+
+
Shares

सिन्धुलीमा सुनकोशी नदी किनारमा महिलाको शव फेला

अनलाइनखबर अनलाइनखबर
२०८२ असोज २० गते १६:५७
फाइल तस्वीर

२० असोज, काभ्रेपलाञ्चोक । सिन्धुलीको गोलन्जोर गाउपालिका वडा नं.०३ करमबोटस्थित सुनकोशी नदीको किनारमा महिलाको शव फेला परेको छ ।

जिल्ला प्रहरी कार्यालय सिन्धुलीले नामथर वतन नखुलेको अन्दाजी ४०/४५ वर्षजस्तो देखिने महिला व्यक्तिको घोप्टो परी पानीमा घुमाईरहेको अवस्थामा शव फेला परेको जनाएको छ ।

प्रहरीले शवलाई पानीबाट बाहिर निकालेको छ ।

मृतकको सनाखत एवं आवश्यक अनुसन्धान कार्य जारी रहेको जिल्ला प्रहरी कार्यालय सिन्धुलीले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?