+

पीएम कप महिला क्रिकेटमा एपीएफको फराकिलो जित

२०८१ माघ  १ गते १६:३४ २०८१ माघ १ गते १६:३४
पीएम कप महिला क्रिकेटमा एपीएफको फराकिलो जित

१ माघ, काठमाडौं । मंगलबारदेखि सुरू भएको प्रधानमन्त्री कप महिला राष्ट्रिय क्रिकेट २०८१ को दोस्रो खेलमा एपीएफ क्लबले फराकिलो जित निकालेको छ । एपीएफले कर्णाली प्रदेशलाई १११ रनले हराएको हो ।

एपीएफले दिएको १८३ रनको बलियो लक्ष्य पछ्याएको कर्णाली २० ओभरमा ७ विकेट गुमाएर ७१ रन मात्र बनाउन सक्यो । दिक्षा पुरीले सर्वाधिक १७ रन बनाइन् ।

एपीएफका लागि करुणा भण्डारीले ३ विकेट लिइन् भने रेखा रावल, सुमन विष्ट र बिनु बुढाले एक-एक विकेट लिए ।

त्यसअघि धनगढीस्थित फाप्ला क्रिकेट मैदानमा जारी खेलमा टस जितेर पहिले ब्याटिङ गरेको एपीएफले २० ओभरमा १ विकेट गुमाएर १८२ रन बनाएको थियो ।

एपीएफका लागि ओपनर ममता चौधरीले अविजित रहँदै ७८ रन बनाइन् भने कप्तान इन्दु बर्मा ५२ रनमा अविजित रहिन् । कर्णालीकी दिक्षा पुरीले एक विकेट लिइन् ।

एपीएफ महिला क्रिकेट प्रतियोगिताको डिफेन्डिङ च्याम्पियन पनि हो ।

यसअघि आजै भएको पहिलो खेलमा सुदूरपश्चिम प्रदेशले गण्डकी प्रदेशलाई हराएको थियो ।

पीएम कप महिला क्रिकेट
लेखक
अनलाइनखबर
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय