Comments Add Comment

डढेलो

List Grid
रोल्पाको पिराले गाउँमा आगलागी हुँदा २६ घर जले

१५ वैशाख, काठमाडौं । रोल्पाको त्रिवेणी गाउँपालिका, पिराले गाउँमा मंगलबार रातिदेखि आगलागी हुँदा २६ घर र १५ वटा गोठ जलेर नष्ट भएका छन् । घनवाङ जंगलमा लागेको आगो हावाले गाउँमा पुर्‍याएपछि फुसका घरहरु जलेको जिल्ला प्रहरी कार्यालय, रोल्पाका डीएसपी नवराज सापकोटाले अनलाइनखबरलाई बताए । उनका अनुसार घटनामा कुनै मानविय क्षति भएको छैन, १६ बाख्रा र […]

स्याङ्जामा डढेलोमा जलेर वृद्धाको मृत्यु

१३ वैशाख, काठमाडौं । स्याङ्जामा वनमा लागेको डढेलोमा जलेर एक वृद्धाको मृत्यु भएको छ । आइतबार दिउँसो २ बजेतिर आँधीखोला गाउँपालिका-१ अर्घौंदीकी ७२ वर्षकी टीकाकुमारी तिवारीको डढेलोमा जलेर मृत्यु भएको जिल्ला प्रहरी कार्यालय स्याङ्जाका प्रहरी नायब उपरीक्षक राजेन्द्रप्रसाद अर्यालले जानकारी दिए । अर्घौदीमा ब्रतबन्धको निम्तो मानेर घर फर्किने क्रममा रातो पहिरो पाखामा लागेको डढेलकोको मुस्लोमा […]

वायु प्रदूषणको अवस्था र नियन्त्रणको उपाय

केही दिनदेखि नेपालका अधिकांश क्षेत्रमा डढेलो लागेर देशका धेरै स्थानमा वायुको गुणस्तर सूचकांक अत्यन्त खतरनाक अवस्थामा पुगेको छ । छिटफुट वर्षासँगै डढेलो केही मात्रामा नियन्त्रण भई देशभरको वायु गुणस्तरमा सुधार हुँदै आएको छ । सामान्यतया चैत महीनामा नेपालमा धेरै आगलागीका घटना हुने र जंगलमा डढेलो लाग्ने गर्छ । यसले वायुमा प्रदूषणको मात्रा बढ्छ । विभिन्न […]

बागलुङका ३० वनमा आगलागी

२ वैशाख, बागलुङ । गर्मीयाम शुरु भएसँगै दैनिकजसो आगलागीका घटना भइरहेका छन् । पछिल्लो समय बागलुङमा ३० वटा वनमा आगलागी भएको छ । विभिन्न वन तथा घर गोठमा आगलागी हुँदा लाखौँको क्षति भएको छ । जिल्ला डिभिजन वन कार्यालयका अनुसार जिल्लाका ३३० हेक्टर क्षेत्रफलमा आगलागी भएको छ । ढोरपाटन शिकार आरक्षका बुँकी क्षेत्र, गलकोटको घुम्टे, […]

कालीकोटका ६० वटा वनमा आगलागी

३० चैत, कालीकोट ।कालीकोट जिल्लाका ६० वनमा आगलागी भएको छ । जिल्ला वन कार्यालय कालीकोटका अनुसार हालसम्म ५६ सामुदायिक वन र चार सरकारी वनमा आगलागी भएको छ । जिल्लाका अधिकांश सामुदायिक र सरकारी वन डढेलोले सखाप भएपछि पूरै वन क्षेत्र काला पहाडमा परिणत भएको छ । जिल्ला वन कार्यालय कालीकोटका निमित्त प्रमुख दीपकराज सन्ज्यालले भने, […]

