Comments Add Comment

नागरिकता विधेयक

List Grid
नागरिकता विधेयकविरुद्व गठबन्धन बनाउन सिके राउतको आह्वान

२१ असार, जनकपुरधाम । सिके राउत नेतृत्वको जनमत पार्टीले नागरिकता विधेयकविरुद्ध गठबन्धन बनाएर आन्दोलन गर्न अन्य दलहरुलाई आह्वान गरेको छ । पार्टीको शनिबार सम्पन्न केन्द्रीय समिति बैठकले यस्तो निर्णय गरेको अध्यक्ष डा. सिके राउतले प्रेस विज्ञप्ति जारी गर्दै जानकारी दिएका छन् । अलग अलग छिन्न भिन्न तरिकाले संघर्ष गर्नुको सट्टा सम्पूर्ण शक्तिहरुको गठबन्धन बनाएर अगाडि […]

नागरिकता विधेयकविरुद्ध जसपाका नेताहरु सडकमा

१६ असार, काठमाडौं । संसदमा विचाराधीन नागरिकता विधेयकको विरोधमा जनता समाजवादी पार्टी (जसपा)ले विरोध प्रदर्शन गरेको छ । माइतीघर मण्डलाबाट सुरु भएको प्रदर्शनमा महन्थ ठाकुर, उपेन्द्र यादव, डा. बाबुराम भट्टराई, अशोक राई, महेन्द्र राय यादव, राजेन्द्र श्रेष्ठसहितका नेता कार्यकर्ता सहभागी भएका थिए । संसदको राज्य व्यवस्था समितिले नेपाली पुरुषसँग बिहे गर्ने विदेशी महिलालाई तत्काल स्थायी […]

प्रदेशका मन्त्री पनि नागरिकता विधेयकविरुद्धको आन्दोलनमा

१६ असार, जनकपुरधाम । नागरिकता विधेयकको विरोधमा जनता  समाजवादी पार्टीले गरेको प्रदर्शनमा प्रदेश २ सरकारका मन्त्री पनि सहभागी भएका छन् । जनकपुरधाममा भएको प्रदर्शनमा भौतिक पूर्वाधार तथा विकास मन्त्री जितेन्द्र सोनल, आन्तरिक मामिला तथा कानुन मन्त्री ज्ञानेन्द्र यादव र भूमि, व्यवस्था कृषि तथता सहकारी मन्त्री शैलेन्द्र साह सहभागी भएका हुन् । स्थानीय जनक चोकबाट निकालिएको […]

नागरिकता विधेयकका आलोचकको तर्क : महिलालाई राज्यविहीन बनाउन खोजियो

११ असार, काठमाडौं । २२ साउन ०७५ देखि विचाराधीन नागरिकता ऐन, २०६३ लाई संशोधन गर्न बनेको विधेयकलाई संसदको राज्य व्यवस्था तथा सुशासन समितिले आइतबार पारित गरी प्रतिनिधिसभामा पुर्‍याएको छ । विधेयकको समर्थन र विरोधमा जनमत बाँडिएको छ । विधेकमा व्यवस्था गरिएको नेपाली पुरुषसँग वैवाहिक सम्बन्ध कायम गर्ने विदेशी महिलाले अंगीकृत नागरिकता पाउनका लागि नेपालमा निरन्तर […]

धनुषा र सप्तरीमा प्रधानमन्त्रीको पुत्ला दहन

९ असार, जनकपुरधाम । नेपाली नागरिकसँग विवाह गर्ने विदेशी महिलालाई ७ बर्षपछि नागरिकता दिने प्रावधानको विरोधमा मंगलबार पनि प्रदेश २ का विभिन्न जिल्लामा प्रधानमन्त्री केपी शर्मा ओलीको पुत्ला दहन गर्दै प्रदर्शनहरू भएका छन् । प्रदेशको अस्थायी राजधानी जनकपुरधामसहित प्रायः सबै जिल्लामा प्रदर्शन भएको छ । प्रदर्शनकारीले रोटीबेटीको सम्बन्ध बिगार्न पाइँदैन, १० अर्बबाट ध्यान हटाउन पाइँदैन, […]

पम्फा भुसालको प्रश्न- आफ्ना चेलीको वास्ता छैन, विदेशीको चिन्ता लिएर बस्ने ?

