Comments Add Comment

नारायणगढ–मुग्लिन सडकखण्ड

List Grid
नारायणगढ-मुग्लिन सडकखण्ड अवरुद्ध, वैकल्पिक बाटो प्रयोग गर्न अनुरोध

२४ असार, चितवन । गएराति आएको पहिरोले नारायणगढ–मुग्लिन सडकखण्ड पुनः अवरुद्ध भएको छ । सेतीदोभान भन्ने ठाउँमा पहिरो आएर नारायणगढ–मुग्लिन सडकखण्ड बन्द भएको डिभिजन सडक कार्यालय चितवनका सूचना अधिकारी इन्जिनियर शिव खनालले जानकारी दिए । पहिरो खुलाउने प्रयास भइरहेको उनको भनाइ छ । सडक अबरुद्ध हुँदा सवारी साधनहरूको लामो लाइन रातिदेखि नै लागेको छ । […]

नारायणगढ–मुग्लिन खण्ड फेरि अवरुद्ध, वैकल्पिक बाटो प्रयोग गर्न प्रहरीको आग्रह

२१ असार, चितवन । पहिरोका कारण नारायणगढ–मुग्लिन सडकखण्ड गएरातिदेखि फेरि अवरुद्ध भएको छ । सो सडकखण्डको चौध किलो र सेती दोभानमा लेदोसहितको पहिरो आएर गएराति १० बजेबाट सडक अवरुद्ध भएको जिल्ला ट्राफिक प्रहरी कार्यालय चितवनले जनाएको छ । आइतबार सेतीदोभान पहिरो पन्छाएर गएराति पौने १० बजेबाट बाटो एकतर्फी खुलाइए पनि केहीबेरमै अबरुद्ध भएको हो । […]

नारायणगढ–मुग्लिन सडकखण्ड फेरि अवरुद्ध

२० असार, चितवन । नारायणगढ–मुग्लिन सडकखण्डमा फेरि पहिरो खस्दा सडक अवरुद्ध भएको छ । भरतपुर महानगरपालिका–२९ सेती दोभान भन्ने स्थानमा शनिबार राति १० बजे खसेको पहिरोले सडक अवरुद्ध भएको हो । राति पहिरो खसेसँगै दुईतर्फी सडक अवरुद्ध भएको जिल्ला प्रहरी कार्यालय चितवनले जनाएको छ । पहिरो पन्छाउनका लागि डोजर त्यसतर्फ जाँदै गरेको र पानी परिरहेकाले […]

नारायणगढ–मुग्लिन सडकखण्ड एकतर्फी सन्चालन

१९ असार, काठमाडौं । नारायणगढ–मुग्लिन सडकखण्ड एकतर्फी सन्चालनमा आएको छ । विभिन्न स्थानमा खसेको पहिरो पन्छाएर केहीबेरअघिदेखि एकतर्फी सडक सन्चालनमा ल्याइएको मुग्लिन प्रहरीले जनाएको छ । पहिरोका कारण रोकिएकाहरुलाई पालैपालो गन्तव्यमा पठाउने क्रम सुरु भएको छ । १७ किलो र चार किलो भन्ने स्थानमा पहिरो हटाउने काम जारी छ । सबै पहिरो हटाएर दुईतर्फी सडक […]

नारायणगढ–मुग्लिन सडकमा पुल निर्माणले गति लियो

१० पुस, चितवन । नारायणगढ–मुग्लिन सडकखण्डका १५ पुल निर्माणको कामले गति लिएको छ । कोरोना सङ्क्रमणका कारण केही महिना काम हुन नसकेको भए पनि पछिल्लो समय कामले तीव्रता पाएको हो । सो सडकखण्डमा रहेका १९ पुलमध्ये यसअघि तीनवटा निर्माण भइसकेको छ । एउटा पुल अन्तिम चरणमा पुगेको छ । बाँकी १५ पुलका लागि गएको चैतमा […]