शिवपुरी–नागार्जुन राष्ट्रिय निकुञ्जको डढेलो नियन्त्रणमा

२९ चैत, काठमाडौं । शिवपुरी–नागार्जुन राष्ट्रिय निकुञ्जमा लागेको डढेलो नियन्त्रणमा आएको छ । आइतबार दिउँसो डढेलो लागेपछि सिम्रिक एयरको हेलिकप्टरमार्फत पानी खसालेर नियन्त्रणमा लिइएको राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणका कार्यकारी निर्देशक अनिल पोखरेलले जानकारी दिए । पोखरेलका अनुसार हेलिकप्टरमा पानी भर्नका लागि होटल सब्रिनाको स्वीमिङ पुल र मेलम्ची खानेपानी आयोजनाको पानी प्रयोग गरिएको […]

बैतडीका १५ सामुदायिक वनमा डढेलो

२९ चैत, बैतडी । लगातारको खडेरीका कारण बैतडीका १५ भन्दा बढी सामुदायिक वनमा डढेलो भएको छ । सुख्खापनका कारण वनजङ्गलमा डढेलो लागेको डिभिजन वन कार्यालय बैतडीले जनाएको छ । जिल्लाका १५ बढी सामुदायिक वनको १५५ हेक्टर वन क्षेत्रमा डढेलो लागेको डिभिजन वन कार्यालयका प्रमुख केशव पराजुलीले बताए । जिल्लाको कूल क्षेत्रफलको ६२ प्रतिशत वन क्षेत्र […]

शिवपुरी-नागार्जुन निकुञ्जमा डढेलो, आगो निभाउन हेलिकप्टरबाट पानी खसाल्ने तयारी

२९ चैत, काठमाडौं । काठमाडौंको उत्तरतर्फ पर्ने शिवपुरी-नागार्जुन राष्ट्रिय निकुञ्जमा डढेलो लागेको छ । आइतबार दिँउसो डढेलो लागेपछि नियन्त्रणमा लिनका लागि काठमाडौँ महानगरपालिका, बुढानीलकण्ठ नगरपालिका,नेपाली सेना, नेपाल प्रहरी, सशस्त्रको दमकल त्यस क्षेत्रमा पुगेको महाराजगञ्‍जका डीएसपी रोशन खड्काले जानकारी दिए । दमकलले मात्रै डढेलो नियन्त्रणमा लिन नसकिने भन्दै आगो निभाउन हेलिकप्टरबाट पनि पानी खसाल्ने तयारी गरिएको […]

मकवानपुरमा डढेलोले क्षति

२७ चैत, काठमाडौं । डढेलोका कारणले मकवानपुर जिल्लामा चालु आर्थिक वर्षको हालसम्ममा तीन करोड ७० लाख रुपैयाँ मूल्य बराबरको क्षति भएको छ । जिल्ला प्रहरी कार्यालय मकवानपुरका अनुसार चालु आर्थिक वर्षको साउनदेखि चैतसम्ममा विभिन्न स्थानमा डढेलोका कारण ३८ घर जलेर नष्ट भएको छ । डढेलोले एक हप्ता अगाडि मकवानपुरमा एक वृद्ध महिलाको मृत्यु भएको छ […]

डढेलो घरमा सल्किँदा एक महिलाको मृत्यु

२३ चैत, मकवानपुर । मकवानपुरको भीमफेदी गाउँपालिकामा आगलागी हुँदा एक वृद्धाको आज बिहान मृत्यु भएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ । वडा नम्बर–३ पारीपाखाको जङ्गलमा लागेको डढेलोले स्थानीय एक घरमा आगो लाग्दा ६९ वर्षीया हस्तमाया सिन्तानको मृत्यु भएको प्रहरीले जनाएको छ । प्रितिबहादुर सिन्तानको घर र गोठमा डढेलोका कारण आगलागी हुँदा निजका श्रीमती हस्तमायाको मृत्यु […]

