Comments Add Comment

जलविद्युत आयोजना

List Grid
७६२ मेगावाटको तमोरमा लगानीकर्ताको चासो

८ बैशाख, काठमाडौं । तमोर जलाशययुक्त आयोजना निर्माणका लागि दुई वटा लगानी प्रस्ताव आएको छ ।  गत चैत १५ र १६ मा सम्पन्न लगानी सम्मेलनमा ‘शो केस’ गरिएको तमोर जलविद्युत परियोजनाका लागि हालसम्म दुई वटा लगानी आवेदन परेको लगानी बोर्डले जनाएको छ । झण्डै १ खर्ब ५० अर्ब रुपैयाँ लागत अनुमान गरिएको यो परियोजनामा थपिएको […]

रसुवागढी र सान्जेनको १५ सय कित्ता सेयर किन्न सभामुखको आवेदन

६ बैशाख, काठमाडौं । प्रतिनिधिसभाका सभामुख कृष्णबहादुर महराले जलविद्युत आयोजनाको सेयरका लागि आवेदन दिएका छन् । सभामुख महराले सरकारले शुरु गरेको ‘जनताको जलविद्युत’ कार्यक्रम अन्तर्गत शुक्रबार रसुवागढी तथा सान्जेन जल विद्युत आयोजनाको सेयरको आवेदन खुला गर्दै आफूले पनि पहिलो पटक लगानीका लागि आवेदन दिएका हुन् । उर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालयमा आयोेजित कार्यक्रममा उनले रसुवागढी […]

६० मेगावाटको त्रिशूली थ्री ‘ए’ अन्तिम चरणमा, चैतबाट परीक्षण

२९ फागुन, बेत्रावती । रसुवामा बाँध र नुवाकोटमा विद्युत् उत्पादन गृह रहेको ६० मेगावाट क्षमताको माथिल्लो त्रिशूली थ्री ‘ए’ जलविद्युत् आयोजनाको निर्माण कार्य अन्तिम चरणमा पुगेको छ । आगामी असारभित्रै विद्युत् उत्पादन गर्ने लक्ष्य लिएको आयोजनाको समग्र काम हाल ९० प्रतिशत पूरा भएको आयोजना प्रमुख फणिन्ऽराज जोशीले जानकारी दिए । उनका अनुसार आयोजनाको सिभिलतर्फ ९८ […]

जलविद्युतमा जनताको लगानी खोज्दै सरकार

२ फागुन, काठमाडौं । सरकारले बिहीबार ‘जनताको जलविद्युत आयोजना’ कार्यक्रम घोषणा गर्दैछ ।  राष्ट्रिय सभागृहमा एक समारोहबीच प्रधानमन्त्री केपी शर्मा ओलीले कार्यक्रम घोषणा गर्नेछन् । मुलुकका साना-ठूला जलविद्युत आयोजनामा सर्वसाधारणलाई पनि लगानीको अवसर दिन यो कार्यक्रम अघि बढाइएको उर्जा, जलस्रोत तथा सिंचाई मन्त्रालयले जनाएको छ । अपर अरुण (७२५ मेगावाट), किमाथांका अरुण (५०० मेगावाट), फुकोट […]

११ आयोजनाले पाए विद्युत् उत्पादन अनुमतिपत्र

२३ मंसिर, काठमाडौं । सरकारले चालू आर्थिक वर्षको पाँच महीनामा विभिन्न ११ जलविद्युत् आयोजनालाई विद्युत् उत्पादन अनुमतिपत्र प्रदान गरेको छ । चालू आवको हालसम्म अनुमतिपत्र दिइएका आयोजनाको क्षमता एक हजार ३८७ मेगावाट छ । ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालय मातहतको विद्युत् विकास विभागले हालसम्म १९० आयोजनालाई त्यस्तो अनुमतिपत्र दिएको छ । विभागकाअनुसार हालसम्म सात हजार […]

