Comments Add Comment

कोरोना परीक्षण

List Grid
कर्णालीमा कोरोना परीक्षण समुदायस्तरमा विस्तार गरिने

१९ असार, सुर्खेत । कर्णाली प्रदेश सरकारले समुदायस्तरमा कोरोना परीक्षण गर्ने तयारी गरेको छ । कोरोना संक्रमण समुदायमा फैलिनसक्ने जोखिम रहेकाले परीक्षणलाई समुदायस्तरमा केन्द्रित  गर्न लागेको सामाजिक विकासमन्त्री दल रावलले बताए । ‘अब परीक्षणलाई समुदायमा केन्द्रित गर्नुपर्छ । भारतबाट आउनेको चाप पनि बिस्तारै घट्दै छ । यस कारण पनि हाम्रो ध्यान अब समुदायस्तरमा हुनुपर्छ’ उनले […]

दैनिक १० हजार पीसीआर टेस्ट गर्ने स्वास्थ्यमन्त्रीको दाबी फेल

१५ असार, काठमाडौं । असार १५ बाट दैनिक १० हजार नमुनाको पीसीआर टेस्ट गर्ने स्वास्थ्य मन्त्री भानुभक्त ढकालको दाबी फेल खाएको छ । पीसीआर टेस्टको गति बढाउन माग गर्दै युवाहरू सडकमा निस्किएपछि मन्त्री ढकालले २६ जेठको संसद बैठकमा असार १५ बाट दैनिक १० हजार पीसीआर टेस्ट गर्ने दाबी गरेका थिए । तर मन्त्री ढकाल आफ्नो […]

निजी ल्याबमा कोरोना परीक्षण गर्ने निर्देशिकाको विवाद अझै टुंगिएन

११ असार, काठमाडौं । कोभिड–१९ को परीक्षण गर्ने ल्याबको लिस्टिङ गर्न भन्दै राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला (एनपीएचएल), टेकुको टोली मंगलबार उपत्यकाको एउटा निजी ल्याबमा पुग्यो । तर सरकारले तोकेको मापदण्ड अनुसार परीक्षण गर्न नसक्ने भनेर ल्याबका अधिकारीहरुले एनपीएचएलको टोलीलाई फर्कायो । त्यसको केहीअघि स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको स्वास्थ्य आपत्कालीन परिचालन केन्द्रले कोभिड–१९ मोलिक्युलर परीक्षण गर्न अनुमति […]

जापानले बनायो कोरोना परीक्षण गर्ने नयाँ तरिका

कोरोना भाइरसको परीक्षणको लागि नाकबाट स्वाब लिइन्छ । यसमा कुनै किसिमको क्षति हुँदैन तर धेरै मानिसका लागि यो निकै कठिन लाग्ने गरेको छ । जापानका शोधकर्ताको एक टोलीले सलाइवा टेस्ट अर्थात् र्‍यालबाट कोरोना भाइरस (कोभिड-१९) को परीक्षणको नयाँ तरिका विकास गरेका छन् । यसको माध्यमबाट केवल २५ मिनेटमा परीक्षणको नतिजा आउँछ । जापानी विश्वविद्यालयका साथमा […]

सरकारी प्रयोगशालामा स्वाबको थुप्रो, निजीमा ‘आफ्ना’ खोज्दै मन्त्रालय

५ असार, काठमाडौं । दैलेखको नारायण नगरपालिकाले त्रिभुवन उच्च माध्यमिक विद्यालयको आइसोलेसनमा रहेका संक्रमितहरु आन्दोलनमा उत्रिए । पीसीआर टेष्टका लागि स्वाब संकलन गरेको लामो समयसम्म रिपोर्ट नआएको भन्दै प्रदर्शनमा उत्रिएका र प्रहरीबीच झडप नै भयो । यो त एउटा प्रतिनिधि घटना मात्रै हो । पीसीआर रिपोर्ट आउन हप्ता दिन लाग्नु सामान्यजस्तै भएको छ । प्रयोगशालाहरुमा […]

