- Home
- नारायणी अस्पताल
नारायणी अस्पताल
८ मंसिर, वीरगञ्ज । वीरगञ्जस्थित नारायणी अस्पताललाई एक थान भेन्टिलेटरसहित स्वास्थ्य सुरक्षासम्बन्धी सामग्री हस्तान्तरण गरिएको छ । कोका—कोला फाउन्डेसनले नेपाल रेडक्रस सोसाइटी पर्सा शाखामार्फत भेन्टिलेटरसहित स्वास्थ्य सामग्री हस्तान्तरण गरेको हो । प्रदेश २ की आर्थिक मामिला तथा योजना राज्यमन्त्री उषा यादवले उक्त स्वास्थ्य सामग्री नारायणी अस्पतालका विकास समिति अध्यक्ष पुरेन्द्र किशोर लाभमार्फत अस्पतालको जिम्मा लगाएकी […]
२६ असोज, वीरगञ्ज । कोरोना संक्रमित वीरगञ्ज–५ कि ६३ वर्षीया महिलाको एपेन्डिसाइटिसको शल्यक्रिया गरिएको छ । नारायणी अस्पताल भर्ना भएकी उनको आइतबार नै शल्यक्रिया गरिएको हो । एक्युट एपेन्डिसाइटिसका कारण बिरामीलाई निकै गाह्रो भएकाले जनरल सेवा दिइरहेको अस्पतालमै कोरोना संक्रमितको शल्यक्रिया गरिएको अस्पतालकी एक नर्सले जानकारी दिइन् । जिन एक्सपर्ट विधिबाट गरिएको कोरोना परीक्षण नतिजा […]
२२ असोज, वीरगञ्ज । चिकित्सा शिक्षा सुधारको माग गर्दै आरारण अनशनमा बसेका डाक्टर गोविन्द केसीको सर्मथनमा आज पनि आन्दोलन भएको छ । डाक्टर केसीको जीवन रक्षाको माग गर्दै चिकित्सकहरु आन्दोलित भएका हुन् । नेपाल चिकित्सक संघ नारायणी शाखाले नारायणी अस्पतालमा दुई घण्टा धर्ना दिएको छ । जायज माग पूरा गर, प्राध्यापक डाक्टर केसीको जीवन रक्षा […]
१३ भदौ, वीरगञ्ज । वीरगञ्जस्थित नारायणी अस्पतालको प्रयोगशालामा गरिएको परीक्षणमा ५० जनामा कोरोना संक्रमण पुष्टि भएको छ । शुक्रबार ४ सय ३३ वटा स्वाब नमुना परीक्षण गर्दा ५० जनामा कोरोना संक्रमण पुष्टि भएको हो । १५ वर्षदेखि ५६ वर्षका संक्रमितमध्ये ५ जना महिला छन् । पर्साका ३१, बाराका ८ जना, रौतहटको १ जना, सर्लाहीका २ […]
११ भदौ, वीरगञ्ज । रौतहटबाट ल्याइएका एक विरामीको वीरगञ्जमा मृत्यु भएको छ । राजदेवी नगरपालिका–७ मुडवल्वाका ८० वर्षीय वृद्धको नारायणी अस्पतालमा उपचारको क्रममा बुधबार साँझ ६ः३० बजे मृत्यु भएको डाक्टर उदय नारायण सिंहले जानकारी दिए । उनको पीसीआर परीक्षण रिपोर्ट आउन बाँकी छ । सास फेर्न गाह्रो भएर वीरगञ्ज ल्याइएका उनलाई तराई हस्पीटलमा भर्ना गरिएको […]
७ भदौ, वीरगञ्ज । पर्सा र बारामा १ सय ५६ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । नारायणी अस्पतालस्थित पीसीआर ल्याबमा ३ सय २० वटा स्वाब नमूना परीक्षण गर्दा ३४ जना महिलासहित १५६ जनामा कोरोना पुष्टि भएको हो । पर्साका १४५ र बाराका ११ जनामा संक्रमण देखिएको छ । संक्रमितहरु ३ वर्षदेखि ७० वर्ष उमेर […]
५ भदौ, वीरगञ्ज । कोरोना संक्रमणसँग मिल्दोजुल्दो लक्षण भएका रौतहटका एक जना पुरूषको उपचारको क्रममा वीरगञ्जमा मृत्यु भएको छ । रौतहटको ईशनाथ नगरपालिका–९ डुमरिया बस्ने ५५ वर्षीय पुरुषको आज बिहान मृत्यु भएको हो । वीरगञ्जको नारायणी अस्पतालको आकस्मिक कक्षमा उपचारको क्रममा उनको मृत्यु भएको अस्पतालका डाक्टर निरज सिंहले जानकारी दिए । ज्वरो, खोकी, पखाला र […]
