Comments Add Comment

पोखरा

List Grid
विरेन स्मृति बिटी कप : बुधबारदेखि दोस्रो चरणका खेल

पोखरा, १८ फागुन । पोखरामा जारी ‘चौथोे विरेन स्मृति १४ औं बिटी कप सेभेन ‘ए’ साइड नकआउट अन्तरक्लब फुटबल प्रतियोगितामा पहिलो चरणका खेल सम्पन्न भएका छन् । पोखराको पुरानो टुँडिखेल मैदानमा मंगलबार भएको पहिलो खेलमा भीमकाली क्लबलाई २–१ गोल अन्तरले पराजित गर्दै एम फाइभ दोस्रो चरणमा प्रवेश गरेको छ । एम फाइभको जितमा मिलन थापामगर र […]

क्षेत्रफल घटाएर तोकियो फेवातालको चार किल्ला

१६ फागुन, पोखरा । तत्कालीन जिल्ला विकास समितिले २०५८ सालमा फेवातालको सीमा कायम गर्ने भन्दै पिल्लरहरु गाड्यो । पानीको सतह घटेको बेला किल्ला गाडिएको भन्दै तत्कालीन जिविस सभापति पुण्य पौडेलको आलोचना पनि भयो । फेवाको सतह बढेपछि वाराहीघाटदेखि चंखपुरसम्म गाडिएका पिलरहरु डुबेका पनि थिए । फेवातालको ड्याम मर्मत गर्न भन्दै अहिले तालको पानी घटाएपछि दुई […]

पोखरा–नेपालगञ्ज घुम्न जहाज चार्टर

७ फागुन, पोखरा । शुक्रबार २ बज्नै लाग्दा पोखरा विमानस्थलमा जहाज अवतरण भयो । पोखरा महानगरपालिकाका मेयर मानबहादुर जिसीसहित पर्यटन व्यवसायीले शुक्रबार करिब १ घन्टादेखि त्यही जहाजको प्रतीक्षा गरिरहेका थिए । जहाजबाट पोखरा ओर्लिए नेपालगञ्ज उपमहानगरपालिकाका मेयर डा. धवल शम्शेर राणा । मेयर राणाको नेतृत्वमा नेपालगञ्जदेखि त्यहाँका पर्यटन व्यवसायी पोखरा घुम्न आएका रहेछन् । त्यो […]

कसको हो पोखरा ? कहाँसम्म हो पोखरा ?

आज म के बोलौं र के नबोलौंको दुविधामा छु । संसारमा बोल्नुपर्ने र लेख्नुपर्ने बाँकी नै के छ र ? पढ्नु पर्ने, अनुभव गर्नुपर्ने, सुन्नुपर्ने र जान्नुपर्ने कुरा अथाह छन् र म यी सबैबाट टाढा छु । कहिलेकाहीँ आफूलाई अभिव्यक्त गर्न कविता लेख्ने कोसिस गर्छु । थाहा छैन, ती प्रयत्नहरू कति कविता भए कति प्रयत्नमै […]

टाइगर कप भलिबल : महिलातर्फ न्यू डायमण्डलाई हराउँदै एपीएफ फाइनलमा

३० माघ, पोखरा । न्यू डायमण्ड क्लबलाई सोझो सेटमा पराजित गर्दै विभागीय टोली एपीएफ पोखरामा भइरहेको प्रथम टाइगर कप आमन्त्रित राष्ट्रिय क्लब भलिबल च्याम्पियनसिपको महिलातर्फ फाइनलमा प्रवेश गरेको छ । चार टिम सहभागी प्रतियोगिताको अन्तिम लिग खेलमा न्यू डायमण्डलाई ३-० को सेटमा पराजित गरेपछि एपीएफ शीर्ष दुईमा रहँदै फाइनल पुगेको हो । एपीएफले अब उपाधिका […]

