Comments Add Comment

त्रिभुवन अन्तराष्ट्रिय विमानस्थल

List Grid
रोकिएन सुन तस्करी, आधा किलो सुनसहित एक पक्राउ

३ पुस, काठमाडौं । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट हुने सुन तस्करी फेरि सुरु भएको छ । सनम शाक्य हत्या प्रकरणको अनुसन्धान गर्दै जाँदा सुन तस्करीको ठूलो र्‍याकेट पर्दाफास भएपछि तस्करी रोकिएको उच्च स्तरीय छानबिन समितिले दाबी गरेको थियो । तर, सोमबार विमानस्थलबाट आधा किलो सुनसहित एक जना पक्राउ परेसँगै सुन तस्करी फेरि सुरु भएको खुलेको हो […]

सुन जस्तो देखिने ३ वटा बालासहित एक जना पक्राउ

२५ पुस, काठमाडौं । प्रहरीले त्रिभुवन अन्तर्राष्ट्रिय बिमानस्थलको पार्किङ एरियाबाट एक जना व्यक्तिलाई सुन जस्तो देखिने ३ वटा बालासहित पक्राउ गरेको छ । पक्राउ पर्नेमा अर्घाखाँचीको पाणिनी घर भइ काठमाडौँ सामाखुशी बस्दै आएका २३ बर्षीय दुर्गा घिमिरे छन् । उनीमाथि थप अनुसन्धान भइरहेको प्रहरी प्रधान कार्यालयले जनाएको छ ।

सुध्रियो त्रिभुवन विमानस्थलको आगमन कक्ष

१ असोज, काठमाडौं । कतारबाट नेपाल आएका पोखराका संयोग लामा बिहीबार त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा बाहिर निस्किँदा छक्कै परे । कारण हो, उनलाई यसपटक निस्कँदा-निस्कँदै आगमन कक्षको बाहिरी भागसम्म नै कोही अपरिचित व्यक्ति तान्न आएनन् । यसअघि निस्कँदा-निस्कँदै देखिने अनावश्यक भीड यसपटक हराएको देखेपछि उनले आश्चर्य प्रकट गरे । ‘अघिल्लो पटक कतारबाटै फर्किँदा ट्याक्सी र होटलवालाले […]

विमानस्थलमा सामान चोरिएको घटनाबारे छानबिन गर्न समिति गठन

१ कात्तिक, काठमाडाैं । साउदी अरबबाट फर्किएका १८ नेपालीको लगेज चोरी भएको घटनाले अहिले त्रिभुवन विमानस्थलमा सनसनी मच्चिएको छ । पीडितहरु तोकिएको भन्दा अर्कै कम्पनीमा काम गरेको आरोपमा साउदी प्रहरीले एक महिना थुनामा राखेर फिर्ता पठाइएकाहरु थिए । एक-दुई जनाको सामान चोरी हुने घटना बेलाबेला भएकै थिए । तर, यस पटक १८ यात्रुको लगेजको सामान […]

त्रिभुवन विमानस्थलमा हप्ताको २५५ अन्तर्राष्ट्रिय उडान

१३ साउन, काठमाडौं । मुलुकको एकमात्र त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा हप्ताको औषत २५५ अन्तर्राष्ट्रिय उडान हुने गरेको छ । यो विमानस्थलमा अहिले २६ वटा अन्तर्राष्ट्रिय वायुसेवा कम्पनीले उडान भर्दै आएका छन् । सन् २०१३ मा २८ वटा अन्तर्राष्ट्रिय वायु सेवा कम्पनीले उडान भरेका थिए । सन् २०१५ मा आइपुग्दा दुईवटा विमान कम्पनी घटेका छन् । सन् […]

दुईतर्फी अन्तर्राष्ट्रिय हवाई सिट संख्या ८० लाख पुग्यो

१३ जेठ, काठमाडौं । नेपालमा अहिले दुईवटा स्वदेशी र २६ वटा विदेशी विमान कम्पनीले उडान भरिरहेका छन् । विगत एक वर्षको अवधिमा अन्तर्राष्ट्रिय उडानमा दुईतर्फी सिट संख्या १५ लाखले वृद्धि भई ८० लाख पुगेको छ । अर्थमन्त्रालयले बिहीबार सार्वजनिक गरेको आर्थिक सर्वेक्षणअनुसार २०७१ पुस मसान्तसम्म अन्तर्राष्ट्रिय हवाई सिट ६५ लाख रहेकोमा गत पुसमा बढेर ८० […]

त्रिभुवन विमानस्थलभन्दा सुविधासम्पन्न बन्ने भो भैरहवा विमानस्थल

२७ वैशाख, भैरहवा । भैरहवामा निर्माणाधिन गौतम बुद्ध विमानस्थल काठमाडौंको त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलभन्दा सुविधा सम्पन्न बन्ने भएको छ । यो विमानस्थललाई अत्याधुनिक बनाउन ‘एरो ब्रिज’ बनाउने र ‘रन वे सेन्टर लाइन लाइटिङ सिष्टम’लाई ‘क्याटेगोरी टु’मा स्तरोन्नती गरिने छ । ‘एरो ब्रिज’ भनेको टर्मिनल भवनबाट सिधै जहाजमा चढ्न र जहाजबाट टर्मिनल भवनमा झर्न मिल्ने पुल हो […]