१ भदौ, काठमाडौं । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले नारायणी अस्पतालको मेडिकल सुपरिटेन्डेन परिवर्तन गरेको छ। मन्त्रालयले आइतबार मन्त्रिस्तरीय निर्णय गर्दै नारायणी अस्पतालको मेसुको जिम्मेवारी डा सञ्जय ठाकुरलाई दिएको छ। उनी यसअघि वीर अस्पतालमा कार्यरत थिए । अहिलेसम्म नारायणीका मेसु रहेका डा मदनकुमार उपाध्यायलाई मन्त्रालय फिर्ता बोलाइएको छ। पछिल्लो समय वीरगञ्जमा कोरोनाको हटस्पट बन्दै गएको छ। […]
२८ साउन, वीरगञ्ज । वीरगञ्जस्थित नारायणी अस्पतालको पीसीआर प्रयोगशालामा रिएजेन्ट र आरएनए एक्सट्रयाक्सन किट अभाव भएपछि १२ सय नमुना स्वाब परीक्षण गर्न काठमाडौं पठाइएको छ । कोरोना संक्रमण भए/नभएको जाँच गर्न पीसीआर परीक्षण गर्दा विभिन्न प्रक्रियामा रिएजेन्ट र आरएनए एक्सट्रयाक्सन किट अनिवार्य हुन्छ । अस्थायी कोभिड विशेष अस्पताल वीरगञ्ज हेल्थ केयर र गण्डक अस्पतालबाट संकलित […]
२६ साउन, वीरगञ्ज । आम मानिसको जीवन रक्षाका लागि आफ्नो र परिवारको पर्वाह नगरी खटिरहेका चिकित्सकको मनोबल कमजोर हुने क्रियाकलाप नगर्न नेपाल चिकित्सक संघ नारायणीले आग्रह गरेको छ । आइतबार भएको प्रदर्शन र तोडफोडको घटनापछि संघका नारायणी अस्पताल शाखा सचिव डा. उदय कुमार सिंहले विज्ञप्ती जारी गरी विषम परिस्थितिमा संयम हुन भनेका छन् । चिकित्सक […]
५ असार, वीरगञ्ज । आम नागरिकबाट सहयोग रकम उठाएर वीरगञ्ज महानगरपालिकाले किनेको पीसीआर मेसिन नारायणी अस्पताललाई हस्तान्तरण गरिएको छ । कोरोना कोष स्थापना गरेर वीरगञ्ज महानगरपालिकाले नगरबासीलाई पीसीआर मेसिन खरिदमा आर्थिक सहयोग आव्हान गरेको थियो, जसमा १ करोड ७२ लाख ६७ हजार ४ सय ७३ रुपैयाँ संकलन भएको थियो । त्यसमध्येबाट भ्याटसहित ६३ लाख ८३ […]
३२ जेठ, वीरगञ्ज । वीरगञ्जस्थित नारायणी अस्पतालको पीसीआर ल्याबमा गरिएको परीक्षणमा प्रदेश २ का थप ३४ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । पर्साका १७, बाराका ९, रौतहटका ७ र सर्लाहीका १ जनामा कारोना संक्रमण पुष्टि भएको हो । शनिबार मात्रै नारायणी अस्पतालको ल्याबमा ५ सयको हाराहारीमा थ्रोट स्वाबको नमुना परीक्षण गरिएको थियो । […]
१७ जेठ, पर्सा । वीरगञ्जस्थित नारायणी अस्पतालमा उपचाररत सबै कोरोना संक्रमित निको भएर घर फर्किसकेका छन् । अस्पताल निःसंक्रमण (स्यानिटाइज्ड) गर्ने काम दैनिक जारी छ । स्वास्थ्य मन्त्रालयले पनि नारायणीलाई पत्राचार गरेर बहिरंग लगायतका सेवा सुरु गर्न निर्देशन दिइसकेको छ । तर तत्काल सबै सेवा सुरु गर्न जनशक्ति अभाव छ । त्यसैले विरामी भर्ना गरिहाल्नु […]
१५ जेठ, काठमाडौं । कोरोना महामारी फैलँदै गएपछि स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले भौतिक पूर्वधार रहेका देशभरका केही अस्पतालहरूलाई अस्थायी कोभिड अस्पतालको रूपमा रूपान्तरण गर्दै संक्रमितहरूको उपचार गराउन सुरुवात गर्यो । अस्थायी कोभिड अस्पतालहरूमा सरकारले आवश्यक भौतिक पूर्वाधारदेखि लिएर स्वास्थ्य सामग्रीहरू पनि व्यवस्थापन गर्दै लगेको अवस्था छ । तर पनि संक्रमितहरूलाई राखेर उपचार गराउने व्यवस्था अझै […]
