Comments Add Comment

पीएम कप महिला क्रिकेट

List Grid
पीएम कप राष्ट्रिय महिला क्रिकेट : बागमतीलाई हराउँदै सुदूरपश्चिम सेमिफाइनलमा

१६ पुस , दाङ । कविता जोशीले उत्कृष्ट बलिङ गर्दै ह्याट्रिकसहित ५ विकेट लिएपछि सुदूरपश्चिम प्रदेश दाङको लमहीमा जारी प्रधानमन्त्री (पीएम) कप राष्ट्रिय महिला क्रिकेट प्रतियोगिताको सेमिफाइनल पुगेको छ । समूह ‘बी’ मा रहेको सुदूरपश्चिम प्रतियोगिताको सेमिफाइनल पुग्ने क्रममा बिहीबार दिनको पहिलो खेलमा बागमती प्रदेशलाई २८ रनले पराजित गर्‍यो । खेलमा सुदूरपश्चिमले दिएको ७७ रनको […]

गण्डकीमाथि बागमतीको सहज जित, एक खेल अगावै प्रदेश १ सेमिफाइनलमा

१५ पुस, दाङ । दाङको लमहीमा जारी प्रधानमन्त्री (पीएम) कप राष्ट्रिय महिला क्रिकेट प्रतियोगितामा बागमती प्रदेशले गण्डकी प्रदेशलाई पराजित गरेको छ । प्रतियोगितामा पहिलो जित हासिल गर्ने क्रममा बुधबार दिनको दोस्रो खेलमा बागमतीले गण्डकीलाई ६५ रनले पराजित गरेको छ । खेलमा बागमतीले दिएको १ सय ५४ रनको विशाल योगफललाई पछ्याएको गण्डकी निर्धारित २० ओभर पूरै […]

राष्ट्रिय महिला क्रिकेटमा प्रदेश १ को लगातार दोस्रो जित

१५ पुस, दाङ । प्रदेश १ ले दाङको लमहीमा जारी प्रधानमन्त्री कप राष्ट्रिय महिला क्रिकेट प्रतियोगितामा लगातार दोस्रो जित हासिल गरेको छ । प्रतियोगितामा लगातार दोस्रो जित हासिल गर्ने क्रममा प्रदेश १ ले बुधबार दिनको पहिलो खेलमा सुदूरपश्चिमलाई ५ विकेटले पराजित गर्‍यो । १६ ओभरमा छोट्याइएको खेलमा सुदूरपश्चिमले प्रस्तुत गरेको ५४ रनको सामान्य लक्ष्यलाई प्रदेश […]

राष्ट्रिय महिला क्रिकेटमा प्रदेश १ को विजयी सुरुवात

१४ पुस, दाङ । राष्ट्रिय टिमकी कप्तान रुविना क्षेत्रीको अर्धशतक अनी बलरहरुले उत्कृष्ट प्रदर्शन गरेपछि प्रदेश १ ले दाङको लमहीमा जारी प्रधानमन्त्री (पीएम) कप राष्ट्रिय महिला क्रिकेट प्रतियोगितामा विजयी सुरुवात गरेको छ । समूह ‘बी’ अन्तर्गत मंगलबार भएको दोस्रो खेलमा प्रदेश १ ले बागमतीलाई ४६ रनले पराजित गरेको हो । खेलमा प्रदेश १ ले प्रस्तुत गरेको […]

राष्ट्रिय महिला क्रिकेटमा प्रदेश २ काे सान्त्वना जित

१३ पुस, दाङ । दाङको लमहीमा जारी प्रधानमन्त्री (पीएम) कप राष्ट्रिय महिला क्रिकेट प्रतियोगिता अन्तर्गत समूह चरणको आफ्नो अन्तिम खेलमा प्रदेश २ ले कर्णालीलाई फराकिलो अन्तरले पराजित गरेको छ । प्रतियोगितामा समूह चरणबाटै बाहिरिएको प्रदेश २ ले सान्त्वना जित हासिल गर्ने क्रममा कर्णालीलाई १ सय ४३ रनले पराजित गर्‍यो । सोमबार दिनको पहिलो खेलमा प्रदेश […]

पीएम कप महिला क्रिकेट : एपीएफ र लुम्बिनी सेमिफाइनलमा

१२ पुस, दाङ । दाङमा जारी प्रधानमन्त्री (पीएम) कप राष्ट्रिय महिला क्रिकेट प्रतियोगितामा समूह ‘ए’ बाट सेमिफाइनल पुग्ने टोलीको टुंगो लागेको छ । आइतबारको दोस्रो खेलमा एपीएफले प्रदेश २ लाई ८ विकेटले पराजित गरेसँगै एक खेल अगावै एपीएफ र लुम्बिनी प्रदेश प्रतियोगिताको सेमिफाइनल पुगेका छन् । लगातार दुई- दुई खेलमा पराजित हुन् पुगेका कर्णाली र […]