Comments Add Comment

पीसीआर

List Grid
पर्यटकको लागि ‘अनिवार्य क्वारेन्टिन’ हटाउन र अनअराइभल भिसा दिन प्रस्ताव

२ चैत, काठमाडौं । नेपाल आउने पर्यटकका लागि अनिवार्य क्वारेन्टिनको प्रावधान हटाउने प्रस्ताव मन्त्रिपरिषदमा पुगेको छ । संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले ७२ घण्टा भित्रको पीसीआर परीक्षण गरेको नेगेटिभ रिर्पोट लिएर आउने पर्यटकका लागि विमानस्थल मै स्वाव संकलन गरी नेगेटिभ आएमा निर्वाध घुमफिर गर्न पाउने गरी प्रावधान समेटेर मन्त्रीपरिषद्मा प्रस्ताव पठाएको हो । मन्त्रालयका […]

अब हुम्ला आउने यात्रुलाई पीसीआर रिपोर्ट नचाहिने

४ माघ, सिमकोट । नेपालगञ्ज र सुर्खेतबाट हवाई मार्ग हुँदै हुम्ला आउँदा यात्रुलाई अब कोरोनाको पीसीआर रिपोर्ट नचाहिने भएको छ । यसअघि जिल्ला प्रवेश गर्दा अनिवार्य रिपोर्टको प्रावधान थियो । २०७६ चैत ११ गतेदेखि कारोना जोखिम हुन नदिन लकडाउन जारी गरिए पश्चात् जिल्लाका नागरिक आवतजावत गर्नका लागि अनिवार्य गरिएको थियो । जिल्ला बाहिरबाट सदरमुकाम सिमकोट […]

पीसीआर नगरी आएको भन्दै हुम्लामा २ जना स्वास्थ्यकर्मी पक्राउ

५ मङ्सिर, सिमकोट । जिल्ला बाहिरबाट हवाईजहाजमार्फत सिमकोट विमानस्थल पुगेका दुई स्वास्थ्यकर्मीलाई प्रहरीले नियन्त्रणमा लिएको छ । जिल्लामा कोरोनाको सङ्क्रमण बढिरहेको बेला पीसीआर परीक्षण नै नगरी सिमकोट आएको भन्दै प्रहरीले उनीहरूलाई नियन्त्रणमा लिइएको हो । कालीकोट र जाजरकोट स्थायी घर भएका उनीहरु पीसीआर परीक्षण नगरी जिल्ला भित्रिएपछि जिल्लामा कोरोना भाइरसको सङ्क्रमण बढ्न सक्ने भन्दै प्रहरीले […]

पीसीआर नेगेटिभ आएका यात्रुमा विदेश पुगेपछि पोजेटिभ, नेपाल एयरलाइन्स कारवाहीमा

१९ कात्तिक, काठमाडौं । नेपालमा कोरोना भाइरसको पीसीआर परीक्षण नेगेटिभ आएका यात्रुलाई विदेशमा धमाधम पोजेटिभ देखिन थालेको छ । यसको मार भने यात्रु बोकेर विदेश उड्ने वायुसेवालाई परेको छ । नेपाल एयरलाइन्सकी प्रवक्ता करिश्मा श्रेष्ठका अनुसार पछिल्ला केही दिनयता हङकङ, दुबई, नारिता (जापान)लगायत गन्तब्यमा नेपालबाट पीसीआर नेगेटिभ रिपोर्ट लिएर गएका यात्रुमा समेत सम्बन्धित गन्तब्यमा पुगेपछि […]

जेसीजको राष्ट्रिय महाधिवेशन रुपन्देहीमा, सहभागीलाई पीसीआर रिपोर्ट अनिवार्य

३० असोज, बुटवल । नेपाल जेसीजको ४७औं राष्ट्रिय महाधिवेशन रुपन्देहीमा हुने भएको छ । आगामी पुस १ गतेदेदखि ४ गतेसम्म रुपन्देहीको तिलोत्तमामा भलबारी जेसीजको आतिथ्यतामा महाधिवेशन गर्ने तय भएको जेसीजले शुक्रबार बुटवलमा पत्रकार सम्मेलन गरी जानकारी गराएको हो । महाधिवेशनमा एकजना अध्यक्ष, चारजना कार्यकारिणी उपाध्यक्ष र १२ जना उपाध्यक्ष गरी १७ पदमा एक वर्षे कार्यकालका […]