१४ जेठ, वीरगञ्ज । कोरोना भाइरस (कोभिड–१९) संक्रमित बिरामीहरु सबै डिस्चार्ज भएपछि वीरगञ्जस्थित नारायणी अस्पताललाई स्यानिटाइज गरिएको छ । तर अस्पतालका डाक्टरहरु भने माथिल्लो निकायबाट गाइडलाइन नआएकाले नियमित सेवा कसरी सुरु गर्ने भन्ने अन्योलमा छन् । आइतबार १८ संक्रमित र सोमबार ४३ संक्रमित उपचारपछि घर फर्किएपछि नारायणी अस्पताल अहिले खाली छ । अन्य ३० जना […]
११ जेठ, वीरगञ्ज । वीरगञ्जस्थित नारायणी अस्पतालमा उपचाररत कोरोना संक्रमित बिरामीहरू आफैँले अस्पताल हाताभित्र सरसफाइ गरेका छन् । संक्रमितहरूले आफू बस्ने आइसोलेसन वार्ड, बाथरुम र ट्वाइलेट शनिबार सफा गरेका हुन्। अस्पतालले गाइने वार्डको तीन वटा कोठालाई आइसोलेसन वार्ड बनाएर २३ जना संक्रमितलाई राखेको छ। अस्पतालमा भर्ना भएयता अहिलेसम्म एकपटक पनि आइसोलेसन वार्ड, बाथरुम र ट्वाइलेट […]
१० जेठ, काठमाडौं । वीरगञ्जस्थित नारायणी अस्पतालमा उपचार गराइरहेका ७१ जना कोरोना संक्रमितमध्ये ९ जना शनिबार डिस्चार्ज भएका छन् । उनीहरुको पछिल्लो दुई वटा रिपोर्ट नेगेटिभ आएपछि डिस्चार्ज गरिएको डा. उदयनारायण सिंहले जानकारी दिए । डिस्चार्ज हुनेहरुमा पर्सा र रौतहटका ३/३ जना, बाराका २ जना र एक जना भारतीय नागरिक रहेका छन् । शनिबार ९ […]
९ जेठ, वीरगञ्ज । नारायणी अस्पतालको गाइनो (महिला तथा प्रसूति) वार्डमा बनाइएको आइसोलेसनमा कोरोना संक्रमितलाई राखेको १० दिन बितेको छ। यस वार्डका तीन वटा कोठामा २३ जना संक्रमितलाई राखिएको छ । उनीहरूका लागि दुईवटा मात्रै शौचालयको प्रवन्ध छ । त्यसमध्ये एउटाको प्यान सफा छ, अर्कोको प्यान र भित्ता दुवै कालो छ । तीन दिनअघि बी […]
७ जेठ, वीरगञ्ज । वीरगञ्ज महानगरपालिका–३ छपकैयाका एक संक्रमितले आफू अस्पतालको आइसोलेसनमा एक साताभन्दा बढी बस्दा पनि ज्वरो, खोकी, शरीर दुःख्ने जस्तो लक्षण नरहेको बताएका छन् । आफ्नै टोलमा स्वाब संकलनका लागि स्वास्थ्यकर्मीको टोली आउँदा उनले स्वाब दिएका थिए । उनको पहिलो रिपोर्ट नेगेटिभ आयो । त्यसको केही दिनपछि फेरि स्वाब दिए । दोस्रो रिपोर्ट […]
२२ वैशाख, वीरगञ्ज । वीरगञ्जको नारायणी अस्पताल प्रदेश–२ मा हालसम्म भेटिएका कोरोना भाइरस (कोभिड–१९) संक्रमितको उपचारको थलो बनेको छ । संघीय सरकारले लेभल–२ को कोरोना अस्पताल घोषणा गरेपछि नारायणीमा अन्य सेवा ठप्प छ । यो अस्पतालमा पर्सा, बारा, रौतहट र सर्लाहीका ११ जना संक्रमितको उपचार भइरहेको छ । यसअघि कोरोनामुक्त भनेर डिस्चार्ज भएका दुई जना […]
२१ वैशाख, वीरगञ्ज । वीरगञ्जको नारायणी अस्पतालमा सामान्य रोगको उपचार सुरु गर्न माग गर्दै नेपाली कांग्रेसले प्रदर्शन गरेको छ । हाल यो अस्पताल कोरोना विशेष अस्पतालको रुपमा सञ्चालन भएकाले यहाँबाट सर्वसाधारणले पाइरहेको अन्य सेवा बन्द गरिएको छ । नेपाली काँग्रेस पर्साले नारायणीमा बन्द गरिएका सबै जनरल सेवा सञ्चालन गर्नुपर्ने माग गर्दै प्रदर्शन गरेको छ । […]