Comments Add Comment

त्रिकोणात्मक टी–२० क्रिकेट

List Grid
कुशल भुर्तेलको चौथो अर्धशतक

११ वैशाख, काठमाडौं । नेपालका ओपनर ब्याट्सम्यान कुशल भुर्तेलले टी–२० अन्तर्राष्ट्रिय क्रिकेटमा चौथो अर्धशतक प्रहार गरेका छन् । त्रिकोणात्मक टी–२० सिरिज अन्तर्गत अहिले भइरहेको नेदरल्याण्ड्सविरुद्धको फाइनलमा भुर्तेलले अर्धशतक बनाएपछि उनको अर्धशतक संख्या चार पुगेको हो । १३औं ओभरको चौथो बलमा छक्का प्रहार गर्दै उनले अर्धशतक पूरा गरे । नेपालका लागि उनी सर्वाधिक अर्धशतक प्रहार पारस […]

कुशल र आसिफ चम्किएको दिन (फोटो फिचर)

४ वैशाख, काठमाडौं । कुशल भुर्तेल र आसिफ शेखको शानदार ब्याटिङको मद्दतमा नेपालले तेस्रो पटक नेदरल्याण्ड्सलाई टी–२० अन्तर्राष्ट्रियमा पराजित गर्‍यो । नेपाल क्रिकेट संघ क्यान (क्यान)को आयोजनामा त्रिवि क्रिकेट मैदान, कीर्तिपुरमा भएको त्रिकोणात्मक टी–२० सिरिजमा नेपालले डच टोलीलाई ९ विकेटले पराजित गरेको हो । नेपालले अहिलेसम्म सर्वाधिक टी–२० अन्तर्राष्ट्रिय खेल नेदरल्याण्ड्ससँग खेलेको छ । अहिलेसम्म […]

कुशल र आसिफको कीर्तिमानी साझेदारी

त्रिकोणात्मक सिरिजमा नेदरल्याण्ड्सविरुद्ध नेपाली ओपनरद्वय कुशल भुर्तेल र आसिफ शेखले शतकीय साझेदारी गरेका छन् । त्रिवि क्रिकेट मैदान, कीर्तिपुरमा कुशल र आसिफले शानदार ब्याटिङ गर्दै ११औं ओभरमा शतकीय साझेदारी गरेका हुन् । दुवैले टी–२० अन्तर्राष्ट्रियमा डेब्यू गर्दै ओपनिङ गरेका हुन् । कुशल र आसिफले टी–२० अन्तर्राष्ट्रियमा नेपालका लागि पहिलो विकेटका लागि सर्वाधिक रनको साझेदारी समेत […]

डेब्यूमै कुशल भुर्तेलको अर्धशतक

४ वैशाख, काठमाडौं । नेपाली ब्याट्सम्यान कुशल भुर्तेलले टी–२० अन्तर्राष्ट्रियको डेब्यु खेलमै अर्धशतक प्रहार गरेका छन् । त्रिकोणात्मक टी–२० सिरिजको उद्घाटन खेलमा नेदरल्याण्ड्सविरुद्ध डेब्यू गरेका उनले अर्धशतक प्रहार गरेका हुन् । डेब्यु खेलमा ओपनिङको जिम्मेवारी पाएका उनले आक्रमक ब्याटिङ गरेका थिए । अर्का डेब्युटान्ट आसिफ शेखसँगै ओपनिङ गरेका कुशलले ३० बलमा ५ चौका र ४ […]

टीयू मैदानमा नेपाल र नेदरल्याण्ड्स भिड्दै, दर्शकको उल्लेख्य उपस्थिति

४ वैशाख, काठमाडौं । कीर्तिपुरस्थित टीयू अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा शनिबारदेखि शुरु भएको त्रिकोणात्मक टी–२० क्रिकेट सिरिजमा अहिले घरेलु टिम नेपाल र नेदरल्याण्ड्स खेलिरहेका छन् । कोरोना महामारीको दोस्रो लहर शुरु भएपनि नेपाल र नेदरल्याण्ड्सबीचको खेल हेर्न दर्शकको उल्लेख्य उपस्थिति रहेको छ । सरकारले कोरोना संक्रमण बढी देखिएका १४ जिल्लामा भिडभाड हुने खालका कार्यक्रम नगर्न आग्रह […]