Comments Add Comment

जान्हवी कपुर

List Grid
जान्हवी भन्छिन्–‘मलाई भव्य बिहेदेखि डर लाग्छ’

बलिउड नायिका जान्हवी कपुरले आफूलाई भव्य बिहे मन नपर्ने बताएकी छिन् । भारतीय मिडियासँगको कुराकानीमा उनले आफ्नो बिहे योजना, बिहेमा लगाउने पहिरनको बिषयमा कुरा गरेकी छिन् । जान्हवीले भनिन्–‘मसँग बिहे कस्तो र कहाँ गर्ने भन्ने बिषयमा सुरुवातदेखि नै स्पष्ट तस्वीर छ । म तिरुपतिमा बिहे गर्न चाहन्छु । यो निकै मिठो सम्बन्ध हुनेछ । म […]

जान्हवी कपुरले किनिन् ३९ करोडमा नयाँ घर

बलिउडमा कलाकारहरुले महंगो घर किनेको खबर त नौलो होइन । गतबर्ष नायिका आलिया भट्टदेखि रणवीर कपुरले नयाँ घर किने । अब, महंगो रकममा नयाँ घर किन्ने नायिकामा जान्हवी कपुरको नाम पनि थपिएको छ । नायिका जान्हवी कपुरले मुम्बइको जुहु इलाकामा ३९ करोडमा नयाँ घर किनेको भारतीय मिडियाले उल्लेख गरेका छन् । अर्या विल्डिङमा रहेको ३ […]

३० करोडमा बनेको जान्हवीको ‘गुञ्जन सक्सेना’ ७० करोडमा विक्री

निर्माता करण जोहरले निर्माण गरेको चलचित्र ‘गुञ्जन सक्सेना’ डिजिटल प्लेटफर्ममा रिलिज हुने भएको छ । यो चलचित्रलाई नेटफ्लिक्सको माध्यमबाट रिलिज गर्न लागिएको हो । यो चलचित्रलाई डिजिटल प्लेटफर्ममा बिक्री गरेर निर्माताले राम्रो नाफा कमाएका छन् । नायिका जान्हवी कपुरको मुख्य भूमिका रहेको यो बायोपिक चलचित्रलाई नेटफ्क्लिसले ७० करोड रुपैयाँमा किनेको भारतीय मिडियाले उल्लेख गरेका छन् […]

जान्हवी भन्छिन्–‘घरमै कोरोना देखिएपछि हामी निकै डराएका थियौं’

नायिका जान्हवी कपुरले आफूहरुको घरमै कोरोना भाइरस देखिएपछि निकै डराएको बताएकी छिन् । केही हप्ता अगाडि उनको घरमा काम गर्ने २ जना मानिसमा कोरोना पोजिटिभ देखिएको थियो । तर, कोरोना भाइरसको संक्रमण हटेपछि परिवारका सदस्य निकै नै सजग भएको उनले बताइन् । जान्हवीले यस्तो अवस्थामा सम्पूर्ण जिम्मेवारी आफूले आफ्नो काँधमा लिएको पनि बताएकी छिन् । […]

जान्हवीको ‘गुञ्जन सक्सेना’ डिजिटल रिलिज हुने

कोरोना भाइरसको कारण भारतमा लामो समयदेखि जारी लकडाउनका कारण बलिउड क्षेत्र पनि ठूलो असरबाट गुज्रिँदै आएको छ। बलिउडका कैयौं चलचित्रहरू रिलिजको प्रतीक्षामा छन् । छायांकन भइरहेका चलचित्रको सेटमा समेत असर परिसकेको छ। तर निर्माण भएर रिलिजका लागि तयार भएका चलचित्रका निर्माताहरूले भने अन्य विकल्प सोच्न थालेका छन् । अहिले एकपछि अर्को बलिउड चलचित्र डिजिटल प्लेटफर्ममा […]

जान्हवीको करिअरलाई लिएर चिन्तित बोनी, सारासँग किन डराए ?

बलिउडमा यतिबेला २ नयाँ नायिकाको तुलना खुबै हुने गरेको छ । तुलना मात्र होइन, को भन्दा को अगाडि भन्ने पनि देखिन थालेको छ । चलचित्र ‘धडक’बाट बलिउडमा पाइला चालेकी निर्माता बोनी कपुर र नायिका श्रीदेवी छोरी जान्हवी कपुरको तुलना सैफअली खान र अमृताकी छोरी साराअली खानसँग हुने गर्दछ । सारा र जाहन्वीको एकै बर्ष बलिउडमा […]

नयाँ सिनेमाका लागि हेलिकप्टर उडाउन सिक्दै जान्भी

करण जोहरको प्रोडक्शन हाउस धर्माबाट बलिउडमा पाइला राखेकी नायिका जान्भी कपुरले नयाँ चलचित्र साइन गरेकी छिन् । उनले काम गर्न लागेको नयाँ चलचित्र पनि करण जोहरकै प्रोडक्शन हाउसबाट बन्नेछ । यो चलचित्र बहादुर पाइलट गुञ्जन सक्सेनाको जीवनीमा आधारित रहेर बन्नेछ । यो चलचित्रका लागि हाल जान्भीले हेलिकप्टर उडाउन सिकिरिहेकी छिन् । यो चलचित्रमा जान्भीको अपोजिटको […]

जान्हवीको तस्बिर खिच्न निषेध

श्रीदेवीको निधनपछि उनकी छोरी जान्हवी कपुर मिडियाको निशानामा परिरहेकी छिन् । जान्हवी सहभागी हरेक कार्यक्रममा मिडियाको फोकस हुन्छ । तर, यसबाट उनलाई अप्ठ्यारो पर्ने भन्दै निर्देशक करण जोहरले ‘धडक’को सुटिङमा मोबाइल निषेध गरेका छन् । सुटिङमा निर्देशकको अनुमतिबिना कसैले पनि जान्हवीको तस्विर खिच्न नपाउने निर्णय पनि जोहरले सुनाएका छन् । चलचित्रको निर्देशन शशांक खेतानले गर्दैछन् […]

२१ वर्षमा जान्हबी, जन्मदिन निरस

बलिउडकी नव-नायिका जान्हवी कपुरको आज जन्मदिन हो । तर उनलाई जन्म दिने आमा अब यो दुनियाँमा छैनन् । ६ मार्च १९९७ मा जन्मेकी जान्हवी २१ वर्षकी भइन् । यसपाली उनको जन्मदिन निरस भएको छ । एक साताअघि उनकी आमा श्रीदेवीको दुवईमा निधन भएको थियो । आमा जस्तै हिरोइन बन्ने उनको सपना छ । करण जौहरको […]