+
+
Shares

स्पेनको जंगलमा लागेको डढेलोमा १२ जनाको मृत्यु

अनलाइनखबर अनलाइनखबर
२०८३ असार २६ गते १२:२५

News Summary

Generated by OK AI. Editorially reviewed.
  • स्पेनको अल्मेरियास्थित लस गायार्दोस इलाकाको जंगलमा लागेको भीषण डढेलोमा परी कम्तीमा १२ जनाको मृत्यु भएको छ।
  • घटनामा अन्य छ जना घाइते भएका छन् भने केही मृतकहरू जलेका सवारीसाधनभित्र भेटिएको अधिकारीहरूले जनाएका छन्।
  • अत्यधिक गर्मी र हिटवेभका कारण फैलिएको डढेलो नियन्त्रण गर्न सयौँ दमकलकर्मीहरू खटिएका छन् भने हजारौँ मानिस विस्थापित भएका छन्।

स्पेनको दक्षिण-पूर्वी प्रान्त अल्मेरियाको लस गायार्दोस इलाकामा रहेको जंगलमा भीषण डढेलो लागेको छ। यस डढेलोमा परेर कम्तीमा १२ जनाको मृत्यु भएको छ। घटनामा अन्य छ जना घाइते भएका छन्। डढेलोमा परेका गाडीहरू भित्र केही मृतकहरू फेला परेका छन्।

बिजुलीको लाइन खसेका कारण आगलागी भएको प्रत्यक्षदर्शीहरूले बताएका छन्। उक्त आगो तत्कालै नजिकैको जंगलमा फैलिएको थियो। अधिकारीहरूले भने अहिलेसम्म आगलागीको कारणबारे आधिकारिक पुष्टि गरेका छैनन्। करिब ४० डिग्री सेल्सियस तापमान सहितको लगातारको हिटवेभका कारण दक्षिणी युरोपका धेरै भागमा डढेलो लागिरहेको छ।

फ्रान्स, पोर्चुगल र स्पेनमा सयौँ दमकलकर्मीहरू डढेलो नियन्त्रणमा लिने प्रयास गरिरहेका छन्। आगलागीका कारण हजारौँ मानिसले आफ्नो घर छोड्नु परेको छ।

अन्दालुदियाका क्षेत्रीय प्रमुखले सोसल मिडिया एक्समा सन्देश जारी गर्दै गहिरो दुख व्यक्त गरेका छन्। आपत्कालीन सेवाका अनुसार आगलागीका कारण धेरै सडकहरू बन्द गर्नु परेको छ। प्रभावित क्षेत्रका करिब एक हजार जनालाई सुरक्षित स्थानमा सारिएको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?