+
+
Shares

नारायणगढ–मुग्लिन र नुवाकोटको ठूलो खोलाको पहिरो हटाइयो

अनलाइनखबर अनलाइनखबर
२०८३ साउन ११ गते ७:५६
Photo Credit : Road Division Bharatpur

११ साउन, काठमाडौं । गएराति खसेको पहिरो हटाएपछि चितवनको नारायणगढ–मुग्लिन सडकखण्ड र काठमाडौं माछापोखरी–नुवाकोट सडकखण्डमा सवारी आवागमन खुलेको छ ।

गएराति नारायणगढ–मुग्लिन सडक खण्डको सिमलताल नजिक पहिरो खसेर सवारी आवागमन बन्द भएको थियो । आज बिहान साढे ६ बजे पहिरो हटाएसँगै सवारी अवागामन सञ्चालनमा आएको सडक डिभिजन कार्यालय चितवनले जनाएको छ ।

यसैगरी नुवाकोटको ककनी नजिक ठूलो खोला भन्ने स्थानमा खसेको पहिरो पनि हटाएर आज बिहानबाट सन्चालनमा आएको जिल्ला प्रहरी कार्यालय नुवाकोटले जनाएको छ ।

गएको चौबीस घण्टामा काठमाडौं उपत्यकाका विभिन्न नाकाहरु हुँदै ८ हजार सवारी साधनमा ४६ हजार ८०४ जना यात्रीहरु काठमाडौं उपत्यका भित्रिएका र ७ हजार ५४३ वटा सवारी साधनमा ४५ हजार ६२ जना यात्री उपत्यकाबाट बाहिरिएका काठमाडौं उपत्यका ट्राफिक प्रहरी महाशाखाले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?