+
+
WC Series
विराटनगर किंग्स 2025
94/10 (17.5)
VS
Lumbini Lions won by 40 runs
Won लुम्बिनी लायन्स 2025
134/8 (20)
Shares

सिन्धुली–१ बाट कांग्रेसका १२ जना उम्मेदवार सिफारिस

अनलाइनखबर अनलाइनखबर
२०८२ मंसिर २५ गते २१:०३

२५ मंसिर, काठमाडौं । नेपाली कांग्रेस सिन्धुली क्षेत्र नम्बर–१ समितिले आगामी २१ फागुनमा हुने निर्वाचनमा प्रत्यक्षतर्फ १२ जनाको नाम सिफारिस गरेको छ । त्यस्तै, समानुपातिक तर्फ चारजनाको नाम सिफारिस गरेको क्षेत्रीय सभापति कर्णबहादुर थापाले जनाए ।

२४ र २५ मंसिरमा बसेको क्षेत्रिय कार्यसमितिको बैठकले यी नाम सिफारिस गरेको हो ।

प्रत्यक्षतर्फ अघिल्लो संसद्मा कांग्रेसका प्रमुख सचेतक श्यामकुमार घिमिरेको नाम पहिलो नम्बरमा सिफारिस भएको छ । त्यस्तै, कांग्रेस पूर्वसभापति उज्वलप्रसाद बरालको नाम दोस्रो र प्रतिनिधि सभाको जलस्रोत समितिका पूर्वसभापति मोहनप्रसाद बरालको नाम तेस्रो नम्बरमा सिफारिस भएको छ ।

त्यसपछि क्रमश: प्रेमचन्द्र दाहाल, विश्वनाथ कोईराला, शम्भु राउत, प्रेमप्रसाद भट्टराई, ध्रुवप्रसाद पहाडी, दिनेशप्रसाद अधिकारी, अर्पणा खड्का, खिलाकुमारी दाहाल (लक्ष्मी) र अन्जनी कोईरालाको नाम सिफारिस भएको छ । अन्जनी कोइराला कांग्रेसका युवा नेता हुन् ।

उनी शहीद वशिष्ठ कोइरालाका छोरा हुन् ।

त्यस्तै, समानुपातिकतर्फ गंगा दाहाल, इन्दिरा निरौला, भद्रिमाया मगर र चेतप्रसाद भट्टराईको नाम सिफारिस भएको छ । त्यस्तै, राष्ट्रियसभा तर्फको उमेद्वारमा विनोदकुमार गुरुङको नाममा सर्वसहमति भएको थापाले जानकारी दिएका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?