Comments Add Comment

बालबालिका

List Grid
बलबालिका जन्मजात परोपकारी र असल हुन्छन्

बालबालिकासम्बन्धी एउटा प्रचलित भनाई छ । उनीहरु भनेका काँचो माटो हुन्, जसलाई जस्तो स्वरुपमा पनि बदल्न सकिन्छ । यसको अर्थ आमाबुवा, घर परिवार, समाज आदि नै कुनैपनि बालबच्चाको लागि पहिलो मार्गदर्शक हुन् । घर परिवार र समाजले निर्धारण गरिदिएको मूल्य र मान्यतामै एउटा बच्चा हुर्कन्छन् । जीवन कस्तो बनाउने ? भविष्य कतातिर डोहो¥याउने ? सामाजिक […]

बालबालिकासँग गरौं भलाकुसारी

बच्चाका लागि साथी पनि बन्नुपर्छ । उनीहरुसँग खेल्नुपर्छ, वातचित गर्नुपर्छ, रमाउनुपर्छ । बालबच्चाले यस्तो महसुष गरोस् कि, उनीहरुलाई साथीको अभाव छैन । किनभने बच्चाले आफ्ना आमाबुवाबाट अभिभावकत्व मात्र चाहँदैनन् । मित्रवत् व्यवहार पनि गर्छ । जबकी बच्चाहरुले प्रत्येक अभिभावकबाट चाहने भनेकै माया, प्रेमका हो । तर, हामी बालबालिकासँग भलाकुसारी गरिरहेका हुँदैनौं । उनीहरुको कुरा सुनिरहेका […]

अभिभावकविहीन पाँच बालबालिकाको बिचल्ली

१० चैत, पर्वत । पर्वतको जलजला गाउँपालिका-२ माझफाँटमा अभिभावकविहीन पाँच बालबालिका बिचल्लीमा परेका छन् । स्थानीय गौराटोलमा अवस्थित समाज कल्याण आधारभूत विद्यालयमा पढ्ने चार बालिका र एक बालक आफन्तविहीन बनेका हुन् । विद्यालयको कक्षा १ मा पढ्ने आशा परियारकी आमाले दोस्रो विवाह गरेपछि घरमा बुवाले अर्की आमा ल्याएसँगै उनले उचित हेरचाह र पढ्ने वातावरण पाइनन् […]

‘बालबालिकाले सुरक्षित वातावरणमा पढ्न पाउनुपर्छ’

१ चैत, वीरगञ्ज । वीरगञ्ज महानगरपालिकाका प्रमुख विजयकुमार सरावगीले बालबालिकाले सुरक्षित हिसाबले पढ्न नपाए दीर्घकालीन असर पर्ने बताएका छन् । आइतबार शिक्षा पत्रकार समाज र आसमान नेपालले संयुक्त रुपमा आयोजना गरेको ‘विद्यालयमा सुरक्षित सिकाइ’ विषयक अन्तरक्रियामा नगर प्रमुख सरावगीले विशेषगरी सामुदायिक विद्यालयका बालबालिका सुरक्षित नरहेको बताए । शिक्षा क्षेत्रको सुधारका लागि प्रदेश र संघ सरकारले […]

बालबालिकालाई कसरी पुस्तकमा अभ्यस्त गराउने ?

स्मार्टफोन, ट्याबलेट, ल्यापटप आदिको बढ्दो प्रचलनसँगै बालबालिकाको पठन संस्कृति पनि बद्लिएको छ । अहिले उनीहरु डिजिटल माध्यामबाटै पठनपाठन गर्न रुचाउँछन् । इन्टनेटको प्रयोगले यसलाई थप सहज बनाएको छ । कुनैपनि जिज्ञासाको हल खोज्न उनीहरु गुगलको भर पर्छन् । खोजेको कुराको नतिजा फटाफट आउने भएकाले बालबालिकाहरु यसैमा बढी तल्लिन हुन्छन् । यसको साइड इफेक्ट भने उनीहरुमा […]

