Comments Add Comment

गुठी विधेयक

List Grid
गुठी व्यवस्था मास्न फेरि अध्यादेश ल्याउन खोजिँदैछ : श्रेष्ठ

२८ माघ, काठमाडौं । नेकपा प्रचण्ड–माधव समूहका नेता जीवनराम श्रेष्ठले गुठी व्यवस्था मास्न सरकारले भूमाफियासँग मिलेर अध्यादेश ल्याएर खोजेको भन्दै विरोध गरेका छन् । प्रतिनिधिसभा विघटनको विरोधमा प्रचण्ड–माधव समूहले बुधबार काठमाडौंमा आयोजना गरेको आमसभालाई सम्बोधन गर्दै श्रेष्ठले अध्यादेश नल्याउन खबरदारी गरे । यसअघि काठमाडौंमा भएको आन्दोलनकै कारण सरकारले गुठी विधेयक फिर्ता लिएको थियो । उनले […]

कानुन नहुँदा गुठी जग्गा असुरक्षित भएको छ : मन्त्री अर्याल

१४ असार, काठमाडौं । भूमि, व्यवस्था तथा सहकारीमन्त्री पद्‍मा अर्यालले देशभरका गुठीका जग्गा असुरक्षित रहेको बताएकी छन् । आइतबार राष्ट्रिय सभाअन्तर्गतको राष्ट्रिय सरोकार तथा समन्वय समितिमा मन्त्री अर्यालले गुठीको जग्गालाई राज्यले सुरक्षा गर्न नसकेको बताएकी हुन् । गुठी जग्गाको सुरक्षा गर्न विधेयक ल्याए पनि अगाडि बढाउन नसक्दा अतिक्रमण बढेको उनको भनाइ छ । ‘गुठीको जग्गाहरू […]

गुठी विधेयकबाट शिक्षा लिनु जरुरी : नेकपा

१६ माघ, काठमाडौं । चर्को विरोधपछि गत असारमा सरकारले संसदमा प्रस्तुत गरेको गुठीसम्बन्धी कानूनलाई संशोधन र एकीकरण गर्न बनेको विधेयक फिर्ता लियो । गुठी विधेयक धर्म, संस्कृति र परम्परा विरोधी रहेको भन्दै सरोकारवालाले काठमाडौंमा विशाल प्रदर्शन गरेका थिए । गुठी विधेयक फिर्ता लिनुपर्ने यो निर्णयबाट शिक्षा लिनुपर्ने सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा) को ठहर छ […]

गुठी विधेयक ल्याउन सैद्धान्तिक सहमति

१२ मंसिर, काठमाडौं । सरकारले भूमिसम्बन्धी एकीकृत विधेयक ल्याउन भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्रालयलाई सैद्धान्तिक सहमति दिएको छ । मन्त्रिपरिषदको पछिल्लो बैठकले सैद्धान्तिक सहमति दिएको सूचना तथा सञ्चार प्रविधिमन्त्री तथा सरकारका प्रवक्ता गोकुलप्रसाद बास्कोटाले जानकारी दिए । गुठी विधेयक पनि एकीकतृ विधेयकमै समेटिने प्रवत्ता बाँस्कोटाले जानकारी दिए । यसअघि सरकारले ल्याएको गुठी विधेयकको […]

सांसद गंगा चौधरी भन्छिन्- गुठी विधेयक पास गराएरै छाड्छौं

१६ असार, काठमाडौं । गंगा चौधरी (सत्गौवा) आदिवासी थारु समुदायको प्रतिनिधित्व गर्दै प्रतिनिधिसभा सदस्य छिन् । थरुहट तराई पार्टीबाट नयाँ शक्ति पार्टीमा लागेकी उनी चुनावको मुखमा नेकपा एमालेमा प्रवेश गरिन् र समानुपातिक सांसदको पद सुरक्षित गरिन् । थारु समुदायका मुद्दा उठाउँदै सुरुमा उनी थरुहट तराई पार्टीको केन्द्रीय उपाध्यक्ष बनेकी थिइन् । सो पार्टीबाट संविधानसभामा उनी […]

ज्वाइँ प्रधानमन्त्री सतर्क हुनुस्, ससुरालीले अगुल्टा उचालेः बाबुराम

६ असार, काठमाडौं । पूर्व प्रधानमन्त्री डा. बाबुराम भट्टराईले गुठी विधेयकविरुद्ध माइतीघर मण्डलामा भएको विशाल प्रदर्शनको संकेत बुझ्न सरकारलाई आग्रह गरेका छन् । माइतीघरमा ससुराली खलकले अगुल्टो उचालेको भन्दै उनले सतर्क रहन ज्वाइँमन्त्रीलाई आग्रह गरेका छन् । शुक्रबार संसदमा बोल्दै भट्टराईले भने, ‘हामी खस आर्य समुदाय, हामीले एउटा उखान बनाएका छौं, ज्वाई न स्वाई अगुल्टाले […]

