+
+
Shares

डस्टबिनबाट सुन निकाल्दै गरेका विमानस्थलका सरसफाइ कर्मचारी पक्राउ

त्रिभुवन अन्तराष्ट्रिय विमानस्थलमा सरसफाइको काम गर्ने एक कर्मचारी पक्राउ परेका छन् ।

अनलाइनखबर अनलाइनखबर
२०८२ माघ २१ गते १७:२०

२१ माघ, काठमाडौं । त्रिभुवन अन्तराष्ट्रिय विमानस्थलमा सरसफाइको काम गर्ने एक कर्मचारी पक्राउ परेका छन् ।

पक्राउ पर्नेमा सुनगाभा सगरमाथा सर्भिस प्रालि कम्पनीमार्फत विमानस्थल सरसफाइमा खटिने ४० वर्षीय डिकबहादुर राउत छन् । उनलाई विमानस्थल प्रहरीले पक्राउ गरेको हो ।

उनले विमानस्थलमा रहेको डस्टबिनको फोहरबाट सुन निकालेर बाहिर लैजान लागेको पाइएपछि पक्राउ गरिएको विमानस्थल प्रहरीका एसपी राजकुमार सिलवालले  जानकारी दिए । फोहरको पोकोलाई स्क्रिनिङ गर्दा ४.४ ग्रामको सुन फेला परेको हो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?