+
+

हुम्लामा हिउँमै बसेर पढ्दैछन् बालबालिका

हुम्लाका विद्यार्थी हिउँमै बसेर अध्ययन गरिरहेका छन् । हिमपातको समयमा कोठाभित्र झन् जाडो हुने भएकोले बाहिर चौरमा राखेर पढाइएको हो ।

अनलाइनखबर अनलाइनखबर
२०८१ मंसिर २७ गते ६:५२

२७ मंसिर, सिमकोट । हुम्लाका विद्यार्थी हिउँमै बसेर अध्ययन गरिरहेका छन् । हिउँले जाडो बढेपछि विद्यार्थी कोठा बाहिर घाम ताप्दै हिउँमै बसेर अध्ययन गरिरहेका हुन् ।

जिल्लाको  सिमकोट गाउँपालिका– ७ को डाँडाफया गाउँको कैलाश माध्यमिक विद्यालयले हिउँ जमेको चौरमा पठनपाठन गर्नुपरेको छ । कक्षा भित्र झन् बढी जाडो हुने भएकाले सबै कक्षा बाहिर हिउँ जमेको चौरमै सञ्चालन भइरहेका छन् ।

हिमपात भएपछि कक्षाकोठामा निकै जाडो हुने भएपछि बाहिर हिउँ जमेको चौरमै पठनपाठन गर्नुपरेको शिक्षक यज्ञबहादुर शाहीले बताए । ‘मंसिर अन्तिम भएका कारण त्यसै त चिसो बढेको र त्यसमाथि झन् हिमपातको कारण चिसो निकै बढेकाले चौरमा राखेर पढाउनुको विकल्प छैन’, उनले भने ।

विद्यालयले चौरमा बाल विकासदेखि कक्षा दशसम्मका झण्डै ३०० विद्यार्थीलाई राखेर पढाइरहेको छ ।

हुम्ला जिल्लाका सबै विद्यालयमा यो शैक्षिक सत्रको अन्तिममा पढाइ भइरहेको छ । पुस पहिलो साताबाट वार्षिक परीक्षा सञ्चालन हुन लागेको छ ।

-कालीबहादुर थापाबाट

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?