बर्षौंपछि यसकारण घट्यो फेवातालको पानी

२५ माघ, पोखरा । पोखरा–६ खहरे फेवा किनारमै जन्मिएकी मंगली जलारी ९३ वर्षकी भइन् । मंगलीको परिवारको जीवन फेवासँगै गाँसिएको छ । फेवाको पानी पिएरै हुर्किएकी मंगलीको परिवारको बाँच्ने आधार पनि फेवाताल नै हो । बाँध बाँध्नुअगाडि र पछाडिको फेवाताल र अहिलेसम्म यसले कति रुप बदल्यो उनकै आँखाले देखेका छन् । ‘मैले जान्दा फेवाताल अहिले […]

‘साहित्यमा पोखराको आफ्नै विरासत छ’

२४ माघ, काठमाडौं । दुई दशकदेखि कविता लेखनमा सक्रिय कवि कल्पना चिलुवाल पहिलो कवितासंग्रह ‘चुल्ठो’ लिएर साहित्यको सागरमा हेलिएकी छिन् । पोखरा बसेर शिक्षण र कविता लेखनमा साधानारत चिलुवाल मूलतः राजनीतिक तथा सामाजिक मुद्दाकेन्दि्रत फुटकर कविता लेख्छिन् । केही समय विद्यार्थी राजनीतिसमेत गरेकी उनी प्रगतिवादी लेखनसँग नजिक छिन् । उनी गरिखाने, मजदुर र पसिनापरायण पक्षधर […]

नगर पुलिस लखेट्न आएन, नेपाल बन्द पो रहेछ !

२२ माघ, पोखरा । एकाबिहानै उठेर अरुको घरमा काम सकेर फेवा किनार पुगेपछि सुनीता विकले बल्ल थाहा पाइन्, ‘आज नेपाल बन्द रहेछ ।’ झिसमिसेमै उठेर काम गर्ने घरसम्म पुग्दा सधैंझैं पोखराको लेकसाइड सुनसानै थियो । आधा रातसम्म जागै रहने लेकसाइड बिहान भने ढिलासम्म जाग्दैन । २/४ घरमा लुगा धुने, भाँडा माझ्नेलगायतको काम सकेर सुनीता ११ […]

स्थानीय सरकारका उपप्रमुख भन्छन् : अरुको भर नपरी धरै छैन

२० माघ, पोखरा । पोखरा–२१ मा सडक सँगैसँगै परम्परागत कुलो थियो । परम्परागत कुलोको पुनर्निर्माण गर्न केन्द्र सरकारले बजेट विनियोजन गर्‍यो । कुलोको दुबैतिर पहिले भइरहेको भन्दा ६÷७ फिट अग्लो पर्खाल लगाइयो । परम्परागत कुलोको अग्लो पर्खालका कारण त्यहाँका वासिन्दाले सडक नै प्रयोग गर्न नसक्ने अवस्था भयो । सार्वजनिक सडक नै प्रयोग गर्न नपाउने स्थिति […]

५० प्रतिशत छुट दिँदै पोखरामा आन्तरिक पर्यटकलाई निम्तो

७ पुस, पोखरा । पर्यटकीय नगरी पोखरामा विस्तारै पर्यटकीय गतिविधिलाई जोड दिन थालिएको छ । कोभिड–१९ का कारण गत चैतदेखि सुस्ताएको पर्यटनलाई गति दिन पोखराका पर्यटकस्तरीय होटलले ५० प्रतिशत छुट दिने निर्णयसहित आन्तरिक पर्यटकलाई निम्तो दिएका हुन् । रेष्टुराँ एण्ड बार एशोसिएशन (रेवान) पोखराले अङ्ग्रेजी वर्षको अवसरमा गर्दै आएको सडक महोत्सवलाई समेत लक्षित गरेर पश्चिमाञ्चल […]

पोखरामा केपी ओलीको समर्थनमा प्रदर्शन

६ पुस, पोखरा । संसद विघटन गर्ने प्रधानमन्त्री केपी शर्मा ओलीको कदमको पक्षमा नेपाल कम्युनिस्ट पार्टीको युवा र विद्यार्थी संगठनको एक समूहले पोखरामा प्रदर्शन गरेको छ । उनीहरुले प्रदर्शनमा नारा लगाउँदै भनेका छन् ‘ नेपाल कम्युनिस्ट पार्टी हाम्रै हो, सूर्य चिह्न हाम्रै हो । यो बिना प्रचण्ड-माधवले चुनाव जितेर देखाऊ ।’ उनीहरुले सही पनि एमाले, […]