नारायणगढ–मुग्लिन सडकखण्ड सञ्चालनमा   

८ असोज, चितवन । नारायणगढ–मुग्लिन सडकखण्डको चार किलोमा बुधबार राति खसेको पहिरो पन्छाइएसँगै दुईतर्फी सडक सञ्चालनमा आएको छ । बिहीबार अपराह्न १२ः५ बजे पहिरो पन्छाइएको होे । इच्छाकामना गाउँपालिका वडा नम्बर-६ स्थित चार किलोमा बुधबार राति ९ः२० बजे पहिरो खसेसँगै सडक अवरुद्ध भएको थियो । जिल्ला ट्राफिक कार्यालय चितवनका प्रमुख दयाकृष्ण भट्टका अनुसार सो स्थानमा […]

नारायणगढ–मुग्लिन सडक अवरुद्ध

३१ भदौ, मुग्लिन । पहाडबाट लेदो झरेर नारायणगढ–मुग्लिन सडकखण्ड अवरुद्ध भएको छ । निरन्तर वर्षाका कारण यस सडकखण्डको चितवनको इच्छाकामना गाउँपालिका–६ चारकिलो भन्ने स्थानमा पहाडबाट लेदो झर्दा सडक अवरुद्ध भएको प्रहरीले जनाएको छ । पहाडबाट लेदो झर्ने क्रम नरोकिँदा आज बिहान ६ बजेखि सो सडक अवरुद्ध भएको इलाका प्रहरी कार्यालय मुग्लिनका प्रहरी निरीक्षक कञ्चन तामाङले […]

पहिरोले नारायणगढ-मुग्लिन सडकखण्ड अवरुद्ध

२९ भदौ, चितवन । नारायणगढ–मुग्लिन सडकखण्डको चोरखोला नजिक पहिरो खस्दा सडक अवरुद्ध बनेको छ । ईच्छाकामना गाउँपालिका-६ स्थित चोरखोला नजिक पहिरो खसेर सडक पूर्ण रुपमा अवरुद्ध भएको प्रहरीले जनाएको छ । सडकमा खसेको पहिरो ठूलो भएका कारण पहिरो हटाएर सडक सुचारु गराउन समय लाग्ने जिल्ला ट्राफिक प्रहरी कार्यालय चितवनका प्रमुख प्रहरी निरीक्षक दयाकृष्ण भट्टले जानकारी दिए […]

नारायणगढ–मुग्लिन खण्डमा दुई ट्रक ठोक्किँदा चार जना घाइते

२९ भदौ, चितवन । चितवनको नारायणगढ–मुग्लिन सडकखण्डमा दुई ट्रक आपसमा ठोक्किँदा चार जना घाइते भएका छन् । घाइतेमध्ये एक जनाको अवस्था गम्भिर रहेको प्रहरीले जनाएको छ । विपरीत दिशामा रहेका ना ६ ख २४२३ र ना ४ ख ८०११ नम्बरका ट्रक इच्छाकामना गाउँपालिका वडा नं. ५ को खहरे पुल नजिक एक आपसमा ठोक्किएका हुन् । […]

नारायणगढ–मुग्लिन सडकमा पुनः पहिरो

७ साउन, चितवन । नारायणगढ–मुग्लिन सडकखण्डमा पुनः पहिरो खसेको छ । भरतपुर महानगरपालिका–२९ स्थित पन्ध्रकिलो नजिक बतासेडाँडामा पहिरो खसेको हो । डिभिजन सडक कार्यालय भरतपुरका प्रमुख ई कृष्णराज अधिकारीका अनुसार चारकिलोको पहिरो पन्छाएर सडक एकतर्फी बनाएको केही घण्टामै पुनः पहिरो खसेको हो । ठूलो चट्टानसहित पहिरो खसेका कारण नारायणगढ–मुग्लिन सडक अवरुद्ध बनेको छ । राति […]