बालबालिकामा इन्टरनेट दुरुपयोगको भयावह परिणाम

१४ फागुन, काठमाडौं । कोरोना महामारीका कारण सबै क्षेत्र, वर्ग प्रभावित छन् । विद्यार्थी वर्ग यसबाट जोगिने कुरै भएन । कोरोना महामारी नियन्त्रण गर्न सरकारले देशभर लकडाउन गरेपछि बालबालिकाले इन्टरनेटमा सहज पहुँच पाए । अभिभावकले आवश्यक निगरानी र नियन्त्रण नगर्दा उनीहरुले यसैमा दिन बिताउन थाले । त्यसले विस्तारै लतको रुप लियो । विद्यालय खुल्न थालेसँगै […]

आधा भन्दा बढी क्यान्सर पीडित बालबालिका अस्पतालबाहिर

३, फागुन, चितवन । नेपालमा बर्षेनी औसत १५ सय बालबालिकालाई क्यान्सर रोग लाग्ने गरेको एक अध्ययनले देखाएको छ । तर, त्यसको आधामात्र बालबालिका उपचारका लागि अस्पताल आइपुग्ने गरेका छन् । अस्पताल आउने त्यही आधा बिरामी मध्ये पनि आर्थिक अभाव, समयको कारणले बीचमा नै उपचार छाड्ने गरेको चिकित्सकहरु बताउँछन् । चितवनको भरतपुरस्थित वीपी कोइराला मेमोरियल क्यान्सर […]

बच्चालाई विद्यालय पठाउने कि नपठाउने भन्नेमा अभिभावक दोधारमा

२५ माघ, काठमाडौं । २०७६ चैतदेखि बन्द भएका काठमाडौं उपत्यकाका अधिकांश विद्यालयहरूले माघ पहिलो साताबाट विद्यार्थीको भौतिक उपस्थितिमा नै कक्षा सञ्चालन गर्न थाले । अनलाइन कक्षा प्राथमिक तहमा अध्ययनरत विद्यार्थीको हकमा प्रभावकारी नदेखिएपछि केही अभिभावककै दबाबका कारण प्राथमिक तहमा अध्यापन गराउने धेरै विद्यालयमा नियमित कक्षा सुरु भएको हो । सम्भावित जोखिमको जिम्मेवारी अभिभावकले नै लिनेगरी […]

बालबालिकाका लागि जरुरी छ यस्तो आनीबानी

हामी चाहन्छौं, आफ्ना बच्चा स्वस्थ होस् । तन्दुरुस्त होस् । तगडा होस् । बलियो होस् । फूर्तिलो होस् । सधै सक्रिय र उर्जावान् होस् । यसका लागि कामना गरेर मात्र पुग्दैन, उनीहरुलाई केही कुरामा अभ्यस्त गराउनुपर्छ । बच्चाहरुलाई सफा र चिरिच्याट्ट बनाइदिएमा उनीहरु स्वस्थ मात्रै रहदैनन्, उनीहरुको आकर्षण र आत्मविश्वास पनि बढ्छ । बच्चाहरुलाई सानोमा […]

बालबालिकाको लागि समय व्यवस्थापन

बच्चाका लागि उठ्ने र सुत्ने तालिका निश्चित गरौं । सकेसम्म राती चाडै सुत्न दिनुपर्छ । बच्चाको सुत्ने समय ८ वा ९ घण्टा छुट्याउनुपर्छ । यस हिसाबले राती कतिबेला सुत्छ, त्यसको ८÷९ घण्टापछि बच्चालाई उठाउनुपर्छ । वा, उठ्ने बानी गराउनुपर्छ । सकेसम्म बच्चा सुत्ने समयमा परिवारका अरु सदस्यहरुले पनि सुत्ने तालिका तय गरौं । आफु टिभी […]

सारङ्गी र मादल बजाउन सिक्दै लन्चेस्टनका नेपाली बालबालिका

तास्मानिया । आधुनिक प्रविधिको विकासका कारण नयाँ बाजाहरुको उत्पत्ति भएपछि नेपाली लोकबाजाको अस्तित्व नै संकटमा परिरहेका बेला अष्ट्रेलियाको तास्मानिया राज्यस्थित लन्चेस्टनका नेपाली बालबालिकाहरुलाई भने नेपाली मौलिक लोकबाजा चिनाउन र बजाउन सिकाउन थालिएको छ । लन्चेस्टनस्थित नेपालीहरुको सामाजिक संस्था नेपाली सोसाइटी अफ नर्दन तास्मानियाले स्थानीय सिटी काउन्सिलसँग सहकार्य गरी ‘एक्टिभ एण्ड क्रिएटिभ किड्स’ कार्यक्रममार्फत यहाँ हुर्केका […]

बालबालिकालाई कुन उमेरमा विद्यालय शिक्षा उपयुक्त ?

