+
+
Shares

नारायणगढ–मुग्लिन र मुग्लिन–नागढुंगा सडकखण्ड बन्द

अनलाइनखबर अनलाइनखबर
२०८२ असोज १८ गते ६:४३
धादिङको जवाङ खोलामा खसेको पहिरो । फाइल फोटो

१८ असोज, काठमाडौं । अविरल वर्षासँगै नारायणगढ–मुग्लिन सडकखण्ड र मुग्लिन–नागढुंगा सडकखण्ड अवरुद्ध भएको छ ।

नारायणगढ–मुग्लिन सडकखण्डको तुइन खोला र मुग्लिन–नागढुंगा सडकखण्ड अन्तर्गत धादिङको जवाङ खोलामा पहिरो खसेर बाटो अवरुद्ध भएको हो । तुइन खोलामा सानो पहिरो थियो, त्यसले बाटो एकतर्फी भएको थियो । अहिले पनि ढुंगा खस्ने क्रम जारी रहेको र यात्रामा जोखिम रहेको भन्दै प्रहरीले आज बिहान ६ बजेदेखि सवारी साधन सञ्चालनमा रोक लगाइएको छ ।

जवाङ खोलामा भने पहिरो झरेर नै दुईतर्फी सडक अवरुद्ध भएको छ । जिल्ला प्रहरी कार्यालय, धादिङका अनुसार, आज बिहान २ बजेतिर धादिङको बेनिघाट रोराङ–१० स्थित जवाङखोलामा पहिरो खसेको थियो । त्यसलगत्तै राजमार्ग बन्द भएको हो ।

प्रहरी, स्थानीयबासिन्दा र यात्रुको प्रयासमा त्यो ठाउँमा बाटो खुलाइएको थियो । तर बिहान करिब ६ बजेतिर फेरि माथिबाट पहिरो खस्दा सडक दुईतर्फी नै अवरुद्ध भएको प्रहरीले जनाएको छ ।

पानी परिरहेको र ढुंगा–माटो झर्ने क्रम जारी रहेकाले पहिरो पन्छाइएको छैन । यो सडकखण्डमा पटक–पटक पहिरो खसेर बाटो अवरुद्ध हुँदा यात्रुहरुले सास्ती पाउँदै आएका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?