News Summary
Generated by OK AI. Editorially reviewed.- बारा प्रहरीले ११ मंसिरमा नाबालिका छोरीको चिनियाँ नागरिकसँग विवाह गराइदिने बाबु र चिनियाँ नागरिकलाई पक्राउ गरेको छ।
- पक्राउ पर्ने चिनियाँ नागरिक पर्यटक भिसामा नेपाल आएका न्यु युविन हुन् र उनी गान्सु प्रान्तका स्थायी बासिन्दा हुन्।
- पक्राउ परेका दुवैजनालाई जिल्ला अदालत बाराबाट ५ दिनको म्याद थप गरी अनुसन्धान भइरहेको बारा प्रहरीले जनाएको छ।
११ मंसिर, बारा। आफ्नै नाबालिका छोरीको चिनियाँ नागरिकसँग विवाह गराइदिने बाबुसहित चिनियाँ नागरिकलाई बारा प्रहरीले पक्राउ गरेको छ।
जिल्ला प्रहरी कार्यालय बाराका अनुसार जिल्लाको करैयामाई गाउँपालिका-१ हरैयाका ४४ वर्षीय जाकिर हुसेन देवानले आफ्नो उमेर नपुगेकी छोरीको चिनियाँ नागरिकसँग विवाह गराइरहेको सूचनाका आधारमा उनीहरुलाई पक्राउ गरिएको हो।
पक्राउ परेका चिनियाँ नागरिक पर्यटक भिसामा नेपाल आएको पाइएको बारा प्रहरीले जनाएको छ। पक्राउ पर्नेमा चीनको गान्सु प्रान्त स्थायी ठेगाना भएका राहदानी नम्बर ई क्यु ३८७७४०४ भएको न्यु युविन रहेका छन्।
बुधबार राति नाबालिका र चिनियाँ नागरिकका विचमा विवाह भइरहेको सूचना पाएपछि जिल्ला प्रहरी कार्यालय बाराबाट प्रहरी नीरिक्षक प्रकाश खड्काको नेतृत्वमा प्रहरी टोली देवानको घरमा पुगेको थियो।
प्रहरी पुग्दा पक्राउ परेका चिनियाँ नागरिक र देवानकी नाबालिका छोरीको वैवाहिक पहिरनमा सामाजिक परम्परा अनुसार घर भित्रै वैवाहिक कार्यक्रम हुँदै थियो।
पक्राउ परेका दुवैजनालाई प्रहरीले बिहीबार जिल्ला अदालत बाराबाट ५ दिनको म्याद थपगरी अनुसन्धान गरिरहेको बारा प्रहरीका प्रवक्ता डिएसपी विजयराज पण्डितले जानकारी दिए।
प्रतिक्रिया 4