अघिल्लो पुस्तासम्म सामान्यत पाँच बर्षको उमेरलाई विद्यालय शिक्षामा प्रवेश गर्ने उपयुक्त उमेर मानिन्थ्यो । अहिले यो उमेर–अवधी घटेर दुई÷अढाईमा झरेको छ । अझ पछिल्लो समय त दुधे एवं काखे बच्चा स्यहार्ने कक्षा समेत खुल्न थालेका छन् । यसरी बच्चाहरु आमाको काखमा लुटपुटिने अवधी छोटिएको छ र विद्यालय शिक्षाको यात्रा लम्बिएको छ । कुनै बखत कक्षा […]

कक्षाकोठामा बालबालिकाको लागि आत्मिय हस्तक्षेप

जब कक्षाकोठामा हामी बालबालिकालाई ‘चुपचाप बस’, ‘हात बाधेर बस’, ‘चलमल नगरी बस’ भन्छौं, त्यसले उनीहरुलाई कडाई गरेजस्तो अनुभव हुन्छ । त्यसैले यसरी अनावश्यक नियम लगाउँदा वा कडाई गरिदा बच्चाहरु खुसी हुँदैनन् । शिक्षकको अगाडि पढेजस्तो गर्छन्, लेखेजस्तो गर्छन्, जे भन्यो त्यही कुरा मान्छन् । तर, मन भनेर डराइरहेको हुन्छ । भित्रभित्रै आतंकित भइरहेका हुन्छन् । […]

यो महामारीको असर बालबालिकाले अझै धेरै वर्षसम्म भोग्नुपर्ने हुन्छ

कान्ति बाल अस्पतालले अहिलेसम्म नोवेल कोरोना भाइरस (कोभिड-१९) पोजेटिभ ६९ जना बालबालिकाको उपचार गर्‍यो । सुखद कुरा के रह्यो भने एकदमै गम्भीर र लेभल-थ्री आईसीयूमा राखेर उपचार गर्नुपर्ने बालबालिका धेरै भएनन् । हुन त हाम्रोमा केही बालबालिकाको कोभिड-१९कै कारण देहान्त पनि भयो । तर तथ्यांकमा हेर्ने हो भने त्यो अत्यन्तै कम हो । अहिले स्वास्थ्य […]

विपन्न तामाङ बालबालिकालाई न्यानो कपडा वितरण

काठमाडौं । धादिङको रुबी भ्याली गाउँपालिका–३ स्थित दुर्गम बस्ति खार्साका एक सय २ जना बालबालिकालाई न्यानो कपडा वितरण गरिएको छ । आशिका फाउन्डेसनको पहलमा आर्थिक संकलन गरी मंगलबार उनीहरुलाई न्यानो कपडा तथा खेल सामग्री हस्तान्तरण गरिएको हो । लाभान्वित सबै बालबालिकाहरु विपन्न तामाङ परिवारका हुन् । आर्थिक दुरावस्थाका कारण कष्टप्रद जीवन बाँचिरहेका उनीहरुलाई जाडोमा लगाउने […]

सकसमा छन् बालबालिका

१२ पुस, काठमाडौं । ११ वर्षीय छोराले साबुन पानीले बारम्बार हात धोएको भन्दै महाराजगञ्जका एक अभिभावक बालरोग विशेषज्ञ कहाँ पुगे । बालरोग विशेषज्ञले कान्ति बाल अस्पतालको मानसिक विभाग युनिटमा रिफर गरे । अनौठो लक्षण देखाएका छोरालाई उपचार गर्नुको सट्टा मानसिक विभागमा पठाउँदा अभिभावकलाई ती विशेषज्ञसँग रिस नउठेको होइन । तर मानसिक विभागका चिकित्सकले भनेपछि थाहा […]