धादिङमा सात जना कोरोना संक्रमित थपिए

२९ जेठ, काठमाडौं । धादिङमा थप सात जनामा कोरोना संक्रमण पुष्टि भएको छ । धादिङको त्रिपुरासुन्दरी गाउँपालिकाको क्वारेन्टिनमा बसेका सात जनामा कोरोना संक्रमण पुष्टि भएको गाउँपालिकाका प्रमुख शम्भुकुमार थापाले जानकारी दिए । उनीहरूमध्ये सबैजना १२ दिनअघि भारतबाट आएर गाउँपालिकाको क्वारेन्टिनमा बसेका थिए । सुरुमा आरडीटी विधिबाट परीक्षण गरे पनि त्यसमा विश्वास नभएर फेरि ५५ जनाको […]

किन थुप्रिएका छन् प्रयोगशालामा सयौं स्वाब ?

२१ जेठ, काठमाडौं । सर्लाहीको कविलासी नगरपालिकाले अगरवा माध्यमिक विद्यालयको क्वारेन्टिनमा रहेका ५५ जनाको जेठ ११ गते नै स्वाब संकलन गरेर पठायो । तर, स्वाब पठाएको ८ दिनपछि १९ गते मात्र रिपोर्ट तयार भयो । ५५ मध्ये ३६ जनाको पोजेटिभ रिपोर्ट आयो । त्यसबेलासम्म संक्रमित र अरू एकै ठाउँ बसिरहेका थिए । अब उनीहरू सबैको […]

वीरगञ्जको कोरोना परीक्षण ल्याब सञ्चालन

१९ जेठ, वीरगञ्ज । वीरगञ्जको नारायणी अस्पतालमा रहेको कोरोना परीक्षण ल्याब सोमबार पुनः सञ्चालनमा आएको छ । ल्याब सञ्चालनका लागि चाहिने सामग्री उपलब्ध भएपछि सञ्चालन गरिएको ल्याब प्रमुख कन्सल्टेन्ट प्याथोलोजिष्ट डा. निरा पाठकले जानकारी दिइन् । ‘आवश्यक समान आइतबार नै आयो, ल्याबलाई डिसइन्फेक्सन, फ्युनिकेसन पनि ग¥यौं, आजबाट मेसिन सञ्चालनमा छ,’ डा. पाठकले भनिन् ‘पहिलो लटमा […]

कर्णालीमा भारतबाट फर्किनेको भिड, सकियो परीक्षण किट

१६ जेठ, सुर्खेत । भारतबाट फर्किनेको संख्या बढिरहेको बेला कर्णाली प्रदेशमा कोरोना संक्रमण परीक्षण गर्ने किट अभाव भएको छ । तत्काल किट खरिद नगरे परीक्षण नै प्रभावित हुने प्रदेश स्वास्थ्य सेवा निर्देशनालयले जनाएको छ । अहिले सुर्खेतको प्रयोगशालामा थ्रोट स्वाबको नमूना संकलन गर्ने भाइरस ट्रान्सपोर्ट मिडियम (भीटीएम) र प्रोसेसिङ गर्ने सामग्रीकोे अभाव छ । प्रदेश […]

प्रदेश २ का सांसदको कोरोना परीक्षण सुरु

१५ जेठ, जनकपुरधाम । प्रदेश २ का सांसदको कोरोना परीक्षण थालिएको छ । प्रदेशसभाको अधिवेशन मिति आउन ६ दिन बाँकी हुँदा यहाँका  सांसदहरूको कोरोना परीक्षण थालिएको हो । बिहीबारदेखि थालिएको परीक्षण तीन दिनसम्म रहनेछ । पहिलो दिन उप–सभामुख उपमा कुमारी देवसहित केही सांसदको स्वाब संकलन भएको सभामुख सरोजकुमार यादवले जानकारी दिए । उनका अनुसार, प्रदेशका […]

