+
+
Shares

कुटपिटले बच्चा डरपोक वा हिंस्रक हुन सक्छन्

अनलाइनखबर अनलाइनखबर
२०८२ असोज २२ गते १८:०८
सांकेतिक तस्बिर ।

News Summary

Generated by OK AI. Editorially reviewed.
  • विश्व स्वास्थ्य संगठनका अनुसार विश्वभर २ देखि १४ वर्षका ६० प्रतिशत बच्चाले नियमित रूपमा आमाबुबा वा हेरचाह गर्नेबाट शारीरिक दण्ड भोग्छन्।
  • शारीरिक सजायले बच्चाको मनोवैज्ञानिक र स्नायु प्रणालीमा स्थायी असर पार्छ र उनीहरूलाई डरपोक वा हिंसक बनाउँछ।
  • बच्चालाई उमेर र अवस्थाअनुसार माया, स्पर्श र अर्थपूर्ण समय बिताउँदै सर्तकता र सजगतासाथ हुर्काउनुपर्छ।

आफ्नै घरमा, आफ्नै आमाबुबाबाट बच्चाहरू कुटिन्छन् । गाली गरिन्छन् । किन ? कुटपिट गर्नु, हप्काउनु, तर्साउनु खासमा अभिभावकत्व अर्थात प्यारेन्टिङको कुनै उपाय होइन । बरू यो त आमाबुबाको अपरिपक्कता र अज्ञानता हो ।

बच्चालाई स्वच्छन्द ढंगले रमाउन दिनु र त्यही अनुरूप उसको क्षमता विकास गर्ने वातावरण मिलाउनु नै सच्चा अभिभावकत्व हो । शारीरिक सजाय त आमाबुबाको असफलताको प्रमाण हो ।

बच्चा आफैंमा संवेदनशील हुन्छन् । धेरै आमाबुबाले यो कुरा बुझ्दैनन् । विश्व स्वास्थ्य संगठनका अनुसार विश्वभर २ देखि १४ वर्षका ६० प्रतिशत बच्चाले नियमित रूपमा आमाबुबा वा हेरचाह गर्नेबाट शारीरिक दण्ड भोग्छन् ।

यस्तो किन हुन्छ ? किनभने धेरै आमाबुबा आफैं आन्तरिक रूपमा अपरिपक्व हुन्छन् । उनीहरूले आफ्नो जीवन र अस्तित्वको अर्थ बुझेकै हुँदैनन् । गलत अभिभावकत्वले बच्चाको व्यक्तित्वलाई नष्ट गर्छ र समाजमा ठूलो हानि पुर्‍याउँछ ।

धेरै आमाबुबा बच्चालाई सही मार्गदर्शन दिन असमर्थ हुन्छन् । यस्तो अज्ञानताले बच्चालाई हिंसक वा डरपोक बनाउँछ, जसले समाजमा नकारात्मक प्रभाव पार्छ । विश्वका अधिकांश समस्याहरू गलत प्यारेन्टिङको परिणाम हुन् ।

कुटपिटको परिणाम

बच्चाहरूलाई कुटपिट गर्नु ठूलो अपराध हो । यसले बच्चाको मनोवैज्ञानिक र स्नायु प्रणालीमा स्थायी असर पार्छ । कुटपिटले बच्चाको जिज्ञासा मार्छ, प्रश्न सोध्ने क्षमता नष्ट गर्छ, र तिनीहरू या त डरपोक वा हिंसक बन्छन् ।

७ वर्षको उमेरसम्म बच्चाको व्यक्तित्वको आधार तयार भइसक्छ । यदि यो अवधिमा बच्चालाई कुटपिट गरियो भने, उसको जीवन सधैं प्रभावित हुन्छ ।

कसरी हुर्काउने त ?

बच्चालाई सर्तकता र सजगतासाथ हुर्काउनुपर्छ, ताकि उनीहरूको शारीरिक अनि मानसिक विकास राम्ररी हुन पाओस् । उनीहरूलाई उत्सुक, जागरुक, चञ्चल बन्न दिनुपर्छ । रुने, कराउने, खानेकुरा पोखाउने, खेल्ने कुरा बिगार्ने उनीहरूको स्वभाविक प्रवृत्ति हो । यसमा बलजफ्ती बन्देज लगाउनु हुन्न ।

बच्चाको उमेर र अवस्था अनुसार सही खानपान दिनुपर्छ । तर खानपान मात्र पर्याप्त हुँदैन, उत्तिकै स्पर्श, माया दिनुपर्छ । साथै उनीहरूसँग अर्थपूर्ण समय बिताउनुपर्छ । हाँस्दै, खेल्दै, रमाउँदै, नयाँ-नयाँ कुरा सिक्दै जानुपर्छ । बच्चाका लागि आमाबुबा पनि बच्चा नै बन्नुपर्छ ।

पारिवारिक संस्कार, सामाजिक मूल्यहरू पनि बिस्तारै सिकाउनुपर्छ । यद्यपि यसका लागि कुनै उपदेश वा अर्ति भन्दा उदाहरण प्रभावकारी हुन्छ ।

सही र गलत कुरा अवगत गराउनुपर्छ । सही काममा प्रेरित र गलतमा निरुत्साहित गर्नुपर्छ । यद्यपि गलत काम गर्न खोजेमा वा गरेमा कुटपिट गरेर तर्साउने होइन । बरु, त्यो काम किन गलत हो ? त्यसको असर के हुन्छ ? भन्ने कुरा बोध गराउनुपर्छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?