फाइल फोटो
News Summary
Generated by OK AI. Editorially reviewed.- प्रहरीले १६ जेठमा काठमाडौंको त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट चिनियाँ नागरिक शोओजुन लुइलाई ३२ हजार अमेरिकी डलरसहित पक्राउ गरे।
- उनी एअर चाइनाको उडानमार्फत चीन जान लागेका थिए र उनको लजेजमा रकम भेटिएको थियो।
- पक्राउ परेका उनलाई राजश्व अनुसन्धान विभाग हरिहर भवन पुल्चोक पठाइएको छ।
१६ जेठ, काठमाडौं । अवैध ३२ हजार अमेरिकी डलरसहित विमानस्थलबाट एक चिनियाँ नागरिक पक्राउ परेका छन् । पक्राउ पर्नेमा ३२ वर्षीय शोओजुन लुई छन् । उनलाई त्रिभुवन अन्तराष्ट्रिय विमानस्थलबाट शुक्रबार प्रहरीले पक्राउ गरेको हो ।
एअर चाइनाको उडानमार्फत उनी काठमाडौंबाट चाइना जान लागेका थिए । उनको लजेजमा ३२ हजार ४ सय अमेरिकी डलर भेटिएको प्रहरीले बताएको छ । पक्राउ परेका उनलाई उक्त रकमसहित राजश्व अनुसन्धान विभाग हरिहर भवन पुल्चोक पठाइएको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4