९ असार, काठमाडौं । नेपाल कम्युनिष्ट पार्टीकी नेतृ पम्फा भुसालले महिला अधिकारका लागि विभिन्न मोर्चाबाट संघर्ष गरिन् । चार दशकभन्दा लामो राजनीतिक इतिहास बोकेकी उनलाई अहिले एकथरिले ‘महिला विरोधी’ को आरोप लगाउन थालेका छन् । सन्दर्भ हो संशोधित नागरिकता ऐनको । दुई वर्षदेखि संसदमा अनिर्णयको बन्दी बनिरहेको विधेयकलाई आइतबार राज्यव्यवस्था समितिले किनारा लगायो । यससँगै […]

नागरिकता विधेयकलाई विभेदरहित बनाउन अपिल

८ असार, काठमाडौं । जवाफदेहीता निगरानी समितिले नागरिकता विधेयकलाई भेदभावरहित बनाउन अपिल गरेको छ । राज्य व्यवस्था समितिबाट पारित नेपाल नागरिकता ऐन (पहिलो संशोधन) विधेयकमा ‘नेपाली पुरुष नागरिकसँग विवाह गरेका महिलालाई अङ्गीकृत नागरिकता प्राप्त गर्न कम्तिमा ७ बर्ष कुर्नुपर्ने र नेपाली महिला नागरिकले विदेशी पुरुषसँग विबाह गरेमा उक्त व्यवस्था लागू नहुने’ भन्ने प्रावधान भेदभावपूर्ण रहेको […]

नागरिकताको गाँठो फुक्यो, पितृसत्ताको गाँठो कसियो !

७ असार, काठमाडौं । प्रतिनिधिसभाको राज्य व्यवस्था तथा सुशासन समितिमा करिब २ बर्षदेखि अडि्कएको नागरिकता विधेयकको एउटा विवादित विषय थियो- नेपाली महिलासँग बिहे गर्ने विदेशी पुरुषलाई पनि अंगीकृत नागरिकता दिनुपर्ने प्रस्ताव । खासगरी सत्तारुढ दल नेपाल कम्युनिस्ट पार्टी -नेकपा)का यशोदा सुवेदी गुरुङ, रेखा शर्मालगायतका महिला सांसदहरुले यो विषयलाई उठाउँदै आएका थिए । त्यही बहसका क्रममा […]

राजेन्द्र महतोको प्रश्न : वैवाहिक सम्बन्धले हाम्रो राष्ट्रियतामा कहिले खलल गरेको छ ?

७ असार, काठमाडौं । राष्ट्रिय जनता पार्टी (राजपा) का नेता राजेन्द्र महतोले नेपाली पुरुषसँग विवाह गर्ने विदेशी महिलालाई ७ वर्षपछि मात्र अंगीकृत नागरिकता दिने प्रस्ताव संविधानको मर्म विपरीत भएको बताएका छन् । संसदको राज्य व्यवस्था समितिले नागरिक विधेयकमा विदेशी महिलालाई ७ वर्षसम्म अंगीकृत नागरिकता नदिने र त्यसबेलासम्म आर्थिक, सामाजिक तथा सांस्कृतिक अधिकार उपभोग गर्न स्थायी […]

नागरिकता विधेयकसम्बन्धी पार्टी निर्णयमा प्रभु साहको असन्तुष्टि 

७ असार, काठमाडौं। नागरिकता विधेयकको विषयमा सत्तारूढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा) को सचिवालय बैठकले गरेको निर्णयप्रति नेकपाकै नेता प्रभु साहले असन्तुष्टि जनाएका छन् । शनिबार बसेको नेकपा सचिवालय बैठकले विदेशी बुहारीलाई ७ वर्षपछि मात्रै अंगिकृत नागरिकता दिने निर्णय गरेको छ । उक्त निर्णय मधेशी जनताको भावना विपरीत रहेको भन्दै नेकपा प्रदेश २ का अध्यक्ष समेत […]