माथिल्लो अरुण जलविद्युत आयोजनाको निर्माण प्रक्रिया शुरु

२९ कात्तिक, काठमाडौं । माथिल्लो अरुण जलविद्युत आयोजनाको निर्माण प्रक्रिया अगाडि बढेको छ ।  यो आयोजनालाई उच्च प्राथमिकताका अघि बढाइएको नेपाल विद्युत प्राधिकरणले जनाएको छ । संखुवासभास्थित आयोजनाको २४ किलोमिटर पहुँच मार्ग निर्माणका लागि ठेकेदार कम्पनी छनोट गर्न बुधबार पूर्वयोग्यताको सूचना आहृान गरिएको छ । इच्छुक कम्पनीले आगामी २० पुसभित्र (४ जनवरी २०१९) आवेदन दिन […]

एउटै आयोजना नबनाएका भारतीय कम्पनीलाई ७५ सय मेगावाटको जिम्मा

५ चैत, काठमाडौं । अहिलेसम्म नेपालमा एक मेगावाट पनि जलविद्युत आयोजना निर्माण नगरेका भारतीय कम्पनीहरुको हातमा अहिले ७ हजार ५ सय १ मेगावाटको लाइसेन्स छ । वर्षौंअघिदेखि यस्ता होल्ड भएका आयोजना निर्माण अघि बढाउन भारतीय कम्पनीले नै चासो देखाएका छैनन् । अहिले २५ वटा आयोजनाको लाइसेन्स भारतीय कम्पनीहरुको हातमा छ । केही समय अघिसम्म भारतीय […]

रसुवा-भोटेकोशीको विद्युत खरिद सम्झौता डलरमा

१२ पुस, काठमाडौं । एक सय २० मेगावाटको रसुवा-भोटेकोशी जलविद्युत आयोजना र नेपाल विद्युत प्राधिकरणबीच डलरमा विद्युत खरिद सम्झौता (पीपीए) भएको छ । प्राधिकरणले तयार पारेकोे निर्देशिकापछि भएको यो पहिलो डलर पीपीए हो । लाङटाङ भोटेकोशी जलविद्युत आयोजनाले निर्माण गर्न लागेको यो आयोजनामा करिब ९० प्रतिशत विदेशी लगानी रहने छ । ०६७ सालमा सर्वर्ेक्षण अनुमति […]

बूढीगण्डकीको जिम्मा चिनियाँ गेजुवा ग्रुपलाई दिने मन्त्रिपरिषदको निर्णय

९ जेठ, काठमाडौं । सरकारले चर्चित जलाशययुक्त बुढीगण्डकी जलविद्युत आयोजना निर्माणको जिम्मा चाइना गेजुवा ग्रुप कम्पनीलाई दिएको छ । मंगलबार बसेको मन्त्रिपरिषद बैठकले १२ सय मेगावाटको जलाशययुक्त बुढीगण्डकी आयोजना चिनियाँ कम्पनीलाई निर्माण गर्न दिने निर्णय गरेको हो । बूढीगण्डकी आयोजनालाई  इन्जिनियरिङ प्रोक्योरमेन्ट कन्ट्र्याक्ट विथ फाइनान्स (इपीसीएफ) मोडलमा निर्माण गर्ने गरी चिनियाँ कम्पनीलाई जिम्मा दिने निर्णय […]

सञ्चयकोषका लगानीकर्तालाई कर्णाली जलविद्युतमा सेयर, ऊर्जाले दियो अनुमति

७ जेठ, काठमाडौं । सरकारले कर्मचारी सञ्चयकोषमा कोष कट्टी गर्दै आएका कर्मचारीको लगानीमा कुल ६८० मेगावाट क्षमताको कर्णाली जलविद्युत् आयोजना निर्माणका लागि अनुमति प्रदान गरेको छ । ऊर्जा मन्त्रालयले कर्मचारी सञ्चय कोषलाई आज सो आयोजना अगाडि बढाउने अनुमति प्रदान गरेको हो । ऊर्जा मन्त्री जनार्दन शर्माको उपस्थितिमा ऊर्जा सचिव अनुपकुमार उपाध्यायले कोषका प्रशासक कृष्णप्रसाद आचार्यलाई […]

