबरको अवैध केराउ बरामद गरेको छ । सुदूरपश्चिम प्रदेश अनुसन्धान समूह ९आरआईटी०, जिल्ला प्रहरी कार्यालय र मातहतबाट खटिएको संयुक्त टोलीले बेलौरी नगरपालिका–२ स्थित भारतीय सीमा क्षेबाट भन्सार छली गरेर ल्याएको ६ सय ६० कठ्ठा केराउ बरामद गरेको हो । जिल्ला प्रहरी कार्यालयका प्रवक्ता प्रहरी नायब […]

सुपारी, केराउ, मरिच र छोकडाको आयात कोटा वितरण स्थगित

२ वैशाख, काठमाडौं । सुपारी, केराउ, मरिच र छोकडा आयातमा लागु गरिएको कोटा वितरण स्थगित भएको छ । वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभागले बिहीबार एक सूचना जारी गर्दै कोटा वितरण कार्य स्थगनको जानकारी गराएको हो । एक वर्षदेखि आयात प्रतिबन्ध लगाइएको उक्त वस्तु निश्चित परिमाणमा खुला गर्ने निर्णय चैत्र ९ गते राजपत्रमा प्रकाशित भएको […]

केराउ, मरिच र सुपारी भित्र्याउन परिमाणात्मक कोटाभन्दा बढी निवेदन

२४ चैत, काठमाडौं । एक वर्ष लामो पूर्ण बन्देज हटेसँगै केराउ, मरिच, छोकडा र सुपारी आयात गर्न व्यापारीहरुले वाणिज्य विभागमा निवेदन दिन थालेका छन् । आयात कोटा निर्धारण भएको दुई सातामै ती वस्तुहरुको आयात गर्न १९ गुणा परिमाण बराबरको निवेदन परेको वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभागले जनाएको छ । चैत ९ गतेको मन्त्रिपरिषद् बैठकले […]

साताको बजार : केराउको अभाव चुलियो, किलोमै ६० रुपैयाँले वृद्धि

२० चैत, काठमाडौं । यो साता बजारमा तरकारी तथा अचार खाने केराउको भाउ किलोमै ६० रुपैयाँले बढेको छ । अचार खाने सानो हरियो केराउ र सुकेको केराउको भाउ प्रतिकिलो ८५ रुपैयाँबाट बढेर १४५ रुपैयाँसम्म पुगेको नेपाल खुद्रा व्यापार संघले जनाएको छ । मूल्य बढेपनि बजारमा केराउको चरम अभाव भएको संघका सदस्य ध्रुब अधिकारीले अनलाइनखबरलाई जानकारी […]

कैलालीबाट रोकिएन केराउ तस्करी

२५ कात्तिक, कैलाली । गत कात्तिक १ गते कैलालीमा केराउ तस्करी नियन्त्रण गर्ने क्रममा प्रहरी सहायक निरीक्षक (असई) गोविन्द विक र जवान रामबहादुर साउदको हत्या भयो । हत्यामा संलग्नको आरोपमा ८ जना र केराउ तस्करीमा सघाएको आरोपमा अर्का एक जना पक्राउ परेका छन् । २५ लाख रुपैयाँ भन्दा बढीको केराउ तस्करी गर्न प्रहरीको हत्या भएको […]

मरिच र केराउमा सर्वोच्चको आदेश र क्याबिनेटको निर्णय बाझियो

१८ भदौ, काठमाडौं । अर्थमन्त्री एवं सूचना तथा सञ्चारमन्त्री डा. युवराज खतिवडाले सोमबारको नियमित पत्रकार सम्मेलनमा भने, ‘उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालयको प्रस्तावमा २०७६ चैत्र १६ अगाडि नै सिपिङ भइसकेका केराऊ र मरिचको आयात गर्न स्वीकृति दिने ।’ आइतबार बसेको मन्त्रिपरिषद बैठकले यस्तो स्वीकृति दिने निर्णय गरेको सरकारका प्रवक्तासमेत रहेका मन्त्री खतिवडाको भनाइ थियो । […]

केराउ र मरिचको आयात फुकुवा

१५ भदौ, काठमाडौं । सरकारले वीरगञ्जस्थित सिर्सिया सुख्खा बन्दरगहमा रोकिएको केराउ र मरिचको आयात फुकुवा गरेको छ । सोमबार बसेको मन्त्रिपरिषद् बैठकले यस्तो निर्णय गरेको सरकारका प्रवक्ता एवम् सञ्चार तथा सूचना प्रविधिमन्त्री डा.युवराज खतिवडाले जानकारी दिए । चैत्र १६ अगाडिनै सिपिङ भएका केराउ र मरिच फिर्ता पठाउन पनि नसकिएको र लामो समय भन्सार यार्डमा रोक्दा […]