Comments Add Comment

बालबालिका

List Grid
डुबेर मृत्यु भएका ५ बालिकाको परिवारलाई प्रदेश सरकारले आर्थिक सहयोग गर्ने

३० जेठ, धनुषा। धनुषामा पोखरीमा डुबेर पाँच बालिकाको एकैपटक मृत्यु भएका परिवारलाई प्रदेश नं २ सरकारले एक/एक लाख सहयोग गर्ने घोषणा गरेको छ। धनुषाको दक्षिणी सीमावर्ती मुखियापट्टि मुसहरनिया गाउँपालिका-६ स्थित पोखरीमा डुबेर स्थानीय पल्टु यादवकी १२ वर्षीया छोरी लक्ष्मीनिया, जोगिन्द्र भगतकी १० वर्षीया छोरी चन्द्रकुमारी, राजगिर पूर्वेकी १३ वर्षीया छोरी मञ्जु, जगरनाथ ठाकुरकी १२ वर्षीया […]

भारतमा कोरोनाको दोस्रो लहरमा बालबालिका धेरै संक्रमित भएका हुन् ?

२६ जेठ, काठमाडौं । भारतमा पछिल्लो केही समययता कोरोना भाइरस (कोभिड–१९)को संक्रमणमा निरन्तर कमी आइरहेको छ । यद्यपि बुधबार भारतमा देखिएको ९२ हजार संक्रमितको संख्या विश्वका अन्य मुलुकको तुलनामा धेरै हो । भारतमा कोरोनाको दोस्रो लहर सुरु भएसँगै बालबालिकामा धेरै संक्रमण देखिएको थियो । बालबालिकामा कोरोनाको जोखिम कम हुने भनिएकोमा दोस्रो लहरमा संक्रमित बालबालिकाको संख्या […]

कस्तो छ बालबालिकालाई कोरोनाबाट बचाउने तयारी ?

२५ जेठ, काठमाडौं । कोरोना संक्रमणको दोस्रो लहरको दुई महिनाको अवधिमा २४,८२१ बालबालिका संक्रमित भए । २२ जनाको मृत्यु भयो । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार मे महिनामा सबभन्दा धेरै १९ हजार १४३ बालबालिका संक्रमित भएका थिए । पहिलो लहरमा २१,५२३ बालबालिका संक्रमित भएका थिए, जसमध्ये ३८ जनाको मृत्यु भएको थियो । पहिलो लहरको तुलनामा […]

कोरोनाको तेस्रो लहरमा कसरी जोगाउने बालबालिकालाई ? यस्ता छन् डाक्टरका सुझाव

कोरोना भाइरस महामारीको दोस्रो लहरमा धेरै बालबालिकाहरु संक्रमित बनिरहेका छन् । पहिलो लहर भन्दा दोस्रो लहर बालबालिकाका लागि संक्रामक देखिएको अवस्थामा अर्को नयाँ लहर आएमा बालबालिकाहरुका लागि निकै खतरनाक हुने विज्ञहरुले बताइरहेका छन् । विद्यालयहरु बन्द भएको अवस्थामा कोरोना भाइरसको नयाँ भेरिएन्ट, बालबालिकाको स्वास्थ्य तथा मानसिक अवस्थाका विषयमा अभिभावकहरुमा चिन्ता थपिइरहेको छ । महामारीको समयमा […]

बजेटमा बालबालिका

१५ जेठ २०७८ मा अर्थमन्त्री विष्णुप्रसाद पौडेलले नेपाल सरकारको आर्थिक वर्ष २०७८/७९ को बजेट अध्यादेश मार्फत प्रस्तुत गरेका छन् । उक्त बजेटको विभिन्न शीर्षकमा बालबालिकाको विषयलाई सम्बोधन गरिएकोमा खुशी व्यक्त गर्नै पर्दछ । तर बजेटले अहिलेको यस विषम परिस्थितिमा समेट्न नसकेका बालबालिकाका विषयमा केन्द्रित रही केही विषयवस्तुको चर्चा गर्ने प्रयास गरेको छु । सन् २०२० […]