रौतहटमा थप २२ जनामा कोरोना पुष्टि

१३ जेठ, रौतहट । रौतहटमा थप २२ जनामा कोरोना भाइरस (कोभिड-१९)को संक्रमण  पुष्टि भएको छ । नयाँ पुष्टि भएका संक्रमितहरु रौतहटको गौर, देवाही गोनाही र राजेदेवी नगरपालिकाका हुन् । सदरमुकाम गौरमा पहिलो पटक सातजनामा संक्रमण देखिएको हो । यसैगरी देवाही गोनाही नगरपालिकाका ३ र राजदेवी नगरपालिकामा १ जनामा संक्रमण पुष्टि भएको छ । संक्रमण पुष्टि […]

जुम्ला सबैभन्दा धेरै कोरोना परीक्षण गर्नेमा दोस्रो

११ जेठ, जुम्ला । कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान शिक्षण अस्पतालले पछिल्लो समय कोरोना भाइरसको सङ्क्रमण भए/नभएको पत्ता लगाउन पीसीआर परीक्षणको दायरा बढाउँदै गएको छ । स्वास्थ्य मन्त्रालयले सार्वजनिक गरेको तथ्याङ्कअनुसार काठमाडौँपछि सबैभन्दा बढी कोरोना परीक्षण जुम्लामा भएको छ । कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान जुम्लामा २२ वैशाखदेखि कोरोना पीसीआर उपकरण सञ्चालनमा आएको प्रतिष्ठानका अस्पताल निर्देशक डा […]

प्रदेश २ का तीन ठाउँबाट कोरोना परीक्षण हुने

९ जेठ, जनकपुरधाम । कोरोना संक्रमणको ‘हटस्पट’ रहेको प्रदेश २ को ३ ठाउँबाट कोरोना परीक्षण गरिने भएको छ । तीनवटै ठाउँबाट रियल टाइम पीसीआर मेसिनबाट परीक्षण गर्ने तयारी गरिएको हो । यसअघि प्रदेशको पश्चिमी भाग वीरगञ्जमा मात्रै रहेको रियल टाइम पीसीआर मेसिन अब जनकपुरधाम र राजविराजमा समेत जडान हुने भएको छ । यी दुवै ठाउँका […]

थप ९ जनामा कोरोना पुष्टि, संक्रमित संख्या ५१६ पुग्यो

९ जेठ, काठमाडौं । थप ९ जनामा कोरोना भाइरस (कोभिड-१९) संक्रमण पुष्टि भएको छ । योसँगै नेपालमा कोरोना संक्रमितको संख्या ५१६ पुगेको छ । शुक्रबार राति बारा, सप्तरी, भक्तपुर र मकवानपुरमा गरी ९ जना नयाँ संक्रमितको पहिचान भएको हो । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार बाराको सिम्रौनगढ नगरपालिकामा २२, २७, ३०, ३४, ३८ र ४५ […]

सिंहदरबारले किट दिएन, कपिलवस्तुका स्थानीय तहले आफैं किने

८ जेठ, काठमाडौं । कपिलवस्तुका स्थानीय तहले आफैं कोरोनाको पीसीआर जाँच्ने भीटीएम किट खरिद गरेका छन् । उनीहरुले क्वारेन्टाइनमा बसेकाहरुको स्वाब संकलनसमेत आफैं सुरु गरेका छन् । संघीय र प्रदेश सरकारसँग क्वारेन्टाइनमा भएकाहरुको कोरोना जाँचका लागि पटक-पटक माग गर्दासमेत किट अभाव देखाएर पन्छिएपछि कपिलवस्तुका स्थानीय तहले आफैं किट खरिद गरेका हुन् । जिल्लाका विभन्न १८८ […]

स्वेच्छिक कोरोना परीक्षणको शुल्क तोक्न बाँँकी नै छ : स्वास्थ्य मन्त्रालय

७ जेठ, काठमाडौं । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले सःशुल्क कोरोना परीक्षणको मूल्य निर्धारण हुन बाँकी नै रहेको बताएको छ । मन्त्रालयले मंगलबार लक्षण नभएका स्वदेशी तथा विदेशी नागरिकले स्वेछिक रुपमा शुल्क तिरेर परीक्षण गराउन चाहे अनुमति दिने सैद्धान्तिक निर्णय गरेको थियो । यसलाई लिएर १५ हजारसम्म शुल्क तोकिएको चर्चा भएपछि मन्त्रालयले त्यसको खण्डन गरेको छ […]

