Comments Add Comment

नर्भिक अस्पताल

List Grid
अक्सिजन अभावमा जुनसुकैबेला पनि अकल्पनीय घटना हुन सक्छ : नर्भिक अस्पताल

२९ वैशाख, काठमाडौैं । काठमाडौंको थापाथलीस्थित नर्भिक इन्टरनेशनल हस्पिटलले अक्सिजन अभावमा जुनसुकै बेला पनि अकल्पनीय घटना हुन सक्नेतर्फ सचेत गराएको छ । अस्पतालका कार्यकारी निर्देशक राजेन्द्रबहादुर सिंहले बुधबार एक विज्ञप्ति जारी गर्दै पछिल्लो अवस्थामा कोभिडको संक्रमण बढेसँगै अस्पतालमा प्राण वायुको रूपमा रहेको अक्सिजनको अभाव चरम बन्दै गएको भन्दै यही अवस्था जारी रहे जुनसुकै बेला पनि […]

पूर्वराजा र पूर्वरानीलाई अक्सिजन सपोर्टमा उपचार

१४ वैशाख, काठमाडौं । कोरोना संक्रमण भई नर्भिक अस्पतालमा उपचाररत पूर्वराजा ज्ञानेन्द्र शाह र पूर्वरानी कोमल शाहलाई अक्सिजनको सपोर्टमा उपचार गरिएको छ । अस्पतालले मंगलबार दिउँसो जारी गरेको सूचनाअनुसार कोरोनाबाट संक्रमितहरुमा हुनसक्ने श्वासप्रश्वासको समस्या जटिल नबनोस् भनेर पूर्वराजा र पूर्वरानीलाई अक्सिजनको सपोर्टमा उपचार गरिएको हो । पूर्वराजारानीसँगै अस्पताल भर्ना भएकी पूर्वअधिराजकुमारी प्रेरणा शाहलाई भनेअक्सिजनको सपोर्ट […]

जोशीको अवस्था बुझ्न अस्पताल पुगे देउवा

२६ फागुन, काठमाडौं । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा मष्तिष्कघात भई उपचाररत नवीन्द्रराज जोशीको स्वास्थ्य अवस्था बुझ्न बुधबार नर्भिक अस्पताल पुगेका छन् । फागुन १४ गते मष्तिष्कघात भएपछि पूर्वमन्त्री तथा कांग्रेस नेता जोशी नर्भिक अस्पतालमा भर्ना भएका थिए । उनी अहिले पनि भेन्टिलेटरको सपोर्टमा उपचाररत छन् । जोशीको स्वास्थ्य अवस्था अवस्था थप बिग्रिएको खबर आएका […]

कांग्रेस नेता जोशीलाई भेन्टिलेटरबाट निकालियो

२१ फागुन, काठमाडौं । मष्तिष्कघात भई गत शुक्रबार बिहान थापाथलीस्थित नर्भिक इन्टरनेशनल हस्पिटलमा भर्ना भएका नेपाली कांग्रेसका नेता तथा पूर्वमन्त्री नवीन्द्रराज जोशीले आफैं सास फेर्न थालेका छन् । नेता जोशीको अवस्थामा चामत्कारिक सुधार भएको भन्दै अस्पतालले बिहीबार बिहानदेखि नै भेन्टिलेटरको सपोर्ट हटाएको बताएको छ । जोशीको उपचारमा संलग्न न्यूरो सर्जन डा. राजीव झाका अनुसार भेन्टिलेटर […]

कांग्रेस नेता जोशीको स्वास्थ्यमा सुधार

१८ फागुन, काठमाडौं । मष्तिष्कघात भई गत शुक्रबार बिहान थापाथलीस्थित नर्भिक अस्पतालमा भर्ना भएका नेपाली कांग्रेसका नेता नवीन्द्रराज जोशीको स्वास्थ्यमा सुधार भएको छ । स्वास्थ्यमा सुधार भएपछि सोमबार बिहानदेखि भेन्टिलेटरको सपोर्ट लगातार कम गर्न थालिएको उपचारमा संलग्न न्यूरो सर्जन डा. राजीव झाले जानकारी दिए । ‘सोमबार बिहानदेखि उहाँले आफैंले सास फेरिरहनुभएको छ । मेसिनले सास […]

