२१ माघ, बैतडी । बैतडीदेखि बझाङ जोड्ने जयपृथ्वी राजमार्ग आंशिक रूपमा अवरुद्ध भएको छ ।
बैतडीको पाटन नगरपालिका– ८ को झौलेक मोडको बीच सडकमा ट्रक बिग्रिएपछि राजमार्ग अवरुद्ध भएको हो । बझाङदेखि नेपालगन्ज जाँदै गरेको बा ३ ख २५५६ नम्बरको ट्रक आज दिउँसो १ बजेको समयमा बिग्रिएपछी राजमार्ग आंशिक रुपमा अवरुद्ध बनेको हो ।
बीच सडकमा ट्रकको करङ भाँचिएर ट्रक बिग्रिएको हो । ठूला सवारीसाधन आवतजावत ठप्प रहेको खोडपे प्रहरी चौकीका इन्चार्ज उदय सिंह खडायतले जानकारी दिनुभयो ।
साना जिप तथा मोटरसाइकल आवतजावत भने भइरहेका छ । सडक अवरुद्ध भएपछि बस तथा ट्रकहरू जाममा परेका छन् ।
सडक खुलाउनको लागि प्रयास भइरहेको सडक डिभिजन कार्यालय बैतडीले जनाएको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
यो पनि
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4