नेपथ्यमा पीसीआर जाँच्ने स्वास्थ्यकर्मीको भोगाइ

सेवा नै धर्म हो । यो मर्मलाई अनुसरण गरेर हामी चिकित्सा प्रयोगशालाकर्मीहरु आफ्नो ज्यानको पर्वाह नगरी अहोरात्र मानव जीवनको रक्षार्थ खटिएका हुन्छौं । झन् अहिले विश्व महामारीको रुपमा रहेको कोभिड–१९ को विद्यमान विषम परिस्थितिमा हाम्रो प्रयोगशाला सेवाको महत्व आम जनमानसमा स्पष्टरुपमा झल्किएको छ । समाजका हरेक वर्गका मुखमा आरडीटी, पीसीआर परीक्षण जस्ता शब्दहरु झुण्डिएको देख्दा […]

संक्रमण दर बढ्यो, पीसीआर टेष्ट घट्यो !

५ असोज, काठमाडौं । जनस्वास्थ्य विज्ञहरु भन्छन्, ‘संक्रमण दरले कोरोना महामारीले कुन रुप लिँदैछ भन्ने कुरा निर्धारण हुन्छ । त्यसैले संक्रमण दर बढ्न थालेपछि परीक्षण बढाएर महामारी नियन्त्रणमा हस्तक्षेपकारी भूमिका खेल्नुपर्छ ।’ २ असोजमा २ हजार २० जनामा कोरोना संक्रमण पुष्टि हुँदा नेपालमा संक्रमण दर १७ प्रतिशतमाथि थियो । पछिल्लो एक साताको तथ्याकंलाई विश्लेषण गर्दा […]

‘२५ सयमै पीसीआर ! सरकारले किन लियो ५५ सय ?’

२३ भदौ, काठमाडौं । एकजनाको पीसीआर परीक्षण गर्दा ५५ सय रुपैयाँ लाग्ने सरकारले तोकेको मूल्य हो । यही मूल्यअनुसार पीसीआर परीक्षणमा खर्च गरेको हिसाब सरकारले सार्वजनिक गरिसकेको छ । तर, अहिले ५६ सयलाई घटाएर ४४ सय रुपैयाँ सरकारी शुल्क तोकिएको छ । मंगलबार सिंहदरबारमा प्रतिनिधिसभाको शिक्षा तथा स्वास्थ्य समितिले आयोजना गरेको बैठकमा २५ सय रुपैयाँमै […]

काठमाडौं उपत्यका प्रवेशका लागि पीसीआर नेगेटिभ अनिवार्य

१७ भदौ, काठमाडौं । काठमाडौं उपत्यका प्रवेश गर्न कोरोना संक्रमण परीक्षण अनिवार्य गरिएको छ । काठमाडौं, ललितपुर र भक्तपुर जिल्ला प्रशासन कार्यालयले बुधबार एकै व्यहोराको निषेधाज्ञाको आदेश जारी गर्दै अत्यावश्यक कामका लागि काठमाडौं उपत्यका प्रवेश गर्दा पीसीआर रिपोर्ट अनिवार्य नेगेटिभ भएको हुनुपर्ने व्यवस्था गरेका छन् । ‘अत्यावश्यक कार्यको लागि उपत्यका भित्रिने व्यक्तिहरुको पीसीआर रिपोर्ट अनिवार्य […]

काठमाडौंका मेयर भन्छन्- नाकामा कडाइ गरौं, पीसीआरमा धेरै खर्च नगरौं

२२ साउन, काठमाडौं । पछिल्लो समय काठमाडौं उपत्यकामा कोरोना संक्रमितको संख्या बढ्न थालेको छ । काठमाडौं महानगरपालिका मेयर विद्यासुन्दर शाक्य काठमाडौं उपत्यकामा कोरोना बढ्नुमा बाहिरबाट आउने क्रम नरोकिनु नै प्रमुख कारण भएको बताउँछन् । गाडीले महंगो भाडा लिएर नाकामा मानिसहरुलाई ल्याएर छाड्ने गरेको भन्दै त्यस्ता गाडी सञ्चालकलाई कारवाही गर्नुपर्ने शाक्यको तर्क छ । बाहिरबाट आएकालाई […]