नारायणगढ–मुग्लिन सडकखण्ड एकतर्फी खुल्यो

६ साउन, चितवन । नारायणगढ–मुग्लिन सडकखण्ड मंगलबार साँझ पाँच बजेबाट एकतर्फी रुपमा सञ्चालनमा आएको छ । सो सडकखण्ड अन्तर्गत पर्ने चार किलोमा पहिरो पन्छाएपछि सडक एकतर्फी रुपमा सञ्चालनमा आएको आयोजनाका सूचना अधिकारी शिव खनालले जानकारी दिए । सडकमा पहिरो खसेका कारण सोमबार बिहानबाट नारायणगढ–मुग्लिन सडकखण्ड अवरुद्ध भएको थियो । पहिरो पन्छाएर सडक सुचारु गरिएसँगै चितवन–दमौली–पोखराका […]

नारायणगढ-मुग्लिन सडकखण्डमा पहिरो हटाउने काम सुरु

६ साउन, चितवन । नारायणगढ–मुग्लिन सडकखण्ड अन्तर्गत इच्छाकामना गाउँपालिका–६ चारकिलो भन्ने स्थानमा खसेको पहिरो हटाउने काम सुरु भएको छ । सो ठाउँमा केहीबेरदेखि पानी पर्न रोकिएको मौकामा पहिरो हटाउन थालिएको नारायणगढ–मुग्लिन सडक आयोजनाका सूचना अधिकारी शिव खनालले जानकारी दिए । खनालका अनुसार पहिरो झण्डै ५० मिटर लामो छ । सोमबार विहानैबाट अवरुद्ध सडकखण्ड खुलाउन अहिले […]

पहिरोले नारायणगढ–मुग्लिन सडक अवरुद्ध, वैकल्पिक मार्ग प्रयोग गर्न आग्रह

५ साउन, चितवन । नारायणगढ–मुग्लिन सडकखण्ड पहिरोले अवरुद्ध भएको छ । इच्छाकामना–६ चारकिलो भन्ने स्थानमा सोमबार बिहान ५ बजेतिर दुई वटा विद्युतका पोलसहित ठूलो पहिरो खसेपछि नारायणगढ–मुग्लिन सडकखण्ड अवरुद्ध भएको हो । पानी लगातार परिरहेको र माथिबाट समेत थप पहिरो खसिरहेकाले आज दिनभर जस्तो सडक अवरुद्ध हुन सक्ने देखिएको प्रहरीले जनाएको छ । त्यसैले आज […]

नारायणगढ–मुग्लिन सडकखण्ड अवरुद्ध

३ असार, चितवन । नारायणगढ–मुग्लिन सडकखण्डको कालीखोलामा पहिरो खस्दा सडक अवरुद्ध बनेको छ । जिल्ला प्रहरी कार्यालय चितवनका अनुसार इच्छाकामना गाउँपालिका–६ स्थित कालीखोलामा बुधबार बिहान ४ः१५ बजे पहिरो गएको हो । अहिले पहिरो पन्छाउने काम जारी रहेको कार्यालयका प्रवक्ता सूर्यबहादुर थापाले जानकारी दिए । उनका अनुसार पहिरो रोक्न लगाइएको ड्याम खसेर सडक अवरुद्ध भएको हो […]

नारायणगढ–मुग्लिन सडकखण्डबारे एसएमएसबाटै सूचना पाइने

१७ असार, काठमाडौं । अब नारायणगढ–मुग्लिन सडकखण्डमा सडक अबरुद्ध भए/नभएको सूचना एसएमएसबाटै पाइने भएको छ । महानगरीय ट्राफिक महाशाखाले सडकको स्थितिबारे जानकारी दिने उद्देश्यले एसएमएस सेवा सुरु गरेको हो । महाशाखाका अनुसार nmt टाइप गरेर 34848 मा पठाए सडकको स्थितिको बारेमा सूचना सर्वसाधारणले प्राप्त गर्नेछन् । ‘यो सडकखण्डमा पटकपटक पहिरो गएर सडक अबरुद्ध भइ सर्वसाधारणले […]