कांग्रेस जाग्यो, कम्युनिष्टका विरुद्ध लड्छौं

२९ मंसिर, पोखरा । चारतारे झण्डासहित नेपाली कांग्रेसका कार्यकर्ताको लस्कर पोखराको सडकमा एक वर्षपछि देखिएको छ । १४ मंसिर, २०७६ मा भएको उपनिर्वाचनका क्रममा सडकमा देखिएको कांग्रेस कार्यकर्ता सोमबार सरकारविरुद्ध प्रदर्शनमा उत्रिएका हुन् र भनेका छन्, ‘कांग्रेस मरेको थिएन, सुतेको थियो । अब जाग्यो ।’ दमौलीको बुल्दी खोला पुल उद्घाटनको विवादमा वरिष्ठ नेता रामचन्द्र पौडेलमाथि […]

वीरगञ्जमा ‘जाऔं है पोखरा’ अभियान

२५ मंसिर, वीरगञ्ज । पर्यटकीय नगरी पोखराका पर्यटन व्यवसायीहरुले पर्यटन पुनरुत्थान तथा प्रवर्द्धनका लागि ‘जाऔं है पोखरा’ अभियान शुरु गरेका छन् । अभियान अन्तर्गत बुधबार उनीहरुले पर्सा राष्ट्रिय निकुञ्ज र वीरगञ्जमा सरोकारवालासँग भेटघाट गरेका छन् । कोभिड–१९ का कारण थलिएको होटल तथा पर्यटन व्यवसायको पुनरुत्थान तथा प्रवर्द्धनका लागि अभियान शुरु गरिएको पश्चिमाञ्चल होटल संघ पोखराले […]

‘जाऔँ है पोखरा अभियान’ सुरु

२४ मङ्सिर,पोखरा । सुस्ताएको पर्यटन चलायमान बनाउन पश्चिमाञ्चल होटल सङ्घ पोखराले आजदेखि चारदिने ‘जाऔँ है पोखरा अभियान’ सुरु गरेको छ । कोभिड-१९ को महामारीमा आन्तरिक पर्यटन प्रवद्र्धन गर्न सङ्घले मङ्सिर २४ देखि २७ गतेसम्म चारदिने भ्रमण कार्यक्रमको शुरुआत गरिएको सङ्घका अध्यक्ष विकल तुलाचनले जानकारी दिए । जनकपुर, पर्सा, वीरगञ्ज, विराटनगर र चितवनलाई समेटिएको अभियानमा अन्तर्गत […]

नवौं राष्ट्रिय खेलकुद प्रतियोगिता आउँदो फागुनमा नहुने पक्का

१८ मंसिर, काठमाडौं । पोखरामा सञ्चालन हुने भनिएको नवौं राष्ट्रिय खेलकुद प्रतियोगिता फागुनमा नुहुने भएको छ । राष्ट्रिय खेलकुद परिषद् (राखेप)ले नवौं राष्ट्रिय खेलकुद आगामी फागुन २० गतेदेखि पोखरामा गर्ने निर्णय गरेको थियो । गण्डकी प्रदेशको राजधानी पोखरामा हुन लागेको नवौं राष्ट्रिय खेलकुदका लागि आवश्यक भौतिक पूर्वाधार अन्तर्गत स्वीमिङ, सुटिङ र हंकिबाहेक अरु खेलका पूर्वाधारहरु […]

मुख्यमन्त्री गुरुङको प्रस्ताव : डान्सबार र दोहोरी साँझ पनि खोलौं

१२ मंसिर, पोखरा । कोरोना संक्रमण रोकथामका लागि भन्दै सरकारले गत चैतदेखि बन्द गरेको सिनेमा हल, जिमखाना, डान्स बार, पार्टी प्यालेस, दोहारी जस्ता ब्यवसाय अझै औपचारिक रुपमा खुलेका छैनन् । स्वास्थ्य सुरक्षाको मापदण्ड अपनाएर होटल, रेस्टुरेन्ट खुला गर्ने निर्णय भए पनि बढी भीड लाग्ने स्थल व्यवसाय बन्द नै छन् । डान्स बार, सांगीतिक रेस्टुरेन्ट, दोहोरी […]

पोखरामा राजासंस्थाको पक्षमा प्रदर्शन : धेरै राजा पाल्नुपर्‍यो, नेताले चेतेनन् !

