+
+
Shares

कञ्चनपुरमा प्रहरीका असई कुट्ने पक्राउ

अनलाइनखबर अनलाइनखबर
२०८२ जेठ २७ गते २०:२६

News Summary

Generated by OK AI. Editorially reviewed.
  • कञ्चनपुरमा प्रहरी असई वीरबहादुर चन्दमाथि कुटपिट गरेको आरोपमा राहुल राना पक्राउ परेका छन्।
  • प्रहरीले रानालाई मंगलबार साँझ पक्राउ गरेको र भिडियोमा कुटपिटको घटना देखिएको छ।
  • रानाको समूहले भारतबाट अवैध सामान ओसारपसार गर्दै आएको प्रहरीको दाबी छ।

२७ जेठ, धनगढी । कञ्चनपुरमा नेपाल प्रहरीका असई वीरबहादुर चन्दमाथि कुटपिट गर्ने एक जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा बेलौरी नगरपालिका–८ का राहुल राना रहेका छन् ।

जिल्ला प्रहरी कार्यालयका प्रवक्ता प्रहरी नायब उपरीक्षक (डीएसपी) सागर बोहराले प्रहरी चौकी पचुईका इन्चार्ज समेत रहेका असई चन्दमाथि कुटपिट गर्ने रानालाई पक्राउ गरिएको जानकारी दिए ।

उनकाअनुसार रानालाई इलाका प्रहरी कार्यालय बेलौरीको टोलीले मंगलबार साँझ पक्राउ गरेको हो ।

रानाले चेकजाँचका क्रममा केही दिनअघि असई चन्दलाई लछारपछार गर्दै कुटपिट गरेको भिडियो सार्वजनिक भएको थियो । कुटपिटमा संलग्न अन्य व्यक्तिको पनि खोजी भइरहेको प्रहरीले जनाएको छ ।

प्रहरी स्रोतकाअनुसार चन्दमाथि कुटपिट गर्ने राना स्थानीय हार्डवेयर व्यापारी हुन् । रानाको समूहले भारतबाट अवैध रूपमा सामान ओसारपसार गर्दै आएको दाबी गरिएको छ ।

उनको समूहले चेकजाँचकै क्रममा असई चन्दमाथि कुटपिट गरेको प्रहरीको आरोप छ । चन्दलाई कुटपिट गर्दै बाँध्ने प्रयास समेत गरिएको सार्वजनिक भिडियोमा देखिन्छ ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?