+
+
WC Series
विराटनगर किंग्स 2025
94/10 (17.5)
VS
Lumbini Lions won by 40 runs
Won लुम्बिनी लायन्स 2025
134/8 (20)
Shares

बालबालिकाको सुरक्षा सुनिश्चित गर्न पर्याप्त स्रोतको आवश्यकता : युनिसेफ

अनलाइनखबर अनलाइनखबर
२०८२ मंसिर २५ गते २१:१६

News Summary

Generated by OK AI. Editorially reviewed.
  • संयुक्त राष्ट्रसंघीय बाल कोष युनिसेफले सन् २०२६ मा १३३ देशका सात करोड ३० लाख बालबालिकालाई सहयोग गर्न सात अर्ब ६६ करोड डलर आवश्यक पर्ने जनाएको छ।
  • युनिसेफका अनुसार सन् २०२५ का लागि पोषण कार्यक्रममा ७२ प्रतिशत स्रोत कमीका कारण २० प्राथमिक देशमा कटौती गर्नुपरेको छ।
  • युनिसेफका कार्यकारी निर्देशक क्याथरिन रस्सेलले द्वन्द्व, विपत्ति र आर्थिक अस्थिरताले बालबालिका असाधारण कठिनाइमा परेको बताउनुभयो।

२५ मंसिर, एजेन्सी । संयुक्त राष्ट्रसंघीय बाल कोष (युनिसेफ) ले सन् २०२६ मा विश्वका १३३ देशका सात करोड ३० लाख बालबालिकालाई सहयोग पुर्‍याउन सात अर्ब ६६ करोड डलर आवश्यक पर्ने जनाएको छ ।

संयुक्त राष्ट्र महासचिवका उपप्रवक्ता फरहान हकका अनुसार, विश्वभरमा बजेट कटौती बढ्दै जाँदा आधारभूत सेवाहरू कमजोर बनेका छन्, जसले बालबालिकाको आवश्यकता झन् बढाएको छ ।

दातृ मुलुकहरूबाट कम हुँदै गएको सहयोगले युनेसेफका कार्यक्रमहरू प्रभावित बनेका छन्, र सन् २०२४ तथा सन् २०२५ मा देखिएको स्रोत अभावले संस्थालाई कठिन निर्णय लिन बाध्य पारेको छ ।

उनका अनुसार पोषण कार्यक्रममै सन् २०२५ का लागि देखिएको ७२ प्रतिशत स्रोत कमीका कारण २० प्राथमिक देशमा कटौती गर्नुपरेको छ ।

त्यस्तै, शिक्षाका क्षेत्रमा सात करोड ४५ लाख डलर बराबरको कमीले धेरै बालबालिका सिकाइ, संरक्षण र स्थिरताको जोखिममा परेका छन् ।

फरहान हकले सरकार र दातृ संस्थाहरूलाई दीर्घकालीन र लचिलो आर्थिक सहयोग उपलब्ध गराउन, स्थानीय निकायसँग सहकार्य विस्तार गर्न तथा मानवीय सिद्धान्तलाई प्राथमिकतामा राख्न अनुरोध गरे ।

युनिसेफका अनुसार सहयोग आवश्यक परेकामध्ये तीन करोड ७० लाख बालिका छन्, र ९ लाखभन्दा बढी अपाङ्गता भएका बालबालिका रहेका छन् ।

युनिसेफका कार्यकारी निर्देशक क्याथरिन रस्सेलले द्वन्द्व, विपत्ति, विस्थापन र आर्थिक अस्थिरताले बालबालिका असाधारण कठिनाइमा परेको बताउँदै, हिंसा, भोकमरी, जलवायु संकट तथा अत्यावश्यक सेवाको पतनले उनीहरूको जीवन गम्भीर असरमा परेको उल्लेख गरिन् ।

उनका अनुसार हाल देखिएको विश्वव्यापी वित्तीय अभावले मानवीय आवश्यकता घटेको होइन, बरु पीडा र उपलब्ध स्रोतबीचको अन्तर अझै बढ्दै गएको सङ्केत गर्दछ ।

युनिसेफका अनुसार सन् २०२६ मा २० करोडभन्दा बढी बालबालिकालाई सहायता आवश्यक पर्नेछ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?