वडाध्यक्षमा कोरोना संक्रमण, उपचार गर्न काठमाडौं पठाउने तयारी

११ साउन, रौतहट । रौतहटको राजदेवी नगरपालिकाका एकजना वडाध्यक्षमा कोरोना संक्रमण पुष्टि भएको छ । काठमाडौं जानका लागि पीसीआर परीक्षण गराएका राजदेवी नगरपालिका वडाध्यक्षमा संक्रमण देखिएको हो । करेन्ट लागेपछि श्रीमतीलाई लिएर जिल्ला अस्पताल गौर आएका वडाध्यक्षको सम्पर्कमा आएका व्यक्तिहरुको पनि पहिचान गर्नु पर्ने भएको छ । शनिबार करेन्ट लागेर वडाअध्यक्षकी श्रीमतीको मृत्यु भएको थियो । […]

पीसीआर रिपोर्ट ढिलो आएपछि सल्यानका ७० जना क्वारेन्टिनबाट भागे

१८ असार, सुर्खेत । क्वारेन्टिनमा बसेको एक महिना बित्दा पनि आरटी-पीसीआर रिर्पोट नआएपछि सल्यानका ७० जना क्वारेन्टिनबाट भागेका छन् । बनगाड कुपिण्डे नगरपालिका-३, को आधारभूत विद्यालय लहाघाटबाट बिहीबार ७० जना भागेर घर गएका हुन् । क्वारेन्टिनमा बसेका ७३ जनामध्ये ७० जना एक महिना बित्दा पनि पीसीआर रिर्पोट नआएको भन्दै भागेको नगरपालिका स्वास्थ्य शाखा प्रमुख वासुदेव […]

२५ थान पीसीआर मेसिन ल्याइँदै

३२ जेठ, काठमाडौं । दैनिक १२ हजार बराबरको पीसीआर परीक्षण गर्ने लक्ष्यसहित मेडिकल सामग्री आयात गर्दै आएको विद म्यानेजमेन्टले २५ थान पीसीआर मेसिन आयात गर्ने तयारी थालेको छ । पीसीआर मेसिन तथा अत्यावश्यक सामग्रीको अभावमा कोरोना परीक्षणमा लामो समय लागेको पाइएपछि सरकारसँग सहकार्यका लागि निजी क्षेत्रले १५ थान पिसिआर मेसिन र १० थान पोर्टेवल पिसिआर […]

क्वारेन्टिनबाट निस्किएर सडकमा अवरोध, प्रहरीद्वारा हवाई फायर

३१ जेठ, रौतहट । समयमा पीसीआर रिपोर्ट नआएको भन्दै रौतहटको क्वारेन्टिनमा बसेका युवाहरूले सडक अवरुद्ध गराएका छन् । रौतहटको राजपुर नगरपालिकाको वडा नम्बर १ का तीन वटा क्वारेन्टिनमा बसेका ३०५ जनाले सडक अवरुद्ध गरेका हुन् । उनीहरू क्वारेन्टिनमा बसेको १८/२० दिन हुन लागिसकेको छ भने स्वाब संकलन गरेर पठाएको एक साता पुगेको छ । तर […]

स्वास्थ्य मन्त्रालयको टेस्टिङ गाइडलाइन : क्वारेन्टिन बसेका सबैको पीसीआर परीक्षण नगरिने

२३ जेठ, काठमाडौं । स्वास्थ्य तथा जनसङख्या मन्त्रालयले कोभिड-१९ टेस्टिङ नयाँ गाइडलाइन तयार गरेको छ। क्वारेन्टिनमा बस्नेको सङ्ख्या अप्रत्याशित बढेको र प्रयोगशालामा धेरै नमुना होल्ड भएको कारण सरकारले नयाँ टेस्टिङ गाइडलाइन ल्याएको हो। नयाँ टेस्टिङ गाइडलाइनले तीन वटा प्राथमिकता समूह छुट्याएको छ। पहिलो प्राथमिकता समूहमा संक्रमण फैलिएको समुदाय, आइसोलेसनमा बसेका व्याक्तिहरु र संक्रमितसँगको प्रत्यक्ष सम्पर्कमा […]