‘महाभूकम्पको जस्तै मानसिक स्वास्थ्य समस्याको चपेटामा छन् बालबालिका’

१२ पुस, काठमाडौं । अरुण कुँवर कान्ति बाल अस्पतालमा सन् २०१५ मा मानसिक रोग युनिट सुरु गर्ने नेपालको पहिलो बाल साइक्याक्ट्रिक हुन् । कुँवरका अनुसार हरेक वर्ष ५–६ हजार मानिस मानसिक समस्याको कारण मरिरहेका छन् । ४० प्रतिशतदेखि ६० प्रतिशत वयस्कमा देखिने मानसिक समस्या १४ वर्षअघि नै सुरु भएको हुन्छ । समयमै त्यसको पहिचान र […]

बालबालिकाको स्मरण क्षमता बढाउने काइदा

बालबालिकालाई पढाउँदा तथा केहि नयाँ कुरा सिकाउँदा रमाईलो वातावरण बनाउनु पर्छ । जसले बालबालिकाले तपाईंले सिकाउनु भएको कुरालाई सजिलोसंग सम्झन सक्छ । तपाईंले जे कुरा आफ्ना बालबालिकालाई सिकाउनु हुन्छ सम्भव भएसम्म त्यसको भिडियो देखाएर सिकाउनुहोस् । त्यसो गर्दा बालबालिकाले सिकाएको कुरा राम्रोसँग बुझ्छन् र लामो समयसम्मका लागि सम्झिरहन्छन् । बालबालिकाको स्मरणशक्ति बलियो होस् भन्नाका लागि […]

पुस्तक अंश : फरक छन् आजका बालबालिका

पछिल्ला वर्ष बालबालिकाको शिक्षा र संरक्षणमा आश्चर्यजनक प्रगति भएको छ । जीवनस्तर र जीवनशैलीमा भएको सुधारले बालबालिकाको शिक्षा र संरक्षणमा प्रगति गरेको तथ्यलाई नकार्न सकिँदैन । यो प्रगतिको सबैभन्दा ठूलो कारण मानिसको अन्तश्चेतनामा आएको जागरुकता । हिजोआज बालबालिकाको स्वास्थ्यसँगै उनीहरूको व्यक्तित्वलाई पनि महत्त्व दिनुपर्छ भन्ने नयाँ जागरूकता विकसित भएको छ । बालबालिकाको स्वास्थ्य र व्यक्तित्वप्रति […]

नेपालमा साढे ५ हजार बालबालिकालाई कोरोना संक्रमण

५ मंसिर, काठमाडौं । नोवेल कोरोना भाइरस (कोभिड–१९) बाट नेपालमा १० वर्षभन्दा कम उमेरका ५ हजार ५६५ बालबालिका संक्रमित भइसकेका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार संक्रमित बालबालिकामध्ये एक हजार ९०० जना काठमाडौंका छन् । देशभरि ११ वर्षदेखि २० वर्षका १४ हजार ६३० जनामा कोरोना पुष्टि भएको छ । संयुक्त राष्ट्रसंघीय बाल कोष (युनिसेफ) […]

कति निस्क्रिय छन् अहिलेका बालबालिका ?

खासगरी शहरी क्षेत्रका बालबालिका घरभित्रै छन् । खेल्ने, पढ्नलेख्ने सबै काम उनीहरु घरभित्रै गरिरहेका छन् । कोरोनाको संभावित जोखिमबाट बच्नका लागि घरबाहिर निर्धक्क घुमफिर गर्न सहज छैन । त्यसैले कतिपय बालबालिका त घरबाट बाहिर निस्कन पाएकै छैनन् । त्यसैले घरबाहिर खेल्ने, दौडने, उफ्रने क्रियाकलाप ठप्प जस्तै छ । त्यसै पनि अहिलेका बालबालिका घरभित्रै रमाउन थालेका […]