कोरोना खोप अहिले बालबालिकाको प्राथमिकता होइन : डब्ल्यूएचओ

२१ जेठ, काठमाडौं । विश्व स्वास्थ्य संगठन (डब्ल्यूएचओ)का वरिष्ठ खोप विशेषज्ञले बालबालिकाहरुलाई कोरोना भाइरस (कोभिड-१९) विरुद्धको खोपमा उच्च प्राथमिकता नपर्ने बताएका छन् । बिहीबार डब्ल्यूएचओको खोप विभागकी निर्देशक केटरिन ओब्रियनले कोरोना खोप कार्यक्रममा बालबालिकालाई प्राथमिकतामा राख्नु नपर्ने बताएकी हुन् । ‘बालबालिकाहरु वास्तवमा कोभिड-१९ बाट संक्रमित हुने जोखिम निकै कम छ’, उनले भनिन् । उनका अनुसार […]

कोरोनाको अर्को घाउ : भारतमा बढ्दै अभिभावकविहीन बालबालिका

१९ जेठ, काठमाडौं । पाँच वर्षका प्रथाम र उनका १० वर्षीय दाइ आयूषले गत अप्रिलमा कोरोना भाइरस (कोभिड–१९) संक्रमणका कारण आफ्ना बुवा गुमाए । यी दाजुभाइले बुवा गुमाएको केही दिनमै दिल्लीको अर्को अस्पतालमा उनीहरूकी आमाको पनि निधन भयो । यी दाजुभाइको भरोसाको संसार परिवर्तन भइसकेको थियो तर उनीहरूलाई यो सबै कुरा थाहा थिएन । उनीहरूले […]

सबै पालिकामा बालअधिकार अधिकृत र स्थानीय बालअधिकार समिति राख्न माग

१३ जेठ, काठमाडौं । बिहीबार आयोजित एक कार्यक्रमका वक्ताहरुले स्थानीय तहको योजना निर्माणमा बालबालिकाको सहभागितालाई औपचारिकतामा मात्रै सीमित गराइएको गुनासो गरेका छन् । बालबालिका शान्ति क्षेत्र राष्ट्रिय अभियान (सिजोप) ले आयोजना गरेको ‘स्थानीय तहमा बाल संरक्षण समिति, बालअधिकार अधिकृतको प्रबन्ध तथा विशेष संरक्षणको आवश्यकता भएका बालबालिका र बालबालिका नियमावलीको सन्दर्भमा अवस्था र चुनौति’ विषयक भर्चुअल […]

बालबालिकाका लागि जरुरी केही कुरा

अहिले अधिकांश बालबच्चा आफ्ना आमाबुवासँगै छन् । उनीहरुको नियमित पढाई छुटेको छ । घरबाहिर हिँडडुल गर्ने, घुम्ने, खेल्ने अनुकुलता छैन । यस्तो अवस्थामा उनीहरुको लागि अभिभावक नै शिक्षक र घर नै विद्यालय हुनसक्छ । अभिभावक र आफ्नो घरबाट उनीहरु जीवनोपयोगी कुराहरु आर्जन गर्न सक्छन् । परिस्थितीसँग जुध्न सधैभरी खुशी हुनु जत्तिको राम्रो अरु के होला […]

एकै दिन ६२३ बालबालिकामा कोरोना संक्रमण

१९ वैशाख, काठमाडौँ । पछिल्लो २४ घण्टामा ६२३ बालबालिकामा कोरोना संक्रमण पुष्टि भएको छ । स्वास्थ्य मन्त्रालयका अनुसार ९ वर्ष मुनिका १६६ बालबालिका र १० देखि १९ वर्ष मुनिका ४५७ बालबालिका गरी ६२३ बालबालिकामा कोरोना संक्रमण पुष्टि भएको हो । आइतबार मा‍त्रै देशभर थप ७ हजार २११ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ  भने […]

