Comments Add Comment

झरना थापा

List Grid
दीपा र झरना, जसका फिल्मले बक्स अफिस हल्लाइदिए

नेपाली चलचित्र क्षेत्रमा महिला निर्देशकको उपस्थिती कमजोर छ । बर्षमा बन्ने सय चलचित्रमा आधा दर्जन महिला निर्देशकको पनि उपस्थिती पनि नहुनु आफैमा दुःखद कुरा हो । सिंगो चलचित्र हाक्ने क्याप्टेन मानिने निर्देशकहरु चलचित्रको सफलता र असफलतामा सबैभन्दा बढी जिम्मेवार हुन्छन् । यसैले, पनि निर्देशकले बोल्ने र देखाउने कुराले समाजमा ठूलो फरक पार्दछ । नेपाली चलचित्रमा […]

छोरी सुहानाको सफलता कुर्दै आमा झरना

केही दिन अगाडि आयोजित चलचित्र ‘ए मेरो हजुर ३’को ट्रेलर रिलिज कार्यक्रममा निर्देशक झरना थापाले छोरी सुहाना थापाको करिअरलाई लिएर मन छुने कुरा गरिन् । झरनाले भनेकी थिइन्–‘मैले यो चलचित्रबाट छोरीलाई डेब्यू गराउँदैछु । आजबाट मैले मेरी छोरी सुहानालाई तपाइहरुमाझ छाड्दैछु । जसरी, एउटा स्कुलमा एउटा अभिभावकले आफ्नो बच्चालाई लिएर जान्छ र त्यहाँ छाड्छ । […]

झरना भन्छिन्–‘छोरीलाई हिट गराउन अनमोललाई लिएकी होइनँ’

दुई दशक भन्दा बढी समयदेखि चलचित्र क्षेत्रमा नायिकाको रुपमा चर्चामा रहेकी झरना थापा अहिले निर्देशक बनेकी छिन् । उनको निर्देशनमा बनेको पहिलो चलचित्र ‘ए मेरो हजुर २’ निकै सफल भएको थियो । उनको निर्देशनमा बनेको दोस्रो चलचित्र ‘ए मेरो हजुर ३’ नयाँ वर्षको अवसर पारेर चैत २९ गतेबाट रिलिज हुदैछ । यो चलचित्रमा नायक अनमोल […]

झरनाकी ‘गुडियारानी’ सुहाना

नायिका झरना थापा छोरी सुहाना थापाको करिअरलाई लिएर चिन्तित र उत्साहित दुबै छिन् । अमेरिकामा पढिरहेकी छोरी सुहानालाई उनले आफ्नै निर्देशनमा तयार भैरहेको चलचित्र ‘ए मेरो हजुर ३’बाट डेब्यू गराउँदैछिन् । झरना थापाका अनुसार, छोरीको डेब्यू चलचित्र भएकाले उनी पहिले भन्दा अझै गम्भिर छिन् । यसपटक, सुहानालाई नेपाली चलचित्रका चल्तीका नायक अनमोल केसीले साथ दिएका […]

भूवन र झरनाको तयारीविनाको डान्स…

नायक भूवन केसी र नायिका झरना थापाले अभिनय गरेको चलचित्र ‘म तिमी विना मरिहाल्छु’ले केही बर्ष अगाडि बम्पर कमाई गरेको थियो । एउटै हलबाट ४० लाख भन्दा बढी शेयर यो चलचित्रले पाएको थियो । यो चलचित्रको शिर्ष गीत पनि दर्शकको मनमा अझै ताजा छ । यो चलचित्रमा अभिनय गरेका भूवन र झरना अहिले निर्देशक बनिसकेका […]