प्रकाशशरणले रोके बुढीगण्डकीको प्रस्ताव

७ बैशाख, काठमाडौं । राष्ट्रिय गौरवको बुढीगण्डकी जलविद्युत् आयोजनालाई कम्पनी मोडलमा लैजाने प्रस्ताव सत्ता साझेदार नेपाली कांग्रेसको कारण तीन महिनादेखि रोकिएको छ । बिहीबारको मन्त्रिपरिषद बैठकमा पनि सोही प्रस्ताव ऊर्जा मन्त्रालयले पेश गरेको थियो । तर, कांग्रेस नेतासमेत रहेका परराष्ट्रमन्त्री प्रकाशशरण महतले विरोध गरेपछि पास हुन सकेन । बुढीगण्डकीलाई कम्पनि मोडेलमा लैजान अर्थ र कानुन […]

कुलमानको योजनाः बेगनास तालको पानीले बिजुली निकाल्ने

३ बैशाख, काठमाडौं । नेपाल विद्युत प्राधिकरणले कास्कीको पोखरा लेखनाथ महानगरपालिकामा रहेको बेगनास तालमा नेपालकै पहिलो पम्प स्टोरेज जलविद्युत आयोजना निर्माण गर्ने योजना अघि सारेको छ । प्राधिकरणले गरेको प्रारम्भीक अध्ययनमा लेखनाथको सुन्दरडाँडास्थित बेगनासको पानी रुपा तालमा खसालेर करिव एक सयदेखि तीन सय मेगावाट विद्युत उत्पादन गर्न सकिने देखाएको छ । प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले […]

कोरियाका नेपालीलाई सरकारको प्रस्तावः जगदुल्ला जलविद्युत् आयोजनामा लगानी गर्नुस्

४ चैत, काठमाडौं । उर्जा मन्त्रालयले दक्षिण कोरियामा रहेका नेपालीहरुको लगानीमा जगदुल्ला जलविद्युत आयोजना निर्माणको योजना अघि सारेको छ । यही प्रस्ताव लिएर उर्जामन्त्री जनार्दन शर्मा शुक्रबार कोरियातर्फ लागेका छन् । कोरिया भ्रमणका क्रममा मन्त्री शर्माले सरकारी प्रतिनिधि र कोरियाली लगानीकर्ताहरुसँग भेटवार्ता गर्नेछन् । साथै ६०० मेगावाटको जलविद्युत् आयोजनाको अवलोकन गर्ने कार्यक्रम पनि छ । […]

सेनाले माग्यो ५० मेगावाटको जलविद्युत् आयोजना

१ चैत, काठमाडौं । नेपाली सेनाले ५० मेगावाटको दूधखोला जलविद्युत आयोजना निर्माणमा चासो देखाएको छ । बजेट भाषणमा नै रोल्पाको १२.२५ मेगावाटको मादीखोला जलविद्युत आयोजना निर्माणको जिम्मा सेनालाई दिने घोषणा गरिएको थियो । तर, अर्थ मन्त्रालयले सहमति नदिएपछि सेनाले चार गुणा ठूलो दूधखोला जलविद्युत आयोजना निर्माणमा दाबी गरेको छ । जंगी अड्डाले रक्षा मन्त्रालयमार्फत विद्युत […]

नेपालको अरुण तेस्रो बनाउन भारत सरकारद्वारा ९१ अर्ब बजेट स्वीकृत

११ फागुन, काठमाडौं । भारतले ९०० मेगावाटको अरुण तेस्रो जलविद्युत आयोजना निर्माणका लागि सतलज कम्पनीलाई अनुमति दिएको छ । साथै ९१ अर्बको बजेट पनि स्वीकृत गरेको छ । नेपालको संखुवासभामा निर्माण हुने यो आयोजनाबाट भारतमा बिजुली निर्यातको लक्ष्य राखिएको छ । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको उपस्थितिमा भारतीय मन्त्रिपरिषदको बुधबार बसेको बैठकले आयोजना र लागत स्वीकृत […]

लोडसेडिङ हटाउन कुलमान योजनाः ब्याट्री बैंकदेखि खोला फर्काउनेसम्म

२७ माघ, काठमाडौं । लोडसेडिङ मुक्त अभियान थालेको नेपाल विद्युत प्राधिकरणलाई सुख्खायाम लागेपछि विद्युतको माग धान्न धौ-धौ परेको छ । भारतबाट आयात बढाइएको छ भने पिक आवरमा धेरै विद्युत खपत हुने उपकरणहरु प्रयोग नगर्न आग्रह गर्दै आम उपभोक्तासँग पनि सहयोग मागिएको छ । तै पनि उत्पादन र मागबीच तालमेल मिलाउन प्राधिकरणलाई हम्मेहम्मे परेको छ । […]

बिजुलीमा लगानीको होडबाजी, २४ घण्टामै ५७ करोड !