नेकपा अध्यक्षद्वयले सांसदहरुलाई भने– नागरिकता विधेयकमा छिट्टै निर्देशन आउँछ

५ असार, काठमाडौं । नागरिकता विधेयकबारे छलफल गर्न सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा)ले सचिवालय बैठक बोलाएको छ । प्रतिनिधिसभाको राज्य व्यवस्था तथा सुशासन समितिले सहमति जुटाउन ५ दिनको समय लिएपछि प्रधानमन्त्री एवं नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का अध्यक्ष केपी शर्मा ओली र अर्का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले बिहीबार नेपाली कांग्रेसका नेताहरुसँग छलफल गरेका थिए । दुबै […]

बालुवाटारको सन्देशले रोकियो नागरिकता विधेयक

३ असार, काठमाडौं । राज्य व्यवस्था तथा सुशासन समितिकी सभापति शशी श्रेष्ठले मंगलबार विदेशी बुहारीलाई ७ वर्षपछि मात्र अंगीकृत नागरिकता दिने प्रस्ताव मात्र गरिनन्, निर्णय नै गरेर नागरिकता विधेयक टुंगो लगाउने प्रस्ताव गरिन् । तर, प्रमुख विपक्षी नेपाली कांग्रेसले प्रस्तावको विरोध पनि गरेन, समर्थनमा खुलेर पनि आएन । पार्टी नेतृत्वसँग छलफल गर्नुपर्ने भन्दै कांग्रेसले एक […]

नागरिकता विधेयकमा राष्ट्रिय सहमति खोजौं : कांग्रेस

२८ भदौ, काठमाडौं । नेपाली कांग्रेसले नागरिकता विधेयकमा राष्ट्रिय सहमति खोज्न माग गरेको छ । राष्ट्रिय सहमति नखोजिए संवैधानिक संकट आउने भन्दै कांग्रेसले सहमतिको पहल प्रधानमन्त्री केपी शर्मा ओलीले नै गर्नुपर्ने माग राख्यो । राज्य व्यवस्था समितिको शनिबार बिहानको बैठकमा कांग्रेस सांसद दिलेन्द्र प्रसाद बडुले भने, ‘२०६३ को ऐन राजनीतिक सहमतिको ऐन थियो, अहिले त्यसलाई […]

वैवाहिक अंगीकृतमा अड्कियो नागरिकता विधेयक, मत विभाजनको तयारी

२५ भदौ, काठमाडौं । संसदको राज्य व्यवस्था तथा सुशासन समितिले नागरिकता विधेयकमा लामो समयसम्म सहमति जुटाउन नसकेपछि मतविभाजनबाट टुङ्ग्याउने तयारी गरेको छ । सर्वाधिक विवादको विषय बनेको वैवाहिक अंगीकृत नागरिकतालाई मत विभाजनबाट टुंग्याएर संसदको चालु अधिवेशनमै विधेयक पास गर्ने तयारी गरिएको हो । नागरिकता विधेयक बुधबार नै पारित गर्ने समितिको तयारी थियो । तर, समिति […]

नागरिकताबारे सहमति जुटाउन गठित संसदीय उपसमिति नै निस्क्रिय !

३ बैशाख,काठमाडौं । संसदमा विचाराधीन रहेको नागरिकता विधेयकका बाँकी विवादहरु सुल्झाउन गठित संसदीय उपसमिति आफैं निस्क्रिय बन्न थालेको छ । १५ दिनको म्याद पाएको उपसमितिले एक महिना बित्न लाग्दा पनि ठोस प्रगति गर्न सकेको छैन । बैबाहिक अंगिकृत नागरिकताको विषयमा कुरा मिल्न नसकेपछि गत चैत ७ गते संसदको राज्य व्यवस्था तथा सुशासन समितिले राष्ट्रिय सहमति […]

कहाँ पुग्यो नागरिकता विधेयक ?

