Comments Add Comment

चिनियाँ नागरिक

List Grid
प्रहरी कुट्ने चिनियाँ नागरिक ५ हजार धरौटीमा छुटे

८ जेठ, काठमाडौं । सिंहदरबार अगाडि प्रदर्शन गर्ने क्रममा प्रहरीलाई कुटेको अभियोगमा पक्राउ परेका चिनियाँ नागरिक छुटेका छन् । जिल्ला प्रशासन कार्यालय, काठमाडौंले पाँच हजार धरौटीमा छाड्न आदेश दिएपछि उनीहरु छुटेका हुन् । काठमाडौं प्रहरी परिसर, टेकुका प्रवक्ता डीएसपी राजकुमार केसीले उनीहरुलाई बुधबार छाडिएको अनलाइनखबरलाई बताए । चिनियाँ नागरिकहरु घर फिर्तीको माग गर्दै प्रदर्शन गर्ने […]

प्रहरी कुट्ने चार चिनियाँ नागरिकलाई १० दिन हिरासतमा राख्न अनुमति

२८ वैशाख, काठमाडौं । प्रहरीलाई कुटपिट गरेको अभियोगमा पक्राउ परेका चार जना चिनियाँ नागरिकलाई १० दिन हिरासतमा राख्न प्रशासनले अनुमति दिएको छ । काठमाडौँंका प्रमुख जिल्ला अधिकारी जनकराज दाहालले अभद्र व्यवहार सम्बन्धी कसूरमा अनुसन्धानका लागि चार जनालाई हिरासतमा राख्न अनुमति दिएका हुन् । मुलुकको मुख्य प्रशासनिक केन्द्र सिंहदरबार अगाडि प्रदर्शन गर्ने क्रममा शुक्रबार उनीहरुले प्रहरीलाई […]

सिंहदरबार अगाडि चिनियाँ नागरिक र प्रहरीबीच झडप

२६ वैशाख, काठमाडौं । स्वदेश फिर्ता हुन पाउनुपर्ने माग गर्दै सिंहदरबारमा धर्ना दिन गएका चिनियाँ नागरिक र प्रहरीबीच झडप भएको छ । विनाकुनै जानकारी लकडाउनको निषेधित क्षेत्र तोडेपछि प्रहरीले नियन्त्रणमा लिन खोज्ने क्रममा झडप भएको हो । महागनरीय प्रहरी कार्यालय, रानीपोखरीका प्रमुख विश्वराज पोखरेलका अनुसार सिंहरदरबार अगाडि ३३ जना चिनियाँ नागरिक जम्मा भएका थिए । […]

‘चिनियाँलाई स्वदेश फर्कन नेपालले रोकेको होइन’

२६ वैशाख, काठमाडौं । स्वदेश फर्कन पाउनुपर्ने माग राखेर सिंहदरबार अगाडि धर्ना दिएका चिनियाँ नागरिक पक्राउ परे । लकडाउन उल्लंघन गरेर निषेधित क्षेत्रमा प्रदर्शन गरिरहेका चिनियाँहरूले प्रहरीमाथि ढुंगामुढा गरेपछि झडपको अवस्था आएको महानगरीय प्रहरी कार्यालय, रानीपोखरीका प्रमुख विश्वराज पोखरेल बताउँछन् । भिडियोमा प्रहरी अधिकारीले ‘निषेधित क्षेत्र प्रदर्शन नगर्नुस्’ भनेर सम्झाएको देखिन्छ । शुक्रबार प्रदर्शनमा उत्रेका […]