दीपादेखि रेनशासम्म, बक्स अफिसमा शक्तिशाली बन्दै महिला निर्देशक

नेपाली चलचित्रकी पहिलो महिला निर्देशक को हुन् ? हाजिरी जवाफमा धेरै सोधिने प्रश्न हो यो ?  नेपालमा पुरुष निर्देशकको वर्चस्व कायम भएकाले पनि पहिलो महिला निर्देशकप्रति रुची यति धेरै बढेको हो । सुचित्रा श्रेष्ठले पहिलो पटक नेपाली चलचित्र निर्देशन गरेर आफ्नो नाम सधैका लागि पहिलो महिला निर्देशकको रुपमा लेखाएकी छिन् । नेपाली चलचित्रमा महिलाले प्रवेश […]

पोखरामा ‘ए मेरो हजुर ३’को शुभमुहुर्त, अनमोल–सुहानाको जोडी यस्तो देखियो

निर्देशक झरना थापाले निर्देशन गर्न लागेको दोश्रो चलचित्र ‘ए मेरो हजुर ३’को शुभमुहुर्त गरिएको छ । पोखराको विन्ध्वासिनी मन्दिरमा पूजा गर्दै चलचित्रको शुभसाइत गरिएको हो । चलचित्रको शुभसाइत समारोहमा नायक अनमोल केसी, नव–नायिका सुहाना थापा, निर्देशक झरना थापा, निर्माता सुनिल कुमार थापा, छायांकार संजय लामा लगायतको टिम उपस्थित थियो । चलचित्रको अहिले पोखरामा नै केही […]

चैत्र २९ मा अनमोल र सुहानीको ‘ए मेरो हजुर ३’

छायांकनमा जानु अगावै नेपाली चलचित्रका निर्माताहरु आफ्नो चलचित्रको प्रदर्शन मिति तोक्न हतार गर्छन् । राम्रो डेट बुक गरिहाल्ने प्रचलन नयाँ होइन । निर्देशक झरना थापाले निर्देशन गर्न लागेको चलचित्र ‘ए मेरो हजुर ३’को छायांकन सुरु भएको छैन । तर, यो चलचित्रको प्रदर्शन मिति भने तय गरिएको छ । चलचित्रको छायांकन असोज ५ गतेबाट सुरु हुने […]

के झरनाले ‘झिल्के’ पैसाका लागि मात्र खेलेकी थिइन् ?

नेपाली चलचित्र क्षेत्रमा एक सफल नायिकाको रुपमा चिनिन्छिन्, झरना थापा । उनले अभिनय गरेका थुप्रै चलचित्र हिट छन् । अहिले त उनी निर्देशक समेत भैसकेकी छिन् । ‘ए मेरो हजुर २’ जस्तो सफल चलचित्रकी निर्देशक समेत हुन् झरना । उनै, झरनाले अभिनय गरेको चलचित्र ‘झिल्के’को ट्रेलर सार्वजनिक भएको छ । चलचित्रको ट्रेलर निकै कमजोर छ […]

झरना र रेखाको सेल्फी, कुनै समय थियो नम्बर १ को टकराव

नायिका झरना थापा र रेखा थापाविच कुनै समय नम्बर १ को लडाई खुबै चलेको थियो । यही टकरावका कारण उनीहरुको व्यक्तिगत सम्वन्ध पनि त्यति सुमधुर थिएन । झरनाले रेखाप्रति लक्षित गर्दै आफू नै नेपालको नम्बर १ नायिका भएको सिधै भनेकी थिइन् । आफू एक दशक भन्दा लामो समयदेखि चलचित्र क्षेत्रमा चलिरहेको भन्दै झरनाले रेखालाई जवाफ […]

सुहानीमा ‘फिल्मी ब्लड’ देख्छन् अनमोल

नेपाली चलचित्रका यूवा स्टार अनमोल केसी नयाँ चलचित्र ‘ए मेरो हजुर ३’ मा नायिका झरना थापाकी छोरी सुहानी थापासँग रोमान्स गर्दैछन् । हरेक चलचित्रमा नयाँ नायिकासँग काम गर्ने अनमोल सुहानीसँग काम गर्न पाउँदा उत्साहित छन् । काठमाडौंमा आयोजना गरिएको पत्रकार सम्मेलनमा अनमोलले सुहानीसँग काम गर्न पाउँदा उत्साहित भएको बताए । उनले भने-‘मैले यसअगाडि चलचित्रमा फिल्मी […]

