Comments Add Comment

प्रादेशिक अस्पताल जनकपुर

List Grid
प्रादेशिक अस्पतालले काममा नआउन भनेपछि करारका स्वास्थ्यकर्मी मन्त्रालय धाउँदै

११ साउन, जनकपुरधाम । प्रादेशिक अस्पताल जनकपुरधामले कोरोना संक्रमितको उपचारका लागि करारमा नियुक्त गरेका स्वास्थ्यकर्मीलाई काममा नआउन भनेको छ । जेठ १४ गते नियुक्त गरिएका चिकित्सक, हेल्थ असिस्टेन्ट, नर्स, रेडियोलोजिष्ट, एनेस्थेसियासहितका पदका स्वास्थ्यकर्मीलाई अस्पतालले काममा नआउन भनेको हो । संघीय सरकारले कोरोनाको तेस्रो लहर आउने सम्भावना भएकाले करारमा नियुक्त गरिएका स्वास्थ्यकर्मीको म्याद ६ महिनासम्म थप्न […]

स्वास्थ्यकर्मीमाथि हातपात गर्नेलाई कडा कारवाही गर्न प्रादेशिक अस्पतालको माग

२९ वैशाख, काठमाडौं । प्रादेशिक अस्पताल जनकपुरधामले मंगलबार साँझ अस्पतालको भेन्टिलेटर कक्षभित्र प्रवेश गरेर होहल्ला गरी स्वास्थ्यकर्मीमाथि हातपात गर्ने व्यक्तिहरुमाथि कडा कारवाहीको माग गरेको छ । मंगलबार साँझ ६ बजे प्रादेशिक अस्पतालको कोभिड–१९ विशेष अस्पतालमा डाक्टरसँग सल्लाह नै नगरी सोझै बिरामीलाई भेन्टिलेटरमा राखेर नयाँ बिरामीका कुरुवा र अन्य अज्ञात व्यक्तिले होहल्ला गरी  स्वास्थ्यकर्मी र कर्मचारीमाथि […]

प्रादेशिक अस्पताल जनकपुरमा तीन जना कोरोना संक्रमितको मृत्यु

२६ वैशाख, जनकपुरधाम । प्रादेशिक अस्पताल जनकपुरधाममा उपचार गराइरहेका तीन जना कोरोना संक्रमितको मृत्यु भएको छ । जनकपुरधामका ६५ वर्षीय पुरुष तथा ४२ वर्षीया महिला र वीरगञ्जका ४५ वर्षीय पुरुषको शनिबार राति उपचारको क्रममा मृत्यु भएको प्रादेशिक अस्पताल कोरोना उपचार केन्द्रका प्रवक्ता डा. मनिष पाण्डेले जानकारी दिए । अक्सिजनको सपोर्टमा उपचार भइरहेका तीनै जनाको श्वासप्रश्वासमा […]

प्रादेशिक अस्पताल जनकपुरमा १२८ जनशक्ति थप

२५ वैशाख, जनकपुरधाम । कोरोना संक्रमितको उपचार सहज बनाउन प्रदेश २ सरकारले प्रदेशका अस्पतालहरुमा जनशक्ति थप गरेको छ । प्रादेशिक अस्पताल जनकपुरधाम, नारायणी अस्पताल वीरगञ्ज, गजेन्द्रनारायण सिंह अस्पताल राजविराजसहितका अस्पतालमा जनशक्ति थप गरिएको हो । प्रादेशिक अस्पताल जनकपुरधाममा १२८ जना जनशक्ति थप गरिएको छ । यसमध्ये आईसीयू सञ्चालनका लागि ६८ जना थप गरिएको सामाजिक विकास […]

कोरोना संक्रमितको उपचार गर्न बेड तयार पार्दै जनकपुर प्रादेशिक अस्पताल

१६ वैशाख, जनकपुरधाम । प्रदेश २ सरकार मातहत रहेको प्रादेशिक अस्पताल जनकपुरधाममा कोरोना संक्रमितको उपचारका लागि तयारी शुरु गरिएको छ । कोरोनाको दोस्रो लहर शुरु भइसकेपछि प्रादेशिक अस्पतालले कोरोना संक्रमितको उपचारका लागि १० वटा हाई डिपेन्डेन्सी युनिट (एचडीयू) बेड तयार गरिसकेको छ । यस्तै १२ वटा आईसीयू बेड तयार भइसकेको अस्पतालका निमित्त मेडिकल सुपरिटेन्डेन्ट डा. […]

प्रादेशिक अस्पताल जनकपुरमा केएमसी र ओसीएमसी वार्ड निर्माण

१६ मंसिर, जनकपुरधाम । प्रदेश २ स्थित प्रादेशिक अस्पताल जनकपुरमा थप तीन वटा वार्ड निर्माण गरिएको छ । आँखाको उपचार गर्ने, कम समय र तौलका बच्चाको स्याहार गर्ने केएमसी र लैंगिक हिंसा पीडितको उपचार गर्ने ओसीएमसी वार्डको निर्माण गरिएको हो । तीन वटै वार्डको प्रदेशका सामाजिक विकास मन्त्री नवलकिशोर साहले मंगलबार उद्घाटन गरे । वार्डहरुको […]