Comments Add Comment

नोबेल मेडिकल कलेज

List Grid
नोबेलमा विद्यार्थीसँग मनपरि जरिमाना असुली

१९ मंसिर, विराटनगर । विराटनगरको नोबेल मेडिकल कलेजले विद्यार्थीसँग मनपरी जरिमाना असुल गरेको छ । कोरोना महामारीका कारण समयमा नै शुल्क बुझाउन नसकेका ‘डिम्पलोमा इन फार्मेशी’र ल्याब टेक्निसियन विषय अध्ययनरत विद्यार्थीबाट मनपरीरुपमा जरिमाना असुल गरेको हो । डिम्पोलामा इन फार्मेसीको तीन वर्षको कोर्ष पूरा गरेको शुल्क नोबेलले तीन लाख ३७ हजार रुपैयाँ तोकेको छ । […]

पैसा तिर्न नसकेपछि अस्पतालले २ दिन रोक्यो शव

८ मंसिर, विराटनगर । नोबेल मेडिकल कलेजले पैसा बुझाउन नसकेका विपन्न नागरिकको शव दुई दिनसम्म रोकेर राखेको छ । शनिबार नोबेलमा उपचारका क्रममा केराबारी गाउँपालिका– ९ बेलचौरीका युवक बिक्की ऋषिदेवको शव सोमबारसम्म रोकेर राखेको हो । अति विपन्न परिवारका बिक्कीलाई स्थानीयले चन्दा उठाएर नोबेलमा अस्पताल भर्ना गराएका थिए । मृत्युपछि आफन्तलाई पैसा नतिरे शव नदिने […]

विराटनगरमा दुईजना संक्रमितको मृत्यु

७ कात्तिक, विराटनगर । विराटनगरको नोबेल मेडिकल कलेजमा दुईजना कोरोना संक्रमितको मृत्यु भएको छ । शुक्रबार बिहान सुनसरीको धरान उपमहानगरपालिका– ८ की ५९ वर्षीया महिला र मोरङको बेलबारी नगरपालिका–११ का ४२ वर्षीय पुरुषको मृत्यु भएको हो । शुक्रबार बिहान ३ बजे बेलबारी नगरपालिका– ११ का ४२ वर्षीय पुरुषको मृत्यु भएको नोबेल मेडिकल कलेज विराटनगरका प्रवन्धक […]

नोबेलको बद्मासी : कोरोना पुष्टिपछि अन्यत्र लैजान दबाब

१ कात्तिक, विराटनगर । नोबेल मेडिकल कलेज, विराटनगरले उपचारत विरामीमा कोरोना संक्रमण पुष्टि भएपछि अन्यत्र लैजान दबाब दिएको पाइएको छ । बिर्तामोड, झापा घर भएकी ७७ वर्षीया नरमाया खरेललाई श्वासप्रश्वासमा समस्या भएपछि बिहीबार नोबेलमा भर्ना गरिएको थियो । शुक्रबार बेलुका करिब ५ बजेतिर उनको कोरोना परीक्षण रिपोर्ट पोजेटिभ आयो । उपचारका क्रममा कोरोना संक्रमण देखिए […]

बिराटनगरमा उपचाररत दुई संक्रमितको मृत्यु

२० असोज, बिराटनगर । नोबेल मेडिकल कलेज बिराटनगरमा उपचाररत दुई जना कोरोना संक्रमितको मृत्यु भएको छ । मोरङ कानेपोखरी गाउँपालिका–६ र सुन्दरहरैचा नगरपालिका–४ का पुरुषको मृत्यु भएको हो । नोबेल मेडिकल कलेजका प्रबन्धक नारायण दाहालका अनुसार कानेपोखरी गाउँपालिका–६ का ५० वर्षीय पुरुषको बिहान करिब ३ बजे मृत्यु भएको हो । मृतकमा ब्लड क्यान्सरको समस्या थियो […]

नोबेलले आईसीयूमा उपचाररत संक्रमितलाई मध्यरातमा निकाल्यो

१७ असोज, विराटनगर । नोबेल मेडिकल कलेजले आईसीयूमा उपचाररत कोरोना संक्रमितलाई मध्यरातमा निकालेको छ । विराटनगर महानगरपालिका- १४ का ७५ वर्षीय भिखारी यादव बुधबारयता नोबेलको आईसीयूमा उपचाररत थिए । उनलाई कोरोना संक्रमण भएको शुक्रबार पुष्टि भएको थियो । पोजेटिभ रिपोर्ट आएपछि अस्पतालले राति करिब ८ बजे बिरामीलाई निकालेको हो । जबकी उपचाररत बिरामीलाई कोरोना पुष्टि […]

नोबेल मेडिकल कलेजका ५५ स्वास्थ्यकर्मीले दिए सामूहिक राजीनामा

९ भदौ, विराटनगर । नोबेल मेडिकल कलेज विराटनगरमा कार्यरत ५५ स्वास्थ्यकर्मीले मंगलबार सामूहिक राजीनामा दिएका छन् । कलेजको इमर्जेन्सी विभागमा काम गर्ने ५५ स्वास्थ्यकर्मीले राजीनामा दिएका हुन् । नोबेल मेडिकल कलेजका कर्मचारीले समयमा नै पारिश्रमिक पाएका छैनन् । पारिश्रमिक नियमित पाउनु पर्ने र महामारीमा काम गर्दा अतिरिक्त जोखिम भत्ता पाउनुपर्ने माग गरेका थिए । तर […]