Comments Add Comment

गोरखा नगरपालिका

List Grid
पृथ्वी जयन्तीको अवसरमा गोरखाका ५ स्थानीय तहमा सार्वजनिक बिदा

२७ पुस, गोरखा । २९९ औँ पृथ्वी जयन्ती तथा राष्ट्रिय एकता दिवसको अवसरमा गोरखाका पाँचवटा स्थानीय तहले आज सार्वजनिक बिदा दिएका छन् । आधुनिक नेपाल एकीकरणका नायक तत्कालीन राजा पृथ्वीनारायण शाहको जन्मथलो समेत रहेको जिल्लाको गोरखा नगरपालिका, पालुङटार नगरपालिका, अजिरकोट गाउँपालिका, सिरानचोक गाउँपालिका र भीमसेन थापा गाउँपालिकाले सार्वजनिक बिदा दिएका हुन् । गोरखा नगरपालिकाका प्रमुख […]

गोरखा नगरपालिकाले पृथ्वीजयन्ती ३ दिन मनाउने, पुस २७ मा बिदा

२४ पुस, गोरखा । गोरखा नगरपालिकाले २९९औँ राष्ट्रिय एकता दिवस तथा पृथ्वीजयन्ती तीन दिनसम्म विभिन्न कार्यक्रम गरी मनाउने भएको छ । कार्यक्रम सम्पन्न गर्न नगरपालिकाले नगर प्रमुख राजनराज पन्तको संयोजकत्वमा २९९ सदस्सीय समिति गठन गरेको प्रमुख प्रशासकीय अधिकृत दिनेशराज पन्तले जानकारी दिए । नेपाल एकीकरणका अभियानकर्ता तत्कालीन राजा पृथ्वीनारायण शाहको सम्मान र सम्झनामा नगरपालिकाको अगुवाइमा […]

गोरखा नगरपालिकामा दुई हप्ता विद्यालय बन्द

२३ कात्तिक, काठमाडौं । गोरखा नगरपालिकाले नगर क्षेत्रका निजी तथा सामुदायिक विद्यालयमा पठनपाठन बन्द गराएको छ । नगरभित्रका केही विद्यालयका शिक्षकहरुमा कोरोना भाइरस संक्रमण देखिएको भन्दै कात्तिक २४ गतेदेखि मंसिर ६ गतेसम्म निजी र सरकारी विद्यालयमा पठनपाठन बन्द गराएको हो । नगरपालिकाले केही कर्मचारीमा कोरोना भाइरस संक्रमण देखिएको र कतिपय कर्मचारीमा लक्षण देखिएको भन्दै नगरपालिका […]

कुखुराको खोरमा कौडा खेलिरहेका १२ जना पक्राउ

३ कात्तिक, गोरखा । गोरखा नगरपालिका–४ पन्थेस्वाँराबाट १२ जना जुवाडे पक्राउ परेका छन् । विशेष सूचनाको आधारमा आइतबार राति करिब ११ बजे कुखुराको खोरमा कौडा खेलिरहेको अवस्थामा उनीहरुलाई पक्राउ गरिएको प्रहरीले जनाएको छ । उनीहरुको साथबाट करिब डेढ लाख नगद र ३९ वटा कौडा बरामद गरिएको एसपी सुरेन्द्र बहादुर गुरुङले बताए । उनीहरुलाई जुवा ऐन […]

संक्रमितलाई सडकमा बान्ता गराउँदै आइसोलेसनमा लगिएपछि विरोध

२५ भदौ, गोरखा । कोरोना संक्रमितलाई एम्बुलेन्समा राखेर आइसोलेसनमा लैजाने क्रममा चरम लापरवाही गरेको भन्दै गोरखा नगरपालिका–७ बतासेका बासिन्दाले विरोध जनाएका छन् । संक्रमितलाई एम्बुलेन्समा राखेर सडकमा बान्ता गराउँदै लगेको भन्दै स्थानीयले विरोध जनाएका हुन् । सोही बस्ती हुँदै गोरखा क्याम्पसको आइसोलेसनमा संक्रमितलाई लगिन्छ । तर संक्रमित ओसारपसारमा लापरवाही भएको स्थानीयको भनाइ छ । बुधवार […]

‘नगर प्रमुख होइन, जनताको सेवक भएर काम गर्छु’

१० जेठ, गोरखा । विद्यार्थी राजनीतिमा लाग्ने क्रममा एक समय राजनराज पन्तले झण्डै ज्यान गुमाउनुपरेको थियो । त्यतिबेला पुनर्जीवन पाएका उनै पन्त गोरखा नगरपालिकाको मेयर भएर अहिले गोरखालाई नयाँ जीवन दिन कस्सिएका छन् । नेपाली कांग्रेसबाट नगर प्रमुख बनेका पन्तले नगरका लागि विभिन्न योजना साँचेका छन् । नेपाल विद्यार्थी संघबाट राजनीति सुरु गर्दादेखि नै उनले गोरखा सदरमुकाम […]