झण्डै १० प्रतिशत संक्रमित बालबालिका

१८ वैशाख, काठमाडौं । नेपालमा कोरोना भाइरस (कोभिड–१९) संक्रमणको दोस्रो लहर फैलिरहँदा यसको उच्च जोखिममा बालबालिका पनि पर्न गएको पाइएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको तथ्यांक अनुसार वैशाख १ देखि १७ गतेसम्म ४०६९ जना बालबालिकामा संक्रमण देखिएको छ । यो तथ्यांक २० वर्ष मुनिका बालबालिकाको हो । जसमध्ये नौ वर्षसम्मका ९२५ जना र १० […]

९ वर्ष मुनिका ४३ बालबालिकामा कोरोना संक्रमण

८ वैशाख, काठमाडौं । पछिल्लो २४ घण्टामा १९३ बालबालिकामा कोरोना संक्रमण पुष्टि भएको छ । स्वास्थ्य मन्त्रालयका अनुसार  ० देखि ९ वर्ष उमेर समूहका ४३  र १० देखि १९ वर्ष उमेर समूहका भने १५० बालबालिका कोरोना संक्रमित भएका हुन् । यस्तै देशभर पछिल्लो २४ घण्टामा थप २ हजार ३५१ जनामा कोरोना भाइरस (कोभिड–१९) को संक्रमण […]

एकैदिन १९३ बालबालिकामा कोरोना संक्रमण

७ वैशाख, काठमाडौं । पछिल्लो २४ घण्टामा थप १९३ बालबालिकामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार ० देखि ९ वर्ष उमेर समूहका ४३ बालबालिका र १० देखि १९ वर्ष उमेर समूहका १५० जना बालबालिका रहेका छन् । यसअघि सोमबार ९८ जना बालबालिकामा कोरोना संक्रमण पुष्टि भएको थियो । पछिल्लो […]

थप ९८ बालबालिकामा कोरोना संक्रमण पुष्टि

६ वैशाख, काठमाडौँ । पछिल्लो २४ घण्टामा ९८ जनामा बालबालिमा कोरोना संक्रमण पुष्टि भएको छ। स्वास्थ्य मन्त्रालयका अनुसार ० देखि ९ वर्ष उमेर समूहका २४ जना र १० देखि १९ वर्ष उमेर समूहका ७४ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । सोमबार मात्रै देशभर थप १ हजार २ सय ८१ जना कोरोना संक्रमित भेटिएका छन् […]

एकैदिन ११२ बालबालिकामा कोरोना संक्रमण पुष्टि

५ वैशाख, काठमाडौं । पछिल्लो २४ घण्टामा ११२ बालबालिकामा कोरोना संक्रमण पुष्टि भएको छ । स्वास्थ्य मन्त्रालयका अनुसार आइतबार ० देखि ९ वर्ष उमेर समूहका २१ बालबालिका र १० देखि १९ वर्ष उमेर समूहका ९१ बालबालिकामा कोरोना संक्रमण पुष्टि भएको हो । शनिबार मात्रै ९१ जना बालबालिकामा कोरोना संक्रमित भेटिएका थिए । यसअघि शुक्रबार पनि […]

एकैदिन ८१ बालबालिकामा कोरोना संक्रमण

३ वैशाख, काठमाडौं । पछिल्लो २४ घण्टामा ८१  बालबालिकामा कोरोना संक्रमण पुष्टि भएको छ । स्वास्थ्य मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा ० देखि ९ वर्ष समूहका १५ जना र १० देखि १९ वर्ष समूहका ६६ जना बालबालिका कोरोना संक्रमित भएका हुन् । शुक्रबार देशभर एकैदिन ९ सयजनामा कोरोना संक्रमण पुष्टि भएको छ । जसमा काठमाडौँ […]