कर्णालीमा हेलिकप्टर प्रयोग गरेर स्वाब संकलन

७ जेठ, सिञ्जा । कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान शिक्षण अस्पतालको टोलीले हवाईमार्गमार्फत स्वाब सङ्कलन गरेर पिसीआर परीक्षणका लागि जुम्ला ल्याएको छ । हुम्लाका पाँच स्थानबाट ६००, कालीकोटका नौ स्थानबाट ६५३ जनाको र मुगुका दुई स्थानबाट पनि हेलिकोप्टरबाट स्वाब जुम्ला ल्याइएको हो । गाडीबाट ल्याइएको थप ५०० जनाको गरी एक हजार ७५३ जनाको स्वाब जुम्ला ल्याइएको […]

क्रिमसन अस्पतालका २८ जनाको स्वाब संकलन

६ जेठ, बुटवल । गुल्मी मदानेका कोरोना संक्रमित उपचाररत रहेको रुपन्देहीको मणिग्रामस्थित क्रिमसन अस्पतालका २८ जनाको आरटी-पीसीआर टेस्टका लागि मंगलबार स्वाब संकलन गरिएको छ । जेठ १ गतेदेखि उक्त अस्पतालमा उपचाररत ४१ वर्षीय पुरुषमा सोमबार कोरोना पोजेटिभ देखिएपछि मंगलबार अस्पतालका चिकित्सक, नर्ससहित उपचारमा संलग्न कर्मचारी र बिरामीका आफन्त तीनजना गरी २८ जनाको स्वाब संकलन गरिएको […]

मृतक महिलालाई राहत बाँड्ने जनप्रतिनिधिको कोरोना परीक्षण

५ जेठ, काठमाडौं । कोरोना संक्रमणका कारण मृत्यु भएकी महिलाको सम्पर्कमा आएका टोखा नगरपालिकाका २४ जनाको कोरोना संक्रमण परीक्षण गरिएको छ । ती महिलाको परिवार डेरा गरी बस्ने घरका घरबेटी, सँगै भाडामा बस्ने अन्य बासिन्दा, सामान किनमेल गर्ने पसल सञ्चालक र राहत वितरण गर्ने तीन जनप्रतिनिधिको कोरोना परीक्षण गरिएको हो । ती जनप्रतिनिधि संक्रमित महिलाको […]

बागलुङमा संक्रमितको सम्पर्कमा आएका १२० जनाको स्वाब परीक्षण गरिँदै

२ जेठ, काठमाडौं । बागलुङको गलकोट नगरपालिकामा १२० जनाको कोरोना संक्रमण परीक्षणका लागि थ्रोट स्वाब संकलन सुरु गरिने भएको छ । गलकोटका विभिन्न स्थानमा काम गर्ने वीरगञ्जका १४ जना मजदुरमा कोरोना पुष्टि भएपछि उनीहरुको सम्पर्कमा आएका १२० जनाको पहिचान गरी परीक्षण गर्न लागिएको हो । नगरपालिकाको वडा नम्बर ५, ३, ६, ७ र ९ का […]

राष्ट्रपति र उपराष्ट्रपतिको कोरोना परीक्षण रिपोर्ट नेगेटिभ

२ जेठ, काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारी र उपराष्ट्रपति नन्दबहादुर पुनको कोरोना परीक्षण रिपोर्ट नेगेटिभ आएको छ । राष्ट्रपति र उपराष्ट्रपतिसहित उनको कार्यालयमा रहनेहरुको पीसीआर परीक्षण गरिएकामा सबैको रिपोर्ट नेगेटिभ आएको हो । शितलनिवासमा राष्ट्रपति भण्डारीसहित ३७ जनाको र उपराष्ट्रपति कार्यालयमा उपराष्ट्रपति पुनसहित ६४ जनाको पीसीआर टेष्ट गरिएको थियो । उपराष्ट्रपतिसहित कार्यालयमा रहेका सरकारी कर्मचारी, […]