१ माघ, काठमाडौं । प्रधानमन्त्री कप महिला राष्ट्रिय क्रिकेट २०८१ को दोस्रो खेलमा एपीएफ क्लब र कर्णाली प्रदेश खेलिरहेका छन् ।
धनगढीस्थित फाप्ला क्रिकेट मैदानमा जारी खेलमा एपीएफले कर्णालीलाई १८३ रनको बलियो लक्ष्य दिएको छ । टस जितेर पहिले ब्याटिङ गरेको एपीएफले २० ओभरमा १ विकेट गुमाएर १८२ रन बनायो ।
ओपनर ममता चौधरीले अविजित रहँदै ७८ रन बनाइन् भने कप्तान इन्दु बर्मा ५२ रनमा अविजित रहिन् । कर्णालीकी दिक्षा पुरीले एक विकेट लिइन् ।
एपीएफ महिला क्रिकेट प्रतियोगिताको डिफेन्डिङ च्याम्पियन पनि हो ।
यसअघि आजै भएको पहिलो खेलमा सुदूरपश्चिम प्रदेशले गण्डकी प्रदेशलाई हराएको थियो ।
प्रतिक्रिया 4