 
																			हामी धेरैलाई खुट्टाले टेकेर पदयात्रा गर्न अर्थात् हाइकिंग गर्न पनि अल्छी लाग्छ । कतिपयलाई कठिन नै हुन्छ । तर एकजना चिनियाँ युवकले भने हातले टेकेर आफ्नो देशको एउटा चर्चित पहाड चढेका छन् ।
३८ वर्षका सन गो शानले सन् २०२३ को मे महिनादेखि मात्रै हातले टेकेर हिंड्ने अभ्यास सुरु गरेका थिए । तर, गत वर्ष उनले एक वर्षभित्रमा हातले टेकेर चीनका सबैभन्दा चर्चित ५० वटा पहाड चढ्ने घोषणा गरे ।
यसअघि शिक्षा क्षेत्रमा जागिर गर्ने सनले कोभिड १९ महामारीका बेला स्वास्थ्यको महत्व बुझे । त्यसपछि उनले स्वास्थ्य तालिमका विषयमा सन्देश फैलाउने र सँगै आफ्ना देशका पर्वतीय सुन्दर क्षेत्रका विषयमा पनि अनुपम ढंगले सम्मान प्रकट गर्ने निर्णय गरे ।
अन्ततः उनले सन् २०२४ को मे महिनामा हातले पहाड चढ्ने काम सुरु गरे । तर गत नोभेम्बरमा मात्रै चाहिं उनी आफ्नो त्यस्तो अनौठो कार्यका कारण भाइरल बने । त्यसबेला उडांग पर्वतको सबैभन्दा अग्लो चुचुरो हाइबात पहाड हातले टेकेर १६ सय १२ मिटरको उचाइमा चढ्दै गरेको उनको भिडियो सार्वजनिक भयो ।
उनी भन्छन् – हरेक चिनियाँमा आफ्नो हृदयमा मार्सल आर्टको सपना छ । तर, म चाहिं देशका चर्चित ५० वटा पहाड चढ्न आफ्नो विशेष आरोहण विधि प्रयोग गर्न चाहन्छु।
गत डिसेम्बरमा सनले हुनान प्रान्तस्थित तियानमेन पर्वतको ९९९ वटा सिँढी हातले टेकेर चढ्नका लागि पाँच घण्टा लगाए । त्यो उनले चढेको सबैभन्दा कठिन तथा ३४औं पहाड थियो ।
यो वसन्त यामसम्ममा ५० वटा चिनियाँ पहाडहरु हातैले टेकेर चढ्ने आफ्नो लक्ष्य पूरा गर्दै गिनजि बुक अफ वर्ल्ड रेकर्डस्मा नाम दर्ताका लागि निवेदन दिने उनको योजना छ ।
 
                









 
                     
                                 
                 
                 
                 
                 
                 
         
                                                 
                                                 
                                                 
                                                 
                                                 
                                                 
                                                 
                                                 
                                                 
                                                 
                                                 
                                                 
                                                 
                                                .png) 
                                                .jpeg) 
                                                 
                                                 
                                                 
                                             
                                             
                 
                 
                 
                 
                 
                 
                 
                
प्रतिक्रिया 4