गुठी विधेयक फिर्ता लिने प्रक्रिया अघि बढिसक्यो : मन्त्री अर्याल

६ असार, काठमाडौं । भूमि व्यवस्था तथा सहकारी मन्त्री पदमा अर्यालले गुठीसम्बन्धी विधेयक फिर्ता लिने प्रक्रिया अघि बढेको बताएकी छन् । प्रतिनिधिसभामा शुक्रबार सांसदहरुले उठाएको प्रश्नको जवाफ दिँदै मन्त्री अर्यालले हिजो मन्त्रिपरिषदले निर्णय गरेर फिर्ता लिने प्रक्रिया सुरु गरिसकेको बताइन् । ‘सरकारले हिजोमात्रै निर्णय गरेर राष्ट्रियसभाका निम्ति प्रक्रिया अगाडि बढिसकेको छ’ उनले भनिन् । गुठी […]

‘गुठी विधेयक विरोधी आन्दोलनलाई कांग्रेसको ऐक्यबद्धता’

२ असार, काठमाडौं । नेपाली कांग्रेसका नेता तथा सांसद् दिलेन्द्रप्रसाद बडुले गुठी विधेयकको विरोधमा भइरहेको सडक आन्दोलनमा आफ्नो पार्टीको समर्थन रहेको बताएका छन । प्रतिनिधिसभाको सोमबार बसेको बैठकमा उनले भने, ‘गुठी विधेयकको विरोधमा सडकमा स्वस्फूर्त रुपमा चलिरहेको अत्यन्त जायज आन्दोलनमा कांग्रेस ऐक्यबद्धता जनाउन चाहन्छ र समर्थन गर्दछ ।’ प्रधानमन्त्री केपी शर्मा ओलीले विधेयक विरोधीतर्फ इंगित […]

प्रधानमन्त्री फर्किए, गुठी आन्दोलन रोकिएन

२ असार, काठमाडौं । साताव्यापी युरोप भ्रमण सकेर आइतबार स्वदेश फर्किएका प्रधानमन्त्री केपी शर्मा ओलीले विवादित गुठी विधेयक आवश्यक परे सच्याउन सरकार तयार रहेको प्रतिक्रिया दिए । तर, प्रधानमन्त्रीको आश्वासनको कुनै वास्ता नगरी आइतबार साँझ नै भक्तपुरमा मसाल जुलुस निस्कियो । असार ४ गते माइतीघर मण्डलामा हुने प्रदर्शन अझै स्थगित भएको छैन । त्रिभुवन अन्तराष्ट्रिय […]

गुठी विधेयकको प्रभाव : साढे चार लाख विघा जग्गा व्यक्तिले पाउने

३१ जेठ, काठमाडौं । गुठीको जग्गा पहाडमा ५ लाख ६१ हजार ९९० रोपनी र तराईमा ६६ हजार ३३० विघा छ । गुठी संस्थानका अनुसार देशभरि रहेका गुठीका जग्गा मध्ये रैतान नम्बरी जग्गा पहाडमा ३ लाख १५ हजार ४७२ रोपनी र मधेसमा ६२ हजार २५६ विघा छ । त्यस्तै गुठी अधीनस्थ जग्गा पहाडमा २ लाख ४३ […]

गुठी विधेयकको प्रभाव : साढे चार लाख विघा जग्गा व्यक्तिले पाउने

३१ जेठ, काठमाडौं । गुठीको जग्गा पहाडमा ५ लाख ६१ हजार ९९० रोपनी र तराईमा ६६ हजार ३३० विघा छ । गुठी संस्थानका अनुसार देशभरि रहेका गुठीका जग्गा मध्ये रैतान नम्बरी जग्गा पहाडमा ३ लाख १५ हजार ४७२ रोपनी र मधेसमा ६२ हजार २५६ विघा छ । त्यस्तै गुठी अधीनस्थ जग्गा पहाडमा २ लाख ४३ […]

‘नियतवश घुसेकाले जग्गा नपाऊन्, अरुलाई दिनुपर्छ’

२८ जेठ, काठमाडौं । सरकारले १६ वैशाखमा संसदमा दर्ता गरेको गुठीसम्बन्धी विधेयक विवादित बनेको छ । विधेयकले धर्म, संस्कृति र सम्पदा नामेट पार्न लागेको सरोकारवालाहरूले टिप्पणी गरिरहेका छन् । विधेयकविरुद्ध काठमाडौंमा आन्दोलन समेत चर्किएको छ । विधेयकको विरोधमा गुठीसम्बद्धहरूले विरोध प्रर्दशन जारी राखेका छन् । तर, भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्री पद्मकुमारी अर्याल […]