Comments Add Comment

चाेरी

List Grid
जेलबाट छुटेलगत्तै अन्तिम पटक भन्दै सुन पसलमा चोरी

२४ असार, काठमाडौं । रातको समयमा सटर फोडेर सुन, चाँदी पसलमा चोरी गरेको आरोपमा तीन जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा उदयपुरका सुमित भन्ने गंगाबहादुर तामाङ, महोत्तरीको बुद्धबहादुर माझी र उदयपुरकै विक्रम भनिने जंगबहादुर रायमाझी छन् । महानगरीय अपराध अनुसन्धान महाशाखाको टोलीले दुई जनालाई मोरङको उर्लाबारी र एक जनालाई काठमाडौंबाट पक्राउ गरेको हो । […]

एटीएम बुथ फुटाउँदै गरेको अवस्थामा एक जना पक्राउ

१७ जेठ, भक्तपुर । मध्यपुर थिमि नगरपालिका-६ बाहखा बजारस्थित एनआईसी एसिया बैंकको एटीएम बुथ फुटाउँदै गरेको अवस्थामा एक युवक पक्राउ परेका छन् । पक्राउ पर्नेमा सिन्धुपाल्चोक कदम्बास घर भई हाल मध्यपुर थिमि नगरपालिका-६ नगदेश बस्ने २१ वर्षीय सचिन तामाङ रहेका छन् । एटीएम बुथ फुटाउँदै गरेको अवस्थामा शनिबार बिहान प्रहरीले उनलाई पक्राउ गरेकाे हाे । […]

भक्तपुरमा इँटा उद्योगबाट ३ लाख ९८ हजार रुपैयाँ चोरी

१९ माघ, काठमाडौं । भक्तपुरको सूर्यविनायक नगरपालिका–८ जगातीमा रहेको इँटा टायल प्रालिमा चोरी भएको छ । टायलको लेखा शाखाबाट नगद ३ लाख ९८ हजार २ सय ५५ रुपैयाँ गएराति चोरी भएको हो । जिल्ला प्रहरी कार्यालय, भक्तपुरले जनाएअनुसार झ्यालको डण्डी भाँचेर प्रवेश गरी दराजमा रहेको नगद चोरी भएको प्रारम्भिक अनुसन्धानबाट खुलेको छ । फरार चोरहरुको […]

माइक्रोबस नै चोरी !

३० पुस, काठमाडौं । काठमाडौंमा गएराति एउटा माइक्रोबस नै चोरी भएको छ । काठमाडौं महानगरपालिका-१५ स्वयम्भूस्थित हुलाक घर अगाडि पार्किङ गरी राखेको ठाउँबाट बा.१ ज ८१७१ नम्बरको माइक्रोबस शनिबार राति चोरी भएको हो । प्रहरीले माइक्रो चालक नुवाकोट घर भई हाल गोंगबु बस्ने २६ वर्षीय सन्जिन तामाङसहित २ जनालाई नियन्त्रणमा लिई आवश्यक अनुसन्धान गरिरहेको छ […]

मोबाइल चोरीको पोल खुलेपछि हत्या

२० पुस, काठमाडौं । पोखरामा मोबाइल चोरलाई गाली गलौज गर्दा दुई जना व्यक्तिको हत्या भएको छ । अर्का एक जना गम्भीर घाइते भएका छन् । पाेखरा लेखनाथ महानगरपालिका–१८ स्थित निर्माणाधिन साराङ्कोट माउन्टेन रिसोर्टमा आफ्नो मोबाइल चोरी गर्ने व्यक्तिलाई गाली गर्दा १९ वर्षीय निमा शेर्पा र ३७ वर्षीय आङ्लाक्पा शेर्पाले ज्यान गुमाउनु परेको हो । अर्का […]

काठमाडौंमा पार्किङ गरेकै ठाउँबाट ट्याक्सी चोरी, ल्यापटप चोरको पनि बिगबिगी

२० पुस, काठमाडौं । काठमाडौंमा चोरीको घटना बढ्दै गएको छ । पछिल्ला दिनहरुमा प्रहरी समक्ष ट्याक्सीदेखि गरगहना र ल्यापटपसम्म चोरी भएका उजुरी बाक्लै आउन थालेको छ । काठमाडौंको तार्केश्वर नगरपालिका–८ का प्रदिप खत्रीको ट्याक्सी राति पार्किङ गरिराखेकै अवस्थामा चोरी भयो । उनको बा.१ ज २१५० नम्बरको ट्याक्सी लक गरी काठमाडौं–२६ गोंगबु मित्रनगर मैपी पुल नजिक […]