‘ए मेरो हजुर ३’ पछि ‘लिलिबिली’ निर्देशकको फिल्म गर्दै अनमोल

नायक अनमोल केसी नायिका झरना थापाले निर्देशन गर्न लागेको चलचित्र ‘ए मेरो हजुर ३’मा अनुवन्धित भइसकेका छन् । झरनाकी छोरी सुहानीसँग अनमोलले यो चलचित्रमा रोमान्स गर्नेछन् । अनमोल र सुहानी अभिनित यो चलचित्रको छायांकन भदौबाट सुरु हुनेछ । अहिलेसम्मको योजना अनुसार नयाँ बर्षमा चलचित्र रिलिज गर्ने तयारी निर्माणपक्षले गरेको छ । म्यूजिकल लभस्टोरी कथामा यो […]

‘ए मेरो हजुर ३’मा अनमोल फाइनल, सुहानीसँग रोमान्स गर्दै

चलचित्र ‘क्याप्टेन’को छायांकनमा व्यस्त नायक अनमोल केसीले नयाँ चलचित्र साइन गरेका छन् । नायिका झरना थापाले निर्देशन गर्न लागेको दोश्रो चलचित्र ‘ए मेरो हजुर ३’मा अनमोलले काम गर्ने पक्का भएको छ । आजमात्र यसको निर्माणपक्षले अनमोलसँग लिखित संझौता गरेको हो । अनलाइनखबरले शुक्रबार अनमोलले यो चलचित्रमा काम गर्ने तयारी गरेको खबर प्रकाशन गरेको थियो । […]

‘ए मेरो हजुर ३’ मा झरनाकी छोरीसित अनमोलको जोडी कति सम्भव ?

बिहिबार आयोजना भएको ‘दशौ डी सिने अवार्ड’मा अभिनेत्री तथा निर्देशक झरना थापा र नायक अनमोल केसीको निकटता देखियो । उत्कृष्ट नायकको विधामा अवार्ड जितेका अनमोल र उत्कृष्ट नव-निर्देशकको विधामा अवार्ड जितेकी झरना एक अर्कालाई अंकमाल गर्दै तस्बिर खिचाउन व्यस्त भएका थिए । झरनाले सामुहिक तस्बिर खिचाउने क्रममा स्टेज चढेर अनमोललाई बोलाएकी थिइन् । झरना र […]

सलिन र साम्राज्ञी ‘ए मेरो हजुर ३’मा नहुने

निर्माता सुनिल कुमार थापाले केहि दिन अगाडि चलचित्र ‘ए मेरो हजुर ३’मा नायक सलिनमान बनियाँ फाइनल भएको बताएका थिए । उनले, यो चलचित्रमा सलिनले काम गर्छु भनेर मौखिक सहमती जनाइसकेको बताएका थिए । तर, चलचित्र ‘ए मेरो हजुर २’ विभिन्न देशमा रिलिज गरेर भर्खरै मात्र नेपाल फर्किएकी निर्देशक झरना थापाले चलचित्रका लागि नयाँ कलाकार खोजेको […]

झरनाको फिल्ममा सलिनमान नै हिरो

चलचित्र ‘ए मेरो हजुर २’ हिट मात्र भएन, यसबाट नव-नायक सलिनमान बनियाँले चलचित्र क्षेत्रमा धमकेदार इन्ट्री पनि मारे । सलिनको चकलेटी अनुहार, स्टाइलले धेरै दर्शकलाई आकषिर्त गर्‍यो । अभिनय औषत भएपनि उनको चकलेटी अनुहारले नै उनलाई नयाँ स्टारको रुपमा चर्चामा ल्याइदियो । तर, यो चलचित्र रिलिज भएपछि सलिनमान हराए । सलिनमानले चलचित्र नै गर्दैनन् भन्ने […]