काठमाडौंमा पक्राउ परेका १२२ चिनियाँलाई चीन पठाइयो

२३ पुस, काठमाडौं । नेपालमा पक्राउ परेका १ सय २२ जना चिनियाँ नागरिकलाई आइतबार चीन पठाइएको छ । चीन सरकारले ल्याएको चार्टर्ड विमान चाइना इस्टर्न र वेस्टर्नमा राखेर उनीहरुलाई चीन लगिएको हो । काठमाडौं प्रहरी परिसर, टेकु मातहतका विभिन्न प्रहरी युनिटका हिरासतमा राखिएका चिनियाँ नागरिकलाई बसमा राखेर विमानस्थलसम्म लगिएको थियो । यसअघि काठमाडौंको मनमैजु, बुढानीलकण्ठ […]

चिनियाँको आम गिरफ्तारीले उब्जाएको प्रश्न

२२ पुस, काठमाडौं । पुस ७ मा मनमैजु, महाराजगञ्ज र बूढानीलकण्ठ क्षेत्रबाट प्रहरीले १२२ चिनियाँलाई पक्राउ गर्दा लाग्थ्यो, ‘उनीहरुले नेपालमा बसेर गम्भीर अपराध गरिरहेका थिए र पक्राउ गर्न केही ढिला गरेको भए ठूलो क्षति हुनसक्थ्यो ।’ नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी), महानगरीय अपराध अनुसन्धान महाशाखा र काठमाडौं प्रहरी परिसरले यो अपरेसन चलाएको थियो । […]

चिनियाँ पक्राउ प्रकरणः जिल्ला प्रशासनले छाड्यो, अध्यागमनले समात्यो

२० पुस, काठमाडौं । नेपाल र चीनको संयुक्त अपरेशन भनिएको कारबाहीमा पक्राउ परेका १२२ जना चिनियाँ नागरिक अध्यागमन विभागको नियन्त्रणमा परेका छन् । जिल्ला प्रशासन कार्यालय काठमाडौंले आइतबार अभद्र व्यवहार सम्बन्धी कसुरमा एक हजार रुपैयाँ धरौटी तिरेर छाड्न आदेश दिएको थियो । तर, काठमाडौं प्रहरी परिसर टेकुले आदेश लगत्तै अध्यागमनमा बुझाएको हो । काठमाडौं प्रहरी […]

कहाँ भागे चिनियाँ गिरोहका नाइके ?

१४ पुस, काठमाडौं । नेपालमा बसेर चीनविरुद्ध गतिविधि गरेको आरोपमा चलाइएको अपरेशनप्रति चिनियाँ पक्ष असन्तुष्ट देखिएको छ । नामै किटान गरेर पठाइएका मुख्य अभियुक्तहरुलाई भगाइएको भन्दै चिनियाँ पक्षले असन्तुष्टि जनाएको हो । गृह मन्त्रालय स्रोतकाअनुसार चिनियाँ पक्षले नेपालका विभिन्न क्षेत्रमा रहेका ७० घरमा बसेर करिब एक हजार व्यक्तिले चीनविरुद्ध गतिविधि गरिरहेको रिपोर्ट दिएको थियो । […]

चिनियाँ नागरिकविरुद्धको अपरेशन: हामफाल्लान् भनेर पहिल्यै जालीले घेरिएको थियो घर !

९ पुस, काठमाडौं । सोमबार दिनभर चलाइएको ‘स्वीप’ अपरेशनमा समातिएका १ सय २२ जना चिनियाँ नागरिकको कसुरबारे हालसम्म औपचारिक रुपमा प्रहरीले बताएको छैन । चिनियाँ दूतावासको सूचनामा परिचालित केन्द्रीय अनुसन्धान ब्यूरो, काठमाडौं प्रहरी परिसर र अपराध अनुसन्धान महाशाखाको टोलीले सोमबार एकैदिन हालसम्मकै सबैभन्दा बढी विदेशी नागरिकलाई पक्राउ गरेको थियो । अनौपचारिक संवादमा प्रहरी अधिकृतले चिनियाँ […]

चिनियाँलाई म्याद थप्न लैजाँदा १० वटा गाडी, सय जना प्रहरी !