गुल्मीमा डढेलोमा जलेर बालिकाको मृत्यु

२० चैत, गुल्मी । गुल्मीमा आगलागीमा परेर एक बालिकाको मृत्यु भएको छ । धुर्कोट गाउँपालिका–७ वाग्ला धाराखोलीकी ९ वर्षकी संगीता परियारको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय गुल्मीका प्रहरी नायव उपरीक्षक (डीएसपी) पुरुषोत्तमप्रसाद पाण्डेले जानकारी दिए । शुक्रबार घर नजिकैको खोलामा नुहाएर घर फर्किने क्रममा सल्ला सामुदायिक वनको डढेलोमा जलेर मृत्यु भएको प्रहरीले जनाएको छ ।

डढेलो नियन्त्रण : न कुनै कार्ययोजना, न समन्वय

१८ चैत, काठमाडौं । केही दिनयता देशभरका अधिकांश वन–जंगलमा नियन्त्रण गर्नै नसक्ने गरी डढेलो फैलिएको छ । डढेलोले वायुमण्डललाई प्रदूषित बनाएसँगै कतिपय मानवबस्ती नै जोखिममा परेका छन् । तर यसको नियन्त्रणका लागि संघदेखि स्थानीय सरकारसँग न त समन्वय छ, न बजेट नै । डढेलोले वन्यजन्तु, बोटविरुवा, वनस्पति, जडिबुटी र काठ–दाउरालगायतका जैविक तथा पर्यावरणीय क्षति बढ्दो […]

यी तस्वीर नेपालमा लागेको डढेलोका हुन् ?

केही दिनयता मुलुकभरका जंगलमा डढेलो लागेको र हावा नचलेको कारण काठमाडौँ, पोखरा लगायतका शहरमा तुवाँलो फैलिएको छ । जसले गर्दा राजधानी लगायतका स्थानमा चैत १७ गतेदेखि चार दिनका लागि सरकारले विद्यालयहरु बन्द गराएको छ । वायु प्रदुषणका कारण उडानहरु प्रभावित भएका छन् भने गत चैत १३ गते काठमाडौं विश्वकै सबैभन्दा प्रदुषित शहर बन्यो । गत […]

द्रूतमार्ग क्षेत्रमा डढेलो (फोटो फिचर)

१४ चैत, काठमाडौं । चैत लागेसँगै देशभरका विभिन्न वनजंगलहरुमा डढेलो लाग्ने क्रम सुरु भएको छ । खडेरी सुरु भएसँगै मकवानपुर, पर्सा, बारा, चितवन, नवलपरासीलगायत जिल्लाका वनहरुमा डढेलो सल्किएका छन् । शुक्रबार र शनिबार पनि बाराको निजगढ आसपासमा रहेको वनमा ठूलो आगलागी भएको छ । मकवानपुरको भीमफेदीलगायतको ठाउँको वनहरुमा समेत आगलागी भइरहेको छ । वन विभागको […]

५४ जिल्लाका ४३७ स्थानमा डढेलो

१३ चैत, काठमाडौं । चैतको दोस्रो हप्तामै देशभर वनजंगलमा डढेलो फैलिएको छ । वन विभागको तथ्यांकअनुसार शुक्रबार मात्रै ४३७ ठाउँका वनजंगलमा आगलागी भइरहेको छ । यो गत वर्षको यही अवधिको तुलनामा उच्च दरको वनडढेलो हो । वन विभागका जीआईएस शाखाका उपसचिव सुन्दर शर्माका अनुसार ५४ जिल्लाका वनमा डढेलो देखिएको छ । विभागका अनुसार पश्चिम तराई, […]

डढेलो बस्तीमा पस्दा चार घर जलेर नष्ट

१३ चैत, भोजपुर । सामुदायिक वनमा लागेको डढेलो बस्तीमा पसेपछि भोजपुरमा चार घर जलेर नष्ट भएका छन् । बिहीबार बेलुका भोजपुरको हतुवागढी गाउँपालिका–८ पात्लेपानी (खुकैला) मा चार घर जलेर नष्ट भएको जिल्ला प्रहरी कार्यालय भोजपुरले जनाएको छ । आगालागीबाट हतुवागढी गाउँपालिका–८ का अर्जुन राई, कञ्चन राई, भीमबहादुर राई, शान्तकुमारी राईको घर र कालीबहादुर राईको गोठ […]