अष्ट्रेलियामा साम्राज्ञीको पहिरन र सुन्दरताको चर्चा

नेपालमा सुपरहिट भएको चलचित्र ‘ए मेरो हजुर २’को अष्ट्रेलिया प्रिमियर सम्पन्न भएको छ । चलचित्रको प्रिमियरमा सहभागी हुन निर्देशक झरना थापा र नायिका साम्राज्ञी राज्यलक्ष्मी शाह अष्ट्रेलिया पुगेका थिए । यूवी थापाले तयार पारेको रातो पहिरनमा नायिका शाह निकै हट देखिइन् । रेड कार्पेटमा रातो पहिरन लगाएर पुगेकी साम्राज्ञीको रुप र पहिरनको चर्चा भयो । […]

झरनासँग अष्ट्रेलिया उडिन् साम्राज्ञी, १० लाख पारिश्रमिकको प्रश्नमा किन मौन ?

नायिका साम्राज्ञी राज्यलक्ष्मी शाह अष्ट्रेलिया उडेकी छिन् । निर्देशक झरना थापासँग उनी चलचित्र ‘ए मेरो हजुर २’को प्रदर्शनका लागि अष्ट्रेलिया उडेकी हुन् । वुधबार बेलुकी अष्ट्रेलिया उड्नु अगाडि उनले संचारमाध्यममा आएका विभिन्न खबरहरुको जवाफ दिने कोशिश गरिन् । त्रिभुवन विमानस्थलमा पुगेका संचारकर्मीसँग कुराकानी गर्दै उनले पहिलो पटक विदेश यात्राको अनुवभ पनि सुनाइन् । चलचित्र ‘कायरा’मा […]

झरनासँग साम्राज्ञी अष्ट्रेलिया जाने

नायिका साम्राज्ञी राज्यलक्ष्मी शाहलाई बेलायतले भिसा नै दिएन । साम्राज्ञी मात्र होइन, यूकेले भिसा नदिएका कलाकारको सूची अहिले लामै बनिसकेको छ । साम्राज्ञी यूके जान नपाएपछि चलचित्र ‘इन्टु मिन्टु लण्डनमा’को छायांकन पूर्ण रुपमा प्रभावित भयो । नेपालमा आधा छायांकन सकिएको चलचित्र साम्राज्ञी यूके जान नपाएकै कारण रोकियो । अब, यो चलचित्रको छायांकन कहिले हुन्छ, टुंगो […]

‘भागवत गीता’ कि ‘ए मेरो हजुर ३’, झरनाले कुन पहिला बनाउलिन् ?

यो बर्षको सुपरहिट चलचित्र ‘ए मेरो हजुर २’की निर्देशक झरना थापाले नयाँ चलचित्र निर्देशनको तयारी थालेकी छिन् । तर, झरनाले दुइ कथावस्तु मध्ये कुन चलचित्र पहिले बनाउने भन्ने दोधारमा रहेको बताएकी छिन् । ‘चलचित्र ‘ए मेरो हजुर २’ हिट भएपछि, वितरक तथा दर्शकबाट यसकै तेश्रो भाग बनाउने सल्लाहा आएको छ । यसैले यो चलचित्र निर्देशनको […]

नीता अब निर्मात्री, जान्नुहोस् जन्मदिनमा के-के गरिन् नायिकाले ?

नायिका नीता ढुंगाना अब निर्मात्री बन्ने भएकी छिन् । नेपाली चलचित्रका नायिकाहरुले धमाधम चलचित्र निर्माण गरिरहेको समयमा नीताले पनि सोही बाटो समातेकी हुन् । नायिका मात्र भएर काम गर्दा केही बर्षमा नै चलचित्र क्षेत्रबाट हराउनुपर्ने अवस्था श्रृजना हुने भएकाले नायिकाहरुले चलचित्र निर्माणमा हात हालेर लामो समयसम्म यो क्षेत्रमा रहिरहने उपाय रोजेका हुन् । बिहिबार आफ्नो […]