१० मंसिर, पोखरा । केही महिनाअघि केही युवाले पोखरा मानवअधिकार चोकमा प्रदर्शन गर्दै भनें, ‘देश संकटमा पर्‍यो । केपी ओली हटाउन पाइँदैन् ।’ कोरोना कहरकैबीच असार १९ गते नेकपाको चरम विवादका कारण पार्टी र सरकार नै संकटमा परेको भन्दै प्रधानमन्त्री शर्मा केपी ओली सरकारको समर्थनमा प्रदर्शन भएको थियो । पहिले धेरै कार्यक्रम भइरहने त्यही मानवअधिकार […]

लक्षणसहितका मानिस सडकमै, उपचारको सट्टा भगवान भरोसा !

६ मंसिर, पोखरा । पोखरा–९ का ६८ वर्षीय पुरुषलाई एक्कासी सास फेर्न गाह्रो भएको सहसुस भयो । स्वाबको नमूना परीक्षण गर्दा ४ गते रिपोर्ट पोजेटिभ आयो । ५ गते नै उनको मृत्यु भयो । केही दिनअघि हेम्जाका ५८ वर्षीय पुरुषमा पनि कोरोनासँग मिल्दोजुल्दो लक्षणसहित श्वासप्रश्वासमा समस्या देखियो । परीक्षण गर्दा उनमा पनि कोरोना संक्रमण देखियो […]

६ वटा अस्पताल पुर्‍याउँदा पनि धनमायाले उपचार पाइनन्, ट्याक्सीमै गयो प्राण

५ मंसिर, पोखरा । स्याङ्जा पुतली बजारकी धनमाया गुरुङलाई सामान्य दम थियो, श्रीमानलाई नशासम्बन्धी समस्या । सरकारी सेवाबाट अवकाशप्राप्त गुरुङ दम्पत्ति स्वास्थ्य समस्या परिहाले सहजै अस्पताल पुग्न सकियोस् भनेर पोखरा महानगरपालिका–१०, वुद्धचोक नजिकै डेरा गरी बस्न थाले । ६२ वर्षीया धनमायालाई बिहीबार साँझ एक्कासी सास फेर्न गाह्रो महसुस भयो । छोरी घर गएकाले श्रीमानले जसोतसो […]

पोखरामा एकैदिन ७ जना कोरोना संक्रमितको मृत्यु

५ मंसिर, पोखरा । पोखरामा एकैदिन ७ जना कोरोना भाइरस (कोभिड-१९) को संक्रमितको मृत्यु भएको छ । कास्कीको पाखरा महानगरपालिकाका ६ जना पुरुष र तनहुँका एकजना पुरुषको मृत्यु भएको हो । पोखरा महानगरपालिका-१७, कास्कीका २९ वर्षीय पुरुषको शुक्रबार मध्याह्न पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानमा मृत्यु भएको छ । निमोनिया भएर अस्पताल गएका उनलाई ५ मंसिरमै कोरोना […]

पोखराको मौसम त खुल्यो तर खुलेन पर्यटन व्यवसायीको मन

२ मङ्सिर, पोखरा । मौसमले यतिबेला निकै साथ दिएको छ पोखरालाई । टलक्क टल्केको माछापुच्छ्रे हिमालको छायाँ फेवातालमा निकै आकर्षक देखिन्छ । पहिलो पटक आउने हुन् या पटक-पटक यो दृश्य देख्दा उनीहरुबाट निस्किने पहिलो शब्द हो ‘वाउ पोखरा !’ पोखराको सौन्दर्यसँग जोडिएको विशेष आकर्षण भनेकै हिमाल र ताल हुन् । अनि भू-गर्भबाट कलकल बग्ने सेती, […]