मनाङको ताचैमा लागेको आगो नियन्त्रण बाहिर

१७ माघ, मनाङ । गत मङ्सिर ११ गतेदेखि लागेको आगो निभ्न नपाउँदै नासो गाउँपालिका रहेका जङ्गलमा आगो बलिरहेको छ । मनाङको ताचैमा लागेको आगो दुई दिनदेखि लगातार प्रयास गर्दा पनि नियन्त्रणमा आउन सकेको छैन । रातदिन नभनी भोकभोकै यहाँका स्थानीय आगो निभाउन खटिइरेका छन् । ‘जिल्लामा उपलब्ध सबै स्रोतसाधनको प्रयोग भइसक्यो तर आगो नियन्त्रणमा भएन’, […]

लकडाउनमा विगतको भन्दा बढी डढेलो

२३ चैत, काठमाडौं । देश लकडाउनमा छ, सरकारलाई विश्वास छ कि सबै नागरिक घरभित्र सुरक्षित रुपमा बसीरहेका छन् । तर, सरकारकै अधिकारीहरुलाई भने सबै मान्छे घरभित्रै छन् भन्नेमा विश्वास छैन । कारण हो, वनहरुमा भइरहेका आगलागीका अत्यधिक घटना । वन विभागको तथ्यांकअनुसार आइतबार मध्यान्हबाट बितेको २४ घण्टामा देशरभर ३७ ठाउँका डढेलो लाग्यो । त्यसमध्ये धेरै […]

अष्ट्रेलियाको डढेलो प्रभावित क्षेत्रमा रहेका नेपाली त्रासमा

सिड्नी । अष्ट्रेलियामा फैलिएको डढेलो नियन्त्रणमा आउन नसक्दा यहाँ रहेका नेपाली समुदायमा पनि त्रास छाएको छ । अहिलेसम्म कुनै नेपाली ठूलो समस्यामा परेको खबर नआएको भए पनि डढेलो प्रभावित क्षेत्रमा बस्ने नेपाली परिवार जोखिममा छन् । सिड्नी र सिड्नीको टाउनहलबाट डेढ सय किलोमिटर टाढा पर्छ बनडानन गाउँ । हाल डढेलो प्रभावित साउदर्न हाइल्याण्डमा पर्ने यो […]

गुल्मीको खरबाङमा लागेको डढेलो एक दिनपछि नियन्त्रणमा

२६ माघ, गुल्मी । मुसिकोट नगरपालिका ५ आपचौर जंगलमा लागेको डढेलो नियन्त्रणमा आएको छ । कुर्घाको मालिकाबाट तिम्ले खर्क हुँदै फैलिएको आगो झण्डै १५ किलोमिटर निजी खरबारी हुँदै जंगलबाट आपचौरको खरवाङ जंगलसम्म पुगेको थियो । डढेलो स्थानीय वासिन्दा, नेपाल प्रहरी, नेपाली सेना, शशस्त्र प्रहरीले नियन्त्रणमा लिएपछि जोखिम अवस्थामा रहेका बस्तीमा समस्या नरहेको गुल्मीका प्रमुख जिल्ला […]

गुल्मीमा आगो निभाउने क्रममा जलेर एकको मृत्यु, २ घाइते

१७ वैशाख, तम्घास । गुल्मीको इस्मामा आगोमा जलेर एक जनाको मृत्यु भएको छ भने २ जना घाइते भएका छन् । मृत्यु हुनेमा इस्मा दोहोली १ का ५५ वर्षीय तुल्सीबहादुर लामा छन् । शुक्रवार बिहानदेखि स्थानीय कल्यार बनमा लागेको आगो नजिकै रहेको सौतेगौडा खरबारीमा आएपछि लामाले निभाउन खोजेका थिए । घर नजिकै आएको आगो निभाउने क्रममा […]