कांग्रेस नेता जोशीको अवस्था निकै जटिल

१४ फागुन, काठमाडौं । नेपाली कांग्रेसका नेता नवीन्द्रराज जोशीको अवस्था निकै जटिल रहेको चिकित्सकले बताएका छन् । मस्तिष्कघात भएपछि जोशीलाई वीर अस्पताल हुँदै नर्भिक अस्पताल लगिएको थियो । दोस्रो हात बाउँडिन थालेपछि जोशीले श्रीमती र छोरीलाई अस्पताल लैजान भनेका थिए । अस्पताल लैजाँदा गाडीमा बोलिरहेका उनी अस्पताल पुग्दा बोहोस भइसकेका थिए । सिटी स्क्यान गरेर […]

बायाँको सट्टा दायाँ घुँडाको शल्यक्रिया गर्ने नर्भिकका दुर्इ चिकित्सक निलम्बित

२७ फागुन, काठमाडौं । बायाँको सट्टा दायाँ घुँडाको शल्यक्रिया गर्ने नर्भिक अस्पतालका चिकित्सकहरुलाई नेपाल मेडिकल काउन्सिलले निलम्बन गरेको छ । नेपाल मेडिकल काउन्सिलको गत फागुन २३ गते बसेको बोर्डको पूर्ण वैठकले नर्भिक अस्पतालका चिकित्सकद्वय डा. शैलेश रञ्जितकार तथा प्रविण नेपाललाई एक महिनाको लागि निलम्वन गर्ने निर्णय गरेेको हो । नेपाल मेडिकल काउन्सिलको इथिकल कमिटीले गरेको […]

नर्भिक अस्पतालको चरम लापर्वाहीः देब्रे घुँडाको अपरेशन गर्न लगेका डाक्टरले दाहिने चिरे

१२ फागुन, काठमाडौं । नर्भिक अन्तराष्ट्रिय अस्पतालले उपचारका क्रममा गम्भीर गल्ती गरेको भेटिएको छ । अस्पतालका डाक्टरले देब्रो खुट्टा अपरेशन गर्न भर्ना भएकी विन्दु पौडेलको दाहिने खुट्टाको घुँडाको अपरेशन गरेको हो । चितवनकी ३८ वर्षीया पौडेल लिगामेन्ट च्यातिएका कारण उपचार गर्न नर्भिक आएकी थिइन् । चितवनमा देखाउँदा अपरेशन गर्नुपर्छ भनेरपछि परिवारका सदस्य एमआरआईको रिपोर्ट बोकेर […]

अस्पताल ल्याउनु तीन घन्टा अघि नै प्रकाश दाहाललाई ‘आकस्मिक हृदयाघात’

३ मंसिर, काठमाडौं । प्रचण्ड पुत्र प्रकाश दाहालको निधन ‘आकस्मिक हृदयाघात’बाट भएको नर्भिक अस्पतालले बताएको छ । माओवादी अध्यक्ष प्रचण्ड अस्पताल पुगेपछि चिकित्सकहरुले प्रकाशको निधनको औपचारिक जानकारी गराएको छ । प्रकाशलाई विहान साढे ५ बजे अस्पताल पुर्‍याइएको थियो । डा. जेपी जैसलवालले भने, उहाँको हात चिसो भइसकेको थियो । पल्स -हातको गति) थिएन । स्वास […]

पूर्वराजा ज्ञानेन्द्र शाह अस्पताल भर्ना

४ साउन, काठमाडौं । मुटुमा समस्या आएपछि पूर्व राजा ज्ञानेन्द्र शाह नर्भिक अस्पतालमा भर्ना भएका छन् । शाह बुधबार विहान भर्ना भएका हुन् । नियमित चेकजाँचका क्रममा मुटुको धमनीमा केही अवरोध देखिएपछि उनलाई भर्ना गरिएको पारिवारिक स्रोतले जनाएको छ । शाहको सुरुमा एनजीओग्राफी गर्ने र आवश्यक परे एनजीओप्लाष्टी गर्ने तयारी छ । ‘धेरै सिरियस होइन […]

ट्रमा सेन्टरदेखि नर्भिक अस्पतालसम्म नक्कली प्रमाणपत्रधारी डाक्टर

५ असार, काठमाडौं । नक्कली शैक्षिक प्रमाणपत्रधारी डाक्टरविरुद्ध नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सिआइबी)ले अहिलेसम्मकै सबैभन्दा ठूलो अपरेसन गरेको छ । ‘क्वाक’ नाम दिइएको अपरेसनका क्रममा काठमाडौंको ट्रमा सेन्टरदेखि नर्भिक हस्पिटलसम्म नक्कली प्रमाणपत्रधारी डाक्टर पक्राउ परेका छन् । करिब चार महिनाको अनुसन्धानपछि सिआइबीले शुक्रबार देशका १० जिल्लाका अस्पतालहरुमा एकसाथ अपरेसन चलाएको हो । आफ्ना लगभग […]