२६ पुस, काठमाडौं । सरकारले जलविद्युत आयोजनामा स्वदेशी लगानीका लागि अनलाइनबाट आवेदन लिन सुरु गरेको २४ घण्टामै ५७ करोडको प्रतिवद्धता आएको छ । उर्जा मन्त्रालयले सोमबार वेबसाइटमार्फत लगानीका लागि प्रतिवद्धता लिन सुरु गरेको हो । यसको भोलिपल्ट अर्थात २४ घण्टामै ५७ करोड ६४ लाख ९४ हजार ४ सय ८१ रुपैयाँ बराबरको प्रतिवद्धता आएको मन्त्रालयले जनाएको […]

कुलेखानी तेस्रोका ‘हेपाहा’ चिनियाँ ठेकेदार खोज्दै कुलमान

२० मंसिर, काठमाडौं । ठूला आयोजना विदेशी ठेकेदार दिने तर, तिनलाई काम गर्न दबाव नै नदिने गर्दा कस्तो समस्या आउँछ भन्ने गतिलो उदाहरण बनेको छ, कुलेखानी तेस्रो जलविद्युत आयोजना । निर्माणको जिम्मा लिएको चिनियाँ कम्पनीको लापरबाही र नेपाल विद्युत प्राधिकरणको बेवास्ताले खर्च मात्रै बढाउने माध्यम बनेको छ । मकवानपुरको भैंसेमा १४ मेगावाट क्षमताको निर्माणाधीन कुलेखानी-तेस्रोबाट […]

अर्थमै अड्कियो सेनालाई जलविद्युत निर्माण गर्न दिने प्रस्ताव

१० भदौ, काठमाडौं । नेपाली सनेनालाई जलविद्युत आयोजना निर्माण गर्न दिने प्रस्ताव अर्थ मन्त्रालयमै अड्किएको छ । उर्जा मन्त्रालयले रोल्पामा १२.५ मेगावाटको माडी खोला जलविद्युत आयोजना निर्माण गर्न नेपाली सेनालाई दिने प्रस्ताव सहमतिका लागि अर्थ मन्त्रालयमा पठाएको थियो । करिब सात महिना पुग्नलाग्दासमेत अर्थ मन्त्रालयले न सहमति दिएको, न त प्रस्ताव फिर्ता नै पठाएको आजको […]

त्रिशूली थ्री ‘ए’ को भविश्य अन्योलमा

२९ असार, काठमाडौं । निर्माणको अन्तिम चरणमा भूकम्पले क्षति पुर्‍याएपछि रोकिएको माथिल्लो त्रिशूली थ्री ए जलविद्युत आयोजनाको भविश्य अन्योलमा परेको छ । आयोजनास्थलसम्म पुग्ने सडक मर्मत नहुँदा ६० मेगावातटको त्रिशुली ए तत्काल पूरा नहुने देखिएइको छ । पटकपटक थप गरिएको म्याद अनुसार माथिल्लो त्रिशुली थ्री एले सन् २०१६ जुन ३० (असार १६) मा विद्युत उत्पादन […]

प्रधानमन्त्रीज्यू, अब एउटा घोषणा गरिदिनुहोस् प्लिज !

नौ सय मेगावाटको अरुण ३ तथा अरुण उपत्यकामा निर्माण गर्न सकिने अन्य विभिन्न जलविद्युत आयोजनाहरु हालको पूर्वाञ्चल तथा भविष्यको १ नं. प्रदेशका आर्थिक क्रान्तिका मेरुदण्ड हुन् । अर्थात् सेतो सुन । विगत २३ वर्षअघि हाम्रो एउटा सानो अभियानकारी समूहले गरेको सफल अभियानः अरुण-३ को निर्माण नेपालले नेपालकै लागि गर्नुपर्दछ तथा विश्व बैँकलगायतका अन्तर्राष्ट्रिय दातृनिकाय र […]