सुर्खेतमा भारतबाट आएका युवकको मृत्यु,पीसीआर रिपोर्ट नेगेटिभ

१४ जेठ, सुर्खेत । भारतबाट आएका एक युवकको कर्णाली प्रदेश अस्पताल कालागाँउमा मंगलबार मृत्यु भएको छ । मंगलबार राति मात्रै भारतको रुपैडिया हुँदै आएका चिङ्गगाड गाउँपालिका-५ अवलचिङका २२ वर्षीय युवकको मृत्यु भएको हो । पाँच दिनअघि भारको गुजरातबाट हिँडेका युवक यात्राकै क्रममा बिरामी भएपछि मंगलबार अस्पताल लिइएको थियो । उनको सोही दिन राति १२ बजे […]

गण्डकीमा २ हजारको पीसीआर जाँच

१२ जेठ, पोखरा । गण्डकी प्रदेशमा हालसम्म कोरोना जाँच अन्तर्गत दुई हजार ४५ को पिसिआर जाँच भएको छ । ती मध्ये दुई हजार ११ को जाँचको नतिजा नेगेटिभ आएको, बाँकी २९ को रिपोर्ट आउन बाँकी रहेको र दुई जनाको पोजेटिभ नतिजा आए पनि निको भएर घर फर्किसकेका प्रदेशका स्वास्थ्य निर्देशक डा विनोद विन्दु शर्माले जानकारी […]

पीसीआर परीक्षणमा मनपरी : नेता आँ गर्ने, जनता ट्वाँ !

८ जेठ, काठमाडौं । ठूला नेता र भीआइपीहरु बस्ने काठमाडौं शहरमा पीसीआर किटको दुरुपयोग बढिरहेको तर कपिलवस्तु लगायत दूरवर्ती गाउँहरुमा हाहाकार मच्चिएको गुनासो बढेको छ । पहुँचवालाहरुको जाँच सजिलै हुने, सामान्य नागरिकले चाहिँ आवश्यक पर्दा पनि बेलैमा कोरोना परीक्षण गर्न नपाउने विभेदपूर्ण स्थिति देखा पर्न थालेको छ । र, यो विभेदकारी व्यवहारको सुरुवात ठूला नेता, […]

पीसीआरलाई पन्छाएर किनिएको आरडीटी किटको नालीबेली

५ जेठ, काठमाडौं । राष्ट्रिय स्वास्थ्य अनुसन्धान परिषद्को सिफारिसलाई लत्याउँदै स्वास्थ्य तथा जनसङख्या मन्त्रालयले फेरि ¥यापिड डायग्नोस्टिक किट (आरडीटी) खरिद प्रक्रिया अगाडि बढाएको छ । मन्त्रालयले एक लाख २५ हजार थान किट खरिद गर्न स्वास्थ्य सेवा विभागलाई निर्देशन दिएको छ । जबकि विश्व स्वास्थ्य संगठनले (डब्ल्यूएचओ) आरडीटीको गुणस्तरमा प्रश्नचिह्न उठाउँदै आएको छ । नेपालमा पनि […]

ललितपुर महानगरका सबै जनप्रतिनिधिको स्वाब संकलन

४ जेठ, काठमाडौं । ललितपुर महानगरपालिकाका जनप्रतिनिधिहरुको पीसीआर टेस्टका लागि स्वाब संकलन गरिएको छ ।महानगरपालिकाले आइतबार २९ वटै वडाका १४७ जना जनप्रतिनिधिको पीसीआर टेस्टका लागि स्वाब संकलन गरेको हो । कोरोना भाइरस संक्रमणको शंकास्पद व्यक्तिहरुको जाँच गर्न स्वास्थ्य तथा जनसंख्या मन्त्रालयबाट एक हजार ५० थान पीसीआर किट उपलब्ध भएपछि महानगरपालिकाले सबै जनप्रतिनिधिको पीसीआर टेस्ट गर्न […]

पीसीआर परीक्षणको दायरा बढाउन सर्वोच्च अदालतको आदेश

१ जेठ, काठमाडौं । सर्वोच्च अदालतले कोभिड-१९ महामारी नियन्त्रण गरी आम नागरिकको जीवन रक्षा गर्न तत्कालै पीसीआर परीक्षणको दायरा बढाउन सरकारलाई आदेश दिएको छ। न्यायाधीश डा. मनोजकुमार शर्माको एकल इजलासले पीसीआर परीक्षणको दायरा बढाउन र त्यसको अभाव हुन नदिन भनेको हो । अधिवक्ता कमलबहादुर खत्रीसहितले दायर गरेको रिट निवेदनमाथि बिहीबार सुनुवाई गर्दै अदालतले सरकारका नाममा कारण […]