+
+
Shares

नागरिकता विधेयकमाथि दफावार छलफल सुरु

अनलाइनखबर अनलाइनखबर
२०८२ जेठ २२ गते १०:१९

News Summary

Generated by OK AI. Editorially reviewed.
  • नेपाल नागरिकता ऐन, २०६३ को संशोधन गर्न बनेको विधेयक माथि दफावार छलफल सुरु भएको छ।
  • प्रतिनिधि सभा अन्तर्गतको राज्य व्यवस्था तथा सुशासन समितिले बिहीबारबाट छलफल सुरु गरेको हो।
  • गृहमन्त्री रमेश लेखकले यो विधेयक १५ माघ २०८१ मा प्रतिनिधि सभामा दर्ता गरेका थिए।

२२ जेठ, काठमाडौं । नेपाल नागरिकता ऐन, २०६३ लाई संशोधन गर्न बनेको विधेयक माथि दफावार छलफल सुरु भएको छ ।

प्रतिनिधि सभा अन्तर्गतको राज्य व्यवस्था तथा सुशासन समितिले बिहीबारबाट विधेयकमाथि दफावार छलफल सुरु गरेको हो ।

बिहीबार संशोधन प्रस्तावकर्ता सांसदहरुसँग छलफल जारी छ ।

गृहमन्त्री रमेश लेखकले यो विधेयक १५ माघ २०८१ मा प्रतिनिधि सभामा दर्ता गरेका थिए ।

प्रतिनिधि सभाले दफावार छलफलका लागि राज्य व्यवस्था तथा सुशासन समितिमा पठाएको छ । दफावार छलफल अगाडि राज्य व्यवस्था समितिले बुधबार सैद्धान्तिक छलफल चलाएको थियो । बिहीबारबाट दफावार छलफलमा प्रवेश गरेको हो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?