 
																			२१ माघ, पोखरा। जिल्ला प्रहरी कार्यालय कास्कीले अवैध काठसहित ट्याक्टर नियन्त्रणमा लिएको छ ।
पोखरा १६, जैमुरेबाट लामाचौरतर्फ आउँदै गरेको ग १ त ७३१९ नम्बरको ट्याक्टर नियन्त्रणमा लिइएको प्रवक्ता डीएसपी श्रवणकुमार विकले जानकारी दिए ।
विकका अनुसार शनिबार राति ८ बजे नियन्त्रणमा लिइएको हो । ‘सीआरभीमा खटिएको टोलीले अवैध रुपमा चिरुवा काठ लोड ल्याइरहेको फेला पारेको थियो’, उनले भने, ‘सोधपुछका क्रममा प्रयोजन खुल्ने कुनै कागजात पनि फेला परेन ।’
नियन्त्रणमा लिइएको काठसहित ट्याक्टरलाई थप अनुसन्धान तथा कारवाहीका लागि डिभिजन वन कार्यालय बगरमा पठाइएको प्रहरीले जनाएको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
            भर्खरै
            पुराना
            लोकप्रिय
            
        
            ट्रेन्डिङ
                        Advertisment
                        
                                    
        
    
                        
                    
                    
                    
                     
                









 
                     
                                 
                 
                 
                 
                 
                 
         
                                                 
                                                 
                                                 
                                                 
                                                 
                                                 
                                                 
                                                 
                                                .png) 
                                                 
                                                .png) 
                                                 
                                             
                                             
                                             
                                             
                                             
                                             
                 
                 
                 
                 
                 
                 
                 
                
प्रतिक्रिया 4