बलबालिका जन्मजात परोपकारी र असल हुन्छन्

बालबालिकासम्बन्धी एउटा प्रचलित भनाई छ । उनीहरु भनेका काँचो माटो हुन्, जसलाई जस्तो स्वरुपमा पनि बदल्न सकिन्छ । यसको अर्थ आमाबुवा, घर परिवार, समाज आदि नै कुनैपनि बालबच्चाको लागि पहिलो मार्गदर्शक हुन् । घर परिवार र समाजले निर्धारण गरिदिएको मूल्य र मान्यतामै एउटा बच्चा हुर्कन्छन् । जीवन कस्तो बनाउने ? भविष्य कतातिर डोहो¥याउने ? सामाजिक […]

बालबालिकासँग गरौं भलाकुसारी

बच्चाका लागि साथी पनि बन्नुपर्छ । उनीहरुसँग खेल्नुपर्छ, वातचित गर्नुपर्छ, रमाउनुपर्छ । बालबच्चाले यस्तो महसुष गरोस् कि, उनीहरुलाई साथीको अभाव छैन । किनभने बच्चाले आफ्ना आमाबुवाबाट अभिभावकत्व मात्र चाहँदैनन् । मित्रवत् व्यवहार पनि गर्छ । जबकी बच्चाहरुले प्रत्येक अभिभावकबाट चाहने भनेकै माया, प्रेमका हो । तर, हामी बालबालिकासँग भलाकुसारी गरिरहेका हुँदैनौं । उनीहरुको कुरा सुनिरहेका […]

अभिभावकविहीन पाँच बालबालिकाको बिचल्ली

१० चैत, पर्वत । पर्वतको जलजला गाउँपालिका-२ माझफाँटमा अभिभावकविहीन पाँच बालबालिका बिचल्लीमा परेका छन् । स्थानीय गौराटोलमा अवस्थित समाज कल्याण आधारभूत विद्यालयमा पढ्ने चार बालिका र एक बालक आफन्तविहीन बनेका हुन् । विद्यालयको कक्षा १ मा पढ्ने आशा परियारकी आमाले दोस्रो विवाह गरेपछि घरमा बुवाले अर्की आमा ल्याएसँगै उनले उचित हेरचाह र पढ्ने वातावरण पाइनन् […]

‘बालबालिकाले सुरक्षित वातावरणमा पढ्न पाउनुपर्छ’

१ चैत, वीरगञ्ज । वीरगञ्ज महानगरपालिकाका प्रमुख विजयकुमार सरावगीले बालबालिकाले सुरक्षित हिसाबले पढ्न नपाए दीर्घकालीन असर पर्ने बताएका छन् । आइतबार शिक्षा पत्रकार समाज र आसमान नेपालले संयुक्त रुपमा आयोजना गरेको ‘विद्यालयमा सुरक्षित सिकाइ’ विषयक अन्तरक्रियामा नगर प्रमुख सरावगीले विशेषगरी सामुदायिक विद्यालयका बालबालिका सुरक्षित नरहेको बताए । शिक्षा क्षेत्रको सुधारका लागि प्रदेश र संघ सरकारले […]

बालबालिकालाई कसरी पुस्तकमा अभ्यस्त गराउने ?

स्मार्टफोन, ट्याबलेट, ल्यापटप आदिको बढ्दो प्रचलनसँगै बालबालिकाको पठन संस्कृति पनि बद्लिएको छ । अहिले उनीहरु डिजिटल माध्यामबाटै पठनपाठन गर्न रुचाउँछन् । इन्टनेटको प्रयोगले यसलाई थप सहज बनाएको छ । कुनैपनि जिज्ञासाको हल खोज्न उनीहरु गुगलको भर पर्छन् । खोजेको कुराको नतिजा फटाफट आउने भएकाले बालबालिकाहरु यसैमा बढी तल्लिन हुन्छन् । यसको साइड इफेक्ट भने उनीहरुमा […]