२५ माघ, काठमाडौं । माघ १६ गते दिउँसो १ बजे सिंहदरबारस्थित संसदको राज्य व्यवस्था तथा सुशासन समितिमा नागरिकता विधेयकमाथि दफावार छलफल चलिरहेको थियो ।  त्यहाँ उठेका प्रश्न यस्ता थिए- बाबुको पहिचानविना नै महिलालाई वंशज मान्ने कि नमान्ने ? अंगीकृत नागरिकलाई कुन तहसम्मको अधिकार दिने ? ज्वाइँ र बुहारीलाई एकै प्रकृयाद्वारा एकै प्रकृतिको नागरिकता दिन सकिने […]

महिला सांसदको आक्रोश : वंश भनेको पुरुष मात्रै हो ?

१४ मंसिर, काठमाडौं । संसदको राज्य व्यवस्था समितिमा शुक्रबार पनि नागरिकतासम्बन्धी विधेयकमाथि छलफल थियो । छलफलमा गृहमन्त्री रामबहादुर थापा बादल पनि बोलाइएका थिए । सांसदहरुले वंश भनेर छोरा वा पुरुषलाई मात्र लिइने प्रचलन रहेको भन्दै विरोध जनाए । ‘वंशज भनेको के हो ? वंश भनेको पुरुष मात्रै हो कि महिला पनि हो ?’ सांसद बिन्दा […]

सांसदहरुको प्रश्न : वंश भनेको पुरुष मात्रै हो ?

१४ मंसिर, काठमाडौं । संसदको राज्य व्यवस्था समितिमा शुक्रबार पनि नागरिकतासम्बन्धी विधेयकमाथि छलफल थियो । छलफलमा गृहमन्त्री रामबहादुर थापा बादल पनि बोलाइएका थिए । सांसदहरुले वंश भनेर छोरा वा पुरुषलाई मात्र लिइने प्रचलन रहेको भन्दै विरोध जनाए । ‘वंशज भनेको के हो ? वंश भनेको पुरुष मात्रै हो कि महिला पनि हो ?’ सांसद बिन्दा […]

बुबाको पुष्ट्याई गर्नुपर्ने प्रावधानप्रति सांसदको आपत्ति

९ मंसिर, काठमाडौं । संसदको राज्य व्यवस्था समितिले नेपाल नागरिकता ऐन २०६३ लाई संशोधन गर्न बनेको विधेयकमाथि दफावार छलफल सुरु गरेको छ । छलफलमा संशोधन दर्ता गरेका सांसदहरुले आमाको नामबाट नागरिकता प्रदान गर्दा बुबाको पुष्ट्याईँ गर्नुपर्ने प्रावधानप्रति आपत्ति जनाए । सांसद अञ्जना विशंखेले आमाको नामबाट नागरिकता प्राप्त गर्न सकिने अधिकारलाई संविधानले ग्यारेण्टी गरेको तर, बुबाको […]

नागरिकता विधेयक : बुबाको पुष्ट्याई गर्नुपर्ने प्रावधानप्रति सांसदको आपत्ति

९ मंसिर, काठमाडौं । संसदको राज्य व्यवस्था समितिले नेपाल नागरिकता ऐन २०६३ लाई संशोधन गर्न बनेको विधेयकमाथि दफावार छलफल सुरु गरेको छ । छलफलमा संशोधन दर्ता गरेका सांसदहरुले आमाको नामबाट नागरिकता प्रदान गर्दा बुबाको पुष्ट्याईँ गर्नुपर्ने प्रावधानप्रति आपत्ति जनाए । सांसद अञ्जना विशंखेले आमाको नामबाट नागरिकता प्राप्त गर्न सकिने अधिकारलाई संविधानले ग्यारेण्टी गरेको तर, बुबाको […]