+
+
Shares

अटिजम र बौद्धिक अपंगता भएका बालबालिका लागि पुनर्स्थापना सेवा

अनलाइनखबर अनलाइनखबर
२०८२ जेठ १५ गते १७:०१

News Summary

Generated by OK AI. Editorially reviewed.
  • सरकारले सबै प्रदेशमा अटिजम र बौद्धिक अपंगता भएका बालबालिकाको पहिचान, उपचार र पुनस्थापना सेवा सुरु गर्ने घोषणा गरेको छ।
  • आर्थिक वर्ष २०८२/८३ को बजेट प्रस्तुत गर्दै अर्थमन्त्री विष्णु पौडेलले मनोसामाजिक परामर्श र सचेतना कार्यक्रममार्फत मानसिक समस्या निराकरण गर्ने बताए।
  • सरकारले काठमाडौं उपत्यका स्थित केन्द्रिय अस्पतालमा राष्ट्रिय न्युरो साइन्स केन्द्र स्थापना गरी मस्तिष्क, मेरुदण्ड तथा स्नायूरोगको उपचारको क्षमता विस्तार गर्ने योजना बनाएको छ।

१५ जेठ, काठमाडौं । सरकारले सबै प्रदेशमा अटिजम तथा बौद्धिक अपंगता भएका बालबालिकाको पहिचान उपचार र पुनस्थापना सेवा पारम्भ गर्ने भएको छ ।

आर्थिक वर्ष २०८२/८३ को बजेट प्रस्तुत गर्दै अर्थमन्त्री विष्णु पौडेलले सबै प्रदेशमा अटिजम तथा बौद्धिक अपंगता भएका बालबालिकाको पहिचान उपचार र पुनस्थापना सेवा पारम्भ गर्ने घोषण गरेका हुन् । त्यसैगरी मनोसामाजिक परामर्श र सचेतना कार्यक्रम मार्फत मानसिक कार्यक्रम मानसिक समस्या निराकरण गरिने मन्त्री पौडेलले बताए ।

सरकारले मानसिक अस्पतालको क्षमता विस्तार गर्ने भएको छ । ‘काठमाडौं उपत्यका स्थित केन्द्रिय अस्पतालमा मस्तिष्क, मेरुदण्ड तथा स्नायूरोगको उपचारका लागि राष्ट्रिय न्युरो साइन्स केन्द्र स्थापना गरिने छ,’ मन्त्री पौडेलले भने ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?