८ पुस, काठमाडौं । ‘स्वीप अपरेशन’ चलाएर एकै दिन १२२ जना चिनियाँ नागरिक पक्राउ गरेको प्रहरीलाई मंगलबार अनौठो समस्या आइलाग्यो, म्याद थपका लागि कसरी लैजाने ? कानूनतः प्रहरीले कसैलाई पक्राउ गर्नुअघि अदालतबाट अनुमति लिनुपर्छ र २४ घन्टाभित्र अनुसन्धानका लागि म्याद लिनुपर्छ । तर ‘स्वीप अपरेशन’मा खटिएको टोलीसँग पक्राउ पूर्जी थिएन । कति जना छन् भन्ने […]

नेपालमा अपराध गरेको नदेखिए समातिएका चिनियाँलाई देश निकाला गरिने

८ पुस, काठमाडौं । गृहमन्त्री रामबहादुर थापा ‘बादल’को चीन भ्रमणको पूर्वसन्ध्यामा नेपाल प्रहरीले विदेशी नागरिकविरुद्ध हालसम्मकै ठूलो अपरेसन चलाएको छ । चिनियाँ सुरक्षा अधिकारी र नेपालस्थित चिनियाँ दूतावासको सूचनाको आधारमा नेपालमा बसेका चिनियाँ नागरिकविरुद्ध प्रहरीले ‘स्विप अपरेसन’ चलाएको हो । गृह मन्त्रालयका एक उच्च अधिकारीका अनुसार बादलको चीन भ्रमणसम्बन्धी प्रस्ताव सोमबार बसेको मन्त्रिपरिषद् बैठकमा पेस […]

सिसाले काटेर एक चिनियाँ नागरिकको मृत्यु

६ भदौ, काठमाडौं । सिसाले काटेर बुधबार ललितपुरमा एकजना चाइनिज नागरिकको मृत्यु भएको छ । ललितपुर महानगरपालिका-२ बल्खु सुन्दरीघाटस्थित चाइनिज कार्यालयमा काम गर्ने २५ वर्षीय लेन जोनको सिसाले काटेर मृत्यु भएको हो । कार्यालयमा सिसा राखिएको चाङको जाँच गर्ने क्रममा सिसा खसेर जोनलाई काटेको थियो । सिसाले काटेर गम्भीर भएका उनको बल्खुस्थित बयोदा अस्पतालमा उपचारका […]

दुई चिनियाँ नागरिक १० थान अवैध मूर्तिसहित पक्राउ

३ मंसिर, काठमाडौं । दुई जना चिनियाँ नागरिक १० थान अवैध मूर्तिसहित पक्राउ परेका छन् । पक्राउ पर्नेमा जिन ज्याओछेङ र वाङ छेनछुङ छन् । त्रिभुुवन अन्तर्राष्ट्रिय विमानस्थलको होल ब्यागेज स्क्रिनिङका क्रममा उनीहरुको साथमा रहेको कालो रंगको झोलामा ती मूर्तिहरु फेला पारिएको प्रहरीले जनाएको छ । उनीहरु चाइना इस्टर्न एयरलाइन्सको उडानद्वारा काठमाडौंबाट चिनको कुमिङ जान […]

१० चिनियाँ नागरिकलाई भारत छाड्न आदेश

३२ जेठ, काठमाडौं । भारतको ओडिसा सरकारले १० चिनियाँ नागरिकहरुलाई भारत छाड्न आदेश दिएको छ । अडानी समूहको एक कम्पनिमा कार्यरत चिनियाँ नागरिकहरुलाई भारत छाड्न आदेश दिइएको हो । चिनियाँ नागरिकहरुलाई भारत छाड्न १७ जून अर्थात् असार ३ गतेसम्मको समय दिइएको बीबीसीले जनाएको छ । ओडिशाका गृह सचिव असित त्रिपाठीका अनुसार यो आदेश भारतको केन्द्र सरकारको […]