काठमाडौंको जडिबुटीमा स्कुटर चोर्दै गर्दा एक युवक पक्राउ

१४ पुस, काठमाडौं । काठमाडौंको जडिबुटीमा पार्किङ गरेर राखेको स्कुटर चोरी गर्दै गर्दा एक जना युवक पक्राउ परेका छन् । पक्राउ पर्नेमा ओखलढुंगाको रगानी घर भइ हाल काठमाडौंको बौद्ध बस्दै आएका ३० वर्षीय दावा शेर्पा छन् । गएराति काठमाडौं–३२, जडिबुटीस्थित स्माइला डान्सबार अगाडि पार्किङ गरी राखेको बा ५० प १७७ नम्बरको स्कुटर चोरी गर्दै गरेको […]

कवाडी सामान सङ्कलकको भेषमा चोरी गर्ने ‘चल्ला’ समूह पक्राउ

२ पुस, काठमाडौं । प्रहरीले कवाडी सामान सङ्कलकको भेषमा चोरी गर्ने कार्यमा संलग्न समूहलाई पक्राउ गरेको छ । महानगरीय अपराध अनुसन्धान महाशाखाले कवाडी सामान सङ्कलन गर्ने बहानामा राजधानीको विभिन्न ठाउँबाट नगद, सुन, चाँदीका गरगहना, मोबायल तथा अन्य सामानहरु चोरी गर्ने ‘चल्ला’ भनिने ७ जनाको समूहलाई पक्राउ गरेको हो । पक्राउ पर्नेमा भारतको बिहारका २६ वर्षीय […]

१० हजारको लोभमा साथीको हत्या

२८ जेठ, काठमाडौं । चोरी गरिएको रकमको लोभमा आफ्नै साथीको हत्या गरेको अभियोगमा सिन्धुपाल्चोकका बलराम ज्योतिलाई प्रहरीले काठमाडौंको दक्षिणढोकाबाट पक्राउ गरेको छ । उनीमाथी बौद्ध तीनचुलेमा संगै कोठामा बस्ने साथी लाक्पा तामाङलाई रडले टाउकोमा प्रहार गरी हत्या गरेको आरोप छ । सिन्धुपाल्चोक दुवाचौरका उनीहरु सात बर्षदेखि एउटै कोठामा बस्दै आएका थिए । गत बैशाख २० […]

भूकम्पपीडितको टहरामा चोरी

२१ जेठ, काठमाडों । भूकम्पले घर भत्किएसँगै एक वर्षदेखि अस्थायी टहरामा गुजारा चलाउँदै आएका भूकम्पपीडित दिनदिनै लुटपाट र चोरीको सिकार बन्न थालेका छन् । भूकम्पबाट बचेका सामान अन्नपात, पैसा र गरगहनासमेत टहराबाटै चोरिन थालेका आजको अन्नपूर्णमा समाचार छ । ‘छाप्रो नै फोरेर चोरी भयो’ कुशादेवी गाविस ४ का विजय अधिकारी भन्छन्, ‘पीडामाथि झन् पीडा थपिएको […]

चोरको दिसाबाट सुन बरामद !

२१ जेठ, काठमाडौं । सुन चोरी आरोपमा जेठ १७ गते पक्राउ परेका चोरको दिसाबाट प्रहरीले सुन बरामद गरेको छ । खाँदबारीको  शनिबारे बजारमा किनमेल गर्न गएकी महिलाको सुनको सिक्री लुटेको आरोपमा प्रहरीले वीरगञ्ज उपमहानगरपालिका २३ अपौलीका रमेशराय यादव, सुनसरीका ४५ वर्षीय राजकुमार यादव, पर्सा हरपतगन्ज– ९ का अमित राययादव र सुनसरी इटहरीका जगनारायण चौधरीलाई पक्राउ […]

पैसासँगै चोरले श्रीमती भगाएपछि …

१५ जेठ, काठमाडौं । गत चैत ७ मा ज्ञानश्वेरमा एक ट्राभल एण्ड मनी ट्रान्सफरबाट ४ लाख ४६ हजार चोरी भयो । महानगरीय प्रहरी वृत्त कमलपोखरीले घटनाको अनुसन्धान सुरु गर्यो । सिसिटिभी फुटेजका आधारमा सहजै चोरको पहिचान भयो । तर चोर फेला नपरेको आजको नयाँ पत्रिका दैनिकमा समाचार छ । घटनाको दुई सातापछि मनी ट्राभल्सका संचालक […]