
News Summary
Generated by OK AI. Editorially reviewed.- त्रिभुवन अन्तराष्ट्रिय विमानस्थलबाट ३२ वर्षीय भारतीय नागरिक धर्मेश रसिकभाइ चौनारा १४ किलो २१० ग्राम गाँजासहित पक्राउ परेका छन्।
- उनी थाई एयरलाइन्सको बैंककबाट काठमाडौं उडानमार्फत आएका थिए र गाँजा उनको सुटेकसमा भेटिएको थियो।
- पक्राउ परेका उनलाई थप अनुसन्धान र कारबाहीका लागि लागुऔषध नियन्त्रण ब्युरो कोटेश्वर पठाइएको छ।
५ साउन, काठमाडौं । त्रिभुवन अन्तराष्ट्रिय विमानस्थलबाट गाँजासहित एक भारतीय नागरिक पक्राउ परेका छन् ।
पक्राउ पर्नेमा ३२ वर्षीय भारतीय नागरिक धर्मेश रसिकभाइ चौनारा छन् । उनलाई १४ किलो २१० ग्राम गाँजासहित विमानस्थलबाट पक्राउ गरिएको प्रहरीले बताएको छ ।
उनी थाई एयरलाइन्सको उडानमार्फत बैंककबाट काठमाडौं आएका थिए । उनले बोकेको सुटेकसमा उक्त गाँजा भेटिएको हो ।
पक्राउ परेका उनलाई थप अनुसन्धान तथा कारबाहीका लागि लागुऔषध नियन्त्रण ब्युरो कोटेश्वर पठाइएइको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4