
२९ भदौ, हेटौंडा । हेटौंडा उपमहानगरपालिकाका उपमेयर राजेश बानियाँमाथि कुटपिट भएको छ ।
हेटौंडा-२ बुद्धचोकस्थित बानियाँ ट्रेडर्स अगाडि उपमेयर बानियाँलाई स्थानीय पुरुषोत्तम खड्काले हातपात गरेको मकवानपुरका प्रहरी प्रमुख एसपी विश्वराज खड्काले अनलाइनखबरलाई जानकारी दिए ।
बानियाँ ट्रेडर्स (कपडा पसल) उनको आफ्नै हो ।
हेटौंडा-१ घर भएका ५२ वर्षीय खड्कालाई नियन्त्रणमा लिइएको एसपी खड्काले बताए ।
उपमेयर बानियाँमाथि खड्काले किन कुटपिट गरे